प्रचण्ड, देउवा र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

काठमाण्डु टुडे २०७९ चैत १३ गते ११:५६ मा प्रकाशित

काठमाण्डु, १३ चैत– मन्त्रिपरिषद् विस्तारबारे भागबण्डामा सहमति जुटाउन  प्रधानमन्त्री निवास बालुवाटारमा छलफल सुरु भएको छ ।

सोमबार बिहान बालुवाटारमा नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच छलफल सुरु भएको हो ।

मन्त्रिपरिषद विस्तारको अन्तिम तयारीमा रहेका ले नेपाली कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेताहरुसँग प्रभानमन्त्री प्रचण्डले छलफल गरेका हुन ।

सो छलफलमा बुधबार चार बजे १० दलको बैठक बसाल्ने र मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति भएको प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिएका छन ।

६ चैत दोस्रो पटक विश्वासको मत लिएका प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us