कोशी प्रदेश नामकरणको निर्णयलाई स्वीकार गर्न कोशी प्रदेशका चार ठूला दलको अपील

२०७९ चैत १३ गते १५:०१

काठमाण्डु, १३ चैत– कोशी प्रदेशका प्रमुख ठूला चार दलले प्रदेश नामकरणको प्रदेशसभा निर्णय स्वीकार्न आग्रह गरेका छन । नामका विषयमा असन्तुष्टि जनाउँदै पहिचान पक्षधरले आन्दोलन चर्काएपछि कोशी प्रदेशका प्रमुख दल नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपाले विज्ञप्ति जारी गर्दै नामकरणको निर्णयलाई...

 प्रधानमन्त्री प्रचण्डविरुद्ध नाराबाजी गर्ने ३ जना जेल चलान

२०७९ चैत १३ गते १४:२३

काठमाण्डु, १३ चैत– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी एक कार्यक्रममा नाराबाजी गरेको आरोपमा पक्राउ परेका ३ जना कारागार चलान भएका छन् । काठमाण्डुका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले १२ चैतमा उनीहरुलाई अभद्र व्यवहार मुद्दामा ५ हजार धरौटी तोकेका थिए...

सीके राउत मिटर ब्याज पीडितहरुलाई भेट्न मातातीर्थ पुगे

२०७९ चैत १३ गते १४:१७

काठमाण्डु, १३ चैत– जनमत पार्टीका अध्यक्ष डा सीके राउतले मिटरब्याज पीडितहरुको समस्या समाधानका लागि कार्यदल नै बनाएर काम गर्नुपर्ने बताएका छन । आज (सोमबार) दिउँसो महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डु आइपुगेका पीडितहरुलाई भेट्न मातातीर्थमा पुगेका उनले यस्तो बताएका हुन । भेटका क्रममा पीडितहरुले...

जघन्य अपराधमा संलग्न अपराधीलाई उन्मुक्ति दिन मिल्दैन: थापा

२०७९ चैत १३ गते १४:११

काठमाण्डु, १३ चैत– राप्रपा नेपालका अध्यक्ष कमल थापाले जघन्य अपराधमा अपराधीलाई उन्मुक्ति दिन नमिल्ने बताएका छन । जघन्य अपराधीलाई उन्मुक्ति दिनु संक्रमणकालीन न्यायको मान्यता नभएको उनले बताएका छन । उनले आज (सोमबार) सामाजिक सञ्जालमा लेख्दै द्वन्द्वकालमा सयौँ निर्दोष व्यक्तिहरुको हत्या भएकोले उनीहरुका परिवारले न्याय...

कलाकार दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी

२०७९ चैत १३ गते १३:४२

काठमाण्डु ,१३ चैत -गायक तथा मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ । टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन। झैझगडाको क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत...

एआईजीमा बढुवाका लागि ४ जना सिफारिस

२०७९ चैत १३ गते १३:३३

काठमाण्डु, १३ चैत– नेपाल प्रहरीका चार जना डीआईजीहरु एआईजीमा बढुवाका लागि सिफारिस भएका छन । सन्दीप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेकबहादुर तामाङ बढुवाका लागि सिफारिस भएको गृह मन्त्रालयको बढुवा समितिको सचिवाल जानकारी दिएको छ । ६८.४६१२ नम्बर सहित सन्दिप बढुवा सिफारिसको पहिलो...

लागुऔषध सहित एक जना पक्राउ

२०७९ चैत १३ गते १३:२२

झापा, १३ चैत– प्रहरीले झापा बाट लागुऔषध सहित एक जना लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम चुलाचुली गाउँपालिका–४ बस्ने २७ वर्षीय सुरेश लिम्बु रहेका छन । उनलाई झापाको बिर्तामोड नगरपालिका–३ पुण्डरी चोकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १६ ग्राम ८ सय...

काठमाण्डु महानगरपालिकाका मेयर बालेन विरुद्ध प्रर्दशन

२०७९ चैत १३ गते १३:१२

काठमाण्डु, १३ चैत– काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) विरुद्ध प्रर्दशन भएको छ । संविधान र कानुनविपरीत उठिबास लगाउने कामको नेतृत्व मेयर साहले नै लिएको भन्दै सुकुमबासीहरुले प्रदर्शन गरेका हुन् । उनीहरुले नयाँ बानेश्वरदेखि माइतीघर मण्डलासम्म र्‍यालीसहितको विरोध प्रर्दशन गरेका छन । महानगरले नदी...

राप्रपाको पदाधिकारी बैठक बस्दै

२०७९ चैत १३ गते १२:३६

काठमाण्डु, १३ चैत– राष्ट्रिय प्रजातन्त्र पार्टीले आज सोमबार पदाधिकारी बैठक बोलाएको छ । आज दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने गरी बैठक बोलाइएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन । आजको बैठकमा आगामी वैशाख १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा हुने...

मन्त्री बनेपछि सोह्र श्राद्धको बाहुन जस्तो भएँ: मन्त्री किराँती

२०७९ चैत १३ गते १२:२९

काठमाण्डु, १३ चैत– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले मन्त्री बनेपछि आफू सोह्र श्राद्धको बाहुन जस्तो भएको बताएका छन । आज काठमाण्डुमा आयोजित अमिन नेशनल म्युजिक अवार्डको कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री किराँतीले यस्तो बताएका हुन । उनले मन्त्री बनेपछि ठुलाठुला काम मात्रै गर्नुपर्ने...

सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदै

२०७९ चैत १३ गते १२:१६

काठमाण्डु ,१३ चैत- नाबालीक बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाई हुँदैछ। सोमबारजिल्ला अदालत काठमाण्डुका न्यायाधीश मााधवप्रसाद घिमिरेको बेन्चमा सुनुवाई हुनेगरी मुद्दाको पेशी राखिएको छ । सन्दीपलाई थुनामुक्त गर्ने उच्च अदालतको आदेश सर्वोच्चले सदर गरेको थियो । सर्वोच्चको आदेशपछि लामिछाने खेलमा फर्किएका...

प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

२०७९ चैत १३ गते ११:५६

काठमाण्डु, १३ चैत– मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ । सोमबार बिहान बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल सुरु भएको हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us