कास्य पदक विजेता विमलालाई २ लाख

काठमाण्डु टुडे २०७१ फागुन १६ गते ९:०७ मा प्रकाशित

bimala tamang
काठमाण्डु,१६ फागुन– दक्षिण कोरियामा भएको १७ औँ एसियाली खेलकुदअन्तर्गत कराँते प्रतियोगितामा कास्य पदक जित्न सफल खेलाडी विमला तामाङलाई शनिबार सम्मान गरिएको छ ।

धादिङ–नुवाकोट समाज बेलायतबाट सङ्कलित दुई लाख आठ हजार नेपाली काँग्रेस धादिङका सभासद् दीलमान पाख्रिन,राष्ट्रिय प्रजातन्त्र पार्टी धादिङका सभासद् पर्शुराम तामाङ र धादिङ–नुवाकोट समाज बेलायत समाजका महासचिव हरिसिंह तामाङले संयुक्त रुपमा हस्तान्तरण गरेका थिए ।

सभासद् पाख्रिनले विश्वमा नेपालको नाम राख्ने यस्ता खेलाडीलाई राज्यले सम्मान गर्नुपर्नेमा जोड दिए ।
समाजका महासचिव तामाङले विमला धादिङ र नुवाकोटको चेली मात्र नभई सारा नेपालीको चेली भएको बताए ।

कार्यक्रममा तेक्वान्दो खेलाडी मनोज तामाङलाई पनि १५ हजारले सम्मान गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us