
काठमाण्डु ,१३ चैत -गायक तथा मोडल दुर्गेश थापासहित तीन जनाविरुद्ध कुटपिटको आरोपमा प्रहरीमा उजुरी परेको छ ।
टिकटकर रिदम क्षेत्रीले वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरेको भन्दै महाराजगञ्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन। झैझगडाको क्रममा आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको क्षेत्रीले आरोप लगाएका छन् ।
पिडीत र आरोपी दुवै पक्षलाई छलफलका लागि मंगलबार कार्यालयमा बोलाइएको डीएसपी अंगुर जीसीले बतायका छन । उजुरी परेको हो, सत्यतथ्य के हो भोलि दुवै पक्ष उपस्थित भएपछि थाहा होला, उनले भने।