खेलकुद

झापालाई हराउँदै मनाङ सेमिफाइलनमा

२०७१ फागुन १९ गते १३:५७

काठमाण्डु– मनाङ मर्स्याङ्ग्दी क्लब मुनाल क्लव झापालाई हराउँदै १७ औं रेडबुल बुढासुब्बा गोल्डकपको सेमिफाइलनमा प्रवेश गरेको छ। झापालाई २–० गोल अन्तरले हराउँदै मनाङ अन्तिम चारमा पुगेको हो। मनाङले अन्तिम दुईको लागि विभागीय टिम त्रिभुवन आर्मी क्लबसँग भिड्ने भएको छ। मनाङका लागि अफ्रिकन खेलाडी सिसोको...

दक्षिण अफ्रिकासँग आयरल्याण्ड २०१ रनले पराजित

२०७१ फागुन १९ गते ११:४२

एजेन्सी– विश्वकप क्रिकेटमा एशोसिएन नेशन आयरल्याण्डले पहिलो हार ब्यहोरेको छ । सुरुका दुई खेलमा जित हात पारेको आयरल्याण्ड मंगलबार दक्षिण अफ्रिकासँग २०१ रनको फराकिलो अन्तरले पराजित भएको हो । दक्षिण अफ्रिकाले ५० ओभरमा ४ विकेट गुमाएर ४११ रन बनाएको थियो । विश्वकपमा यो दोस्रो...

अमलाले तोडे विराट कोहलीको रेकर्ड

२०७१ फागुन १९ गते ९:५४

एजेन्सी, आइसिसी विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाका बलर हासिम अमलाले आयरल्याण्डविरुद्धको खेलमा सेन्चुरी बनाएर नयाँ वल्र्ड रेकर्ड बनाएका छन् । अमला एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा छिटो २० सेन्चुरी बनाउने बलर बनेका छन् । यसभन्दा पहिले यो रेकर्डमा इन्डियाका उपकप्तान विराट कोहलीले नाम दर्ता...

नेपाल र अष्ट्रेलियाबीच क्रिकेट हुने

२०७१ फागुन १८ गते १२:०९

काठमाण्डु– क्रिकेट बलले लागेर निधन भएका अष्ट्रेलियन ब्याट्सम्यान फिलिप हृयूजको सम्झनामा नेपाल र अष्ट्रेलियाबीच क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता चैत २८ गते काठमाण्डुमा हुने भएको छ । नेपाल क्रिकेट संघ क्यानले सोमबार खेलको मिति घोषणा गर्दै सो जानकारी दिएको हो । चैत...

मौसम खराब भएपछि प्याराग्लाडिङ खेल प्रभावित

२०७१ फागुन १८ गते ७:५७

पोखरा,१८ फागुन– पोखरामा सुरु भएको प्याराग्लाइडिङ खेलको प्रि–वल्र्डकप अन्तर्गत सोमबार पनि स्थगित भएका छन् । शनिबार देखि पोखराको आकाशमा खराव मौसमका कारण बादल लागेका कारण सम्पूर्ण उडान स्थगित भएका हुन् । बादल लागेर आकाश खुल्न नसकेपछि टाक्स कमिटीले सोमबार पनि सम्पूर्ण उडान स्थगित भएको...

चेल्सीले उपाधि चुम्यो

२०७१ फागुन १८ गते ५:३७

एजेन्सी– चेल्सीले चुम्यो उपाधि– चेल्सीले क्यापिटल वान कप फुटबलको उपाधि जितेको छ। आइतबार राति भएको खेलमा टोटनहृयामलाई २–० गाल अन्तरले पराजित गर्दै चेल्सीले उपाधि हात पारेको हो। जोन टेरीको गोलबाट चेल्सीले पहिलो हाफको अन्तिम मिनेटमा अग्रता लिएको थियो। यस्तै ५६ औं मिनेटमा डिएगो कोष्टाको...

बुढासुब्बा गोल्डकपमा रुपन्देही ४–० ले पराजित

२०७१ फागुन १६ गते १२:३४

इटहरी,१६ फागुन– शनिबारदेखि सुरु भएको १७ औँ रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा आयोजक क्लब धरानले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोल अन्तरले पराजित गरेको छ । विजेता धरान क्लबका तर्फबाट सुरुवातीको २० औँ मिनेटमा एड्रिक अब्बाले पहिलो गोल गरेका थिए भने मध्यान्तरपछिको ५३...

विश्वकपमा जित्न दुःख गर्नै परेन भारतलाई

२०७१ फागुन १६ गते १२:२६

एजेन्सी– विश्वकप क्रिकेटमा भारतले यूएईविरुद्ध सहज जित हात पारेको छ । विश्वकपमा लगातार तेस्रो जित हात पार्ने क्रममा भारतले एसोसिएट नेसन युएईलाई ९ विकेटले हराएको हो। युएईले दिएको १०३ रनको झिनो लक्ष्य भारतले १८ं.५ ओभरमा मात्र १ विकेटको क्षतिमा भेट्टायो । भारतीय ओपनर शिखर...

कास्य पदक विजेता विमलालाई २ लाख

२०७१ फागुन १६ गते ९:०७

काठमाण्डु,१६ फागुन– दक्षिण कोरियामा भएको १७ औँ एसियाली खेलकुदअन्तर्गत कराँते प्रतियोगितामा कास्य पदक जित्न सफल खेलाडी विमला तामाङलाई शनिबार सम्मान गरिएको छ । धादिङ–नुवाकोट समाज बेलायतबाट सङ्कलित दुई लाख आठ हजार नेपाली काँग्रेस धादिङका सभासद् दीलमान पाख्रिन,राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका सभासद् पर्शुराम तामाङ र...

अन्तिम विकेटमा जित्यो न्यूजिल्यान्डले अस्ट्रेलियालाई

२०७१ फागुन १६ गते ७:४३

एजेन्सी– विश्वकप क्रिकेट अन्र्तगत शनिबार भएको खेलमा आयोजक न्यूजिल्यान्डले अर्को आयोजक अस्ट्रेलियामाथि रोमाञ्चक जित हात पारेको छ । अस्ट्रेलियाले ३२.२ ओभरमा अलआउट हुँदै दिएको १५२ रनको लक्ष्य न्यूजिल्यान्डले ९ विकेटको क्षतिमा २३.१ ओभर खेल्दै भेट्टाएको हो । यी दुईको भिडन्तले दुबै देशका दर्शकलाई अन्तिम...

अष्ट्रेलियाको खराब प्रदर्शन, सस्तैमा अलआउट

२०७१ फागुन १६ गते ६:२८

एजेन्सी– विश्वकप क्रिकेटमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई १५२ रनको लक्ष्य दिएको छ । इडन पार्कमा ट्रेन्ट बल्टले पाँच विकेट लिएपछि अष्ट्रेलिया ३२.२ ओभरमा १५१ रन बनाउँदै अलआउट भयो । उपाधिको बलियो दावेदार अष्ट्रेलियाको सुरुवात राम्रो हुन सकेन । उसले २६ रन जोड्दा ७ विकेट गुमायो ।...

नराम्ररी हार्यो दक्षिण अफ्रिकासँग वेष्टइन्डिज

२०७१ फागुन १५ गते ११:५७

एजेन्सी, १५ फागुन– विश्वकप क्रिकेट अन्तरगत शुक्रबार भएको खेलमा दक्षिण अफ्रिकाले वेष्टइन्डिजलाई २५७ रनको फराकिलो अन्तरले हराएको छ। ४०९ रनको लक्ष्य पछ्याएको वेष्टइन्डिज ३३.१ ओभरमा १५१ रनमा अलआउट भइको थियो । वेष्टइन्डिलाई सस्तैमा समेट्ने क्रममा अफ्रिकाका इमरान तहिरले ५ विकेट लिए । टस जितेर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us