मेयर बालेनको निर्देशनपछि सिंहदरबारभित्रै रोकियो फोहोर

काठमाण्डु टुडे २०७९ चैत २६ गते १५:४७ मा प्रकाशित

काठमाण्डु,२६ चैत -काठमाण्डुका मेयर बालेन शाहको निर्देशन पछी आइतबारदेखि सिंहदरबारमा  फोहोर उठेको छैन।

शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाण्डुका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए। महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह(बालेन)ले शनिबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए ।

त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । ‘हाम्रो वडामा सिंहदरबार बाहेक सबै स्थानको फोहोर उठिरहेको छ,’ ११ नम्बरका वडाध्यक्ष हिरालाल तण्डुकारले भने, ‘सिंहदरबारको फोहोरबारे वडामा छलफल नभएपनि रोकिएको जानकारी चाहिँ छ ।’

फोहार उठाउने जिम्मा पायको परिवर्तन नेपाल नामक संस्थाले मेयर बालेनले फोहोर उठाएर सिंहदरबारबाट बाहिर ननिकाल्न निर्देशन दिएका कारण फोहोर बाहिर ननिकालेको परिवर्तन नेपालका व्यवस्थापक प्रमुख मित्र घिमिरेले जानकारी दिए।

हामीलाई फोहोर नउठाउन निर्देशन दिनुभएको छ,’ उनले भने, ‘त्यही भएर फोहोर सबै कार्यलयबाट उठाएता पनि सिंहदरबारबाट बाहिर निकालेका छैनौं।’सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने गरेको थीयो

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us