बुढासुब्बा गोल्डकपमा रुपन्देही ४–० ले पराजित

काठमाण्डु टुडे २०७१ फागुन १६ गते १२:३४ मा प्रकाशित

football-abstract-6a

इटहरी,१६ फागुन– शनिबारदेखि सुरु भएको १७ औँ रेडबुल बुढासुब्बा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गतको पहिलो खेलमा आयोजक क्लब धरानले लिस्नु क्लब रुपन्देहीलाई ४–० गोल अन्तरले पराजित गरेको छ ।

विजेता धरान क्लबका तर्फबाट सुरुवातीको २० औँ मिनेटमा एड्रिक अब्बाले पहिलो गोल गरेका थिए भने मध्यान्तरपछिको ५३ औँ मिनेटमा निधन खड्का,६४औँ मिनेटमा प्रकाश बुढाथोकी र अन्तिम समयमा शशि राईले गोल गरेका थिए ।

प्रतियोगिताअन्तर्गत भोलिको दोस्रो खेल त्रिभुवन आर्मी क्लब काठमाडौँ र पोखरा–११ कास्कीबीच हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us