एजेन्सी– इङ्ल्याण्डविरुद्ध भारतमा जारी चौँथो टेस्टको पहिलो पारीमा कप्तान विराट कोहलीले दोहोरो शतक बनाएर थुप्रै रेकर्ड बनाएका छन् । कोहलीले यस वर्ष तेश्रो पटक दोहोरो शतक बनाउँदै भारतको कुनै पनि खेलाडीले बनाएको रेकर्ड जोडेका हुन् । यससँगै कोहलीले सचिन तेन्दुलकरको रेकर्डसमेत तोडेका छन् ।...
बैतडी-बैतडीमा जारी विपी स्मृति टिट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि निङ्लाशैनी क्रिकेट क्लब देहिमान्डौँले हात पारेको छ । मंगलबार सम्पन्न फाइनलमा कालाशैनी क्रिकेट क्लब बुड्डालाई १४ रनले पराजित गर्दै देहिमाडौँले उपाधि जितेको हो । निङ्लाशैनी खेलमैदान देहिमाण्डौँमा टस जितेर पहिले ब्याटिङ गरेको देहिमान्डौँले १९ दशमलव ४...
काठमाण्डु– श्रीलङ्कामा आज सम्पन्न तेस्रो दक्षिण एसियाली फुटसल च्याम्पियनसीपमा नेपाल उपविजेता बनेको छ । राउन्ड रोविन लिगको आधारमा सञ्चालन भएको उक्त प्रतियोगितामा नेपाल फाइनलमा श्रीलङ्कासँग २–१ गोलअन्तरले पराजित हुँदै उपविजेतामा सीमित बनेको हो । खेलको सातौँं मिनटमा नै सुभाष घलानको गोलमा अग्रता लिएको नेपालले...
काठमाण्डु– एसिसी १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताका लागि नेपाली टोलीको घोषणा गरिएको छ । यही मङ्सिर २८ गतेसम्म श्रीलंकामा हुने उक्त प्रतियोगिताका लागि १९ सदस्यीय खेलाडी छनोट भएका छन् जसमा वैकल्पिक चार खेलाडी छन् । कप्तानको जिम्मेवारी सन्दीप लामिछानेले पाएका छन् ।...
हुम्ला-योङ स्टार क्लबको आयोजनामा भएको सातौँ भलिबल प्रतियोगिता सोमबार सम्पन्न भएको छ । जिल्लाका २७ मध्ये २३ गाविसले प्रतियोगितामा भाग लिएकामा दामा गाविस विजयी भएको थियो । प्रजिअ डा कृष्णबहादुर घिमिरेले दामा गाविसका खेलाडीलाई प्रथम पुरस्कारस्वरुप ५० हजार, पदक र प्रमाणपत्र, द्वितीय सायाँ गाविसलाई...
काठमाण्डु– एसीसी यू–१९ एसिया कप क्रिकेटका लागि घोषणा भएको टोलीको कप्तानको जिम्मा सन्दिप लामिछाने पाएका छन् । डिसेम्बर १३ देखि श्रीलंकामा हुने कपमा अभिनाष कर्ण, असिफ शेख, दिपेन्द्र सिंह ऐरी र सन्दिप सुनार बाहेक सबै नयाँ अनुहारका खेलाडी छन् । टोलीमा रविन्द्रजंग शाही, आदिल...
धनकुटा– मलेसियामा सम्पन्न प्रथम एएफसी सोलिडारिटी कप फुटबलमा नेपाललाई उपाधि दिलाउन उत्कृष्ट खेल प्रदर्शन गरेकामा सुजल श्रेष्ठ र किरण चेम्जोङलाई गृह जिल्ला धनकुटामा आज नागरिक अभिनन्दन गरिएको छ । राष्ट्रिय टोलीका गोलरक्षक चेम्जोङ र निर्णायक गोलकर्ता खेलाडी श्रेष्ठको सम्मानमा जिल्लावासीका तर्फबाट अभिनन्दन गरिएको हो...
काठमाण्डु– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संस्थागत रुपमै खेल क्षेत्रको विकास गर्न सरकार क्रियाशील रहेको बताएका छन् । माओवादी केन्द्रको मुख्यालय कोटेश्वरमा आइतबार खेलाडीको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले खेलकुदको क्षेत्रमा सरकारले छिट्टै नयाँ योजना ल्याउन लागेको जानकारी दिए...
काठमाण्डु-पाँचौ काठमाण्डु उपत्यकाव्यापी अन्तरविद्यालय ‘दि एक्सेल्सिएर कप २०७३’ आाइतबारदेखि यहाँ सुरु भएको छ । स्वयम्भूस्थित एक्सेल्सिएर स्कुलमा सुरु भएको कार्यक्रमको सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक शैलेन्द्र खनालले उद्घाटन गर्दै विद्यार्थीको शारीरिक, मानसिक र चौतर्फी विकासका लागि खेलकुद अपरिहार्य भएको बताए । नेपाली फुटबलका पूर्वकप्तान...
एजेन्सी– बार्सिलोनालाई उसैको घरेलु मैदान नोउ क्याम्पमा रियल म्याड्रिडले १–१ गोलको बराबरीमा रोकेको छ। म्याड्रिडले खेल गुमाइसकेको अवस्थालाई उल्ट्याउदै रामोसले अन्तिम मिनेटमा हेडिङमार्फत गोल गरेपछि बार्सिलोना बराबरीमा रोकिएको हो । लुइस स्वारेजले हेडिङमार्फत गोल गर्दै बार्सालाई अग्रता दिलाएता पनि त्यो जितका लागि प्रयाप्त हुन...
काठमाण्डु-ओलम्पिक काउन्सिलले १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को मिति घोषणा गरेको छ । काउन्सिलको शनिबार यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै...
दाङ– तुल्सीपुरको योङ स्टार यूवा क्लबका खेलाडीहरु मैत्रीपूर्ण क्रिकेट खेलका लागि थाइल्यान्ड जाने भएका छन् । थाइल्याण्डको स्थानीय क्लबको निमन्त्रणामा डिसेम्बर ९ देखी १४ तारिखसम्म हुने खेलका लागि रुपेश शर्माको कप्तानीमा यही मंसीर २४ गते १३ जना खेलाडी सहित २१ जनाको टोली त्यस प्रसथान...