काठमाण्डु, ११ माघ– आहा रारा गोल्डकप फुटवल प्रतियोगिताअन्तर्गत मंगलबार भएको क्वाटरफाइनल खेलमा सिएमजी क्लब सङ्कटाले शुन्यका विरुद्ध दुई गोलको अन्तरले नारायणगन्ज फुटवल क्लब बङ्गलादेशलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । सहारा क्लब पोखराद्वारा आयोजित उक्त खेलको ५३ औँ मिनेटमा मनाङका निराजन खड्काले गोल...
काठमाण्डु, ११ माघ– नेपाल र हङ्कङका राष्ट्रिय तेक्वान्दो खेलाडीबीच मैत्रीपूर्ण खेल हुने भएको छ । नेपाल तेक्वान्दो सङ्घको आयोजनामा हुने उक्त मैत्रीपूर्ण खेल माघ १९ गते कोटेश्वर फिटनेश क्लबमा हुने राष्ट्रिय तेक्वान्दो टोलीका संयोजक हेमन्त डाँगीले जानकारी दिए । उक्त मैत्रीपूर्ण खेलका लागि हङ्कङबाट...
काठमाण्डु, ८ माघ– दलित युवा सञ्जाल बागलुङले आयोजना गरेको बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३ को उपाधि विष्णुपादुका युवा क्लब हेम्जा कास्कीले हात पारेको छ । स्थानीय बाङ्गेचौर खेल मैदानमा शुक्रबार भएको फाइनल प्रतिस्पर्धामा ‘फ्युचर ब्राइटर स्र्पोट क्लब’ (पहेँलो) बागलुङ लाई ३–१ को गोल अन्तरले पराजित...
काठमाण्डु, ७ माघ– भूतपूर्व खेलाडी मञ्च नेपाल पोखराको आयोजना तथा सुजल डेरी प्रालिको उत्पादन सफल दूधको मुख्य प्रायोजनमा आगामी फागुन ७ गते ११ औँ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन प्रतियोगिता हुने भएको छ । प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चतुर्थ हुने धावकले क्रमशः ६० हजार,...
काठमाण्डु, ६ माघ– नेपाली सेनाको आयोजनामा प्रधानसेनापति दोस्रो राष्ट्रिय पुरुष भलिबल तथा प्रधानसेनापति खुला दौड प्रतियोगिता माघको तेस्रो र पाँचौँ हप्तामा हुने भएको छ । बिहीबार आयोजित पत्रकार सम्मेलनमा नेपाली सेना, खेलकुद विभाग प्रमुख रामकाजी रानामगरले माघ ९ देखि १४ सम्म भलिबल र खुला...
एजेन्सी– बेलायती बक्सर आमिर खानको सेक्स भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ । भिडियो सार्वजनिक भएसँगै उनको वैवाहिक जीवन संकटमा परेको समाचारहरु सार्वजनिक भएका छन् । पाकिस्तानी मुलका आमिरको महिला बक्सरसँग स्काइप च्याटमा अश्लिल हर्कत गर्दै गरेको भिडियो सार्वजनिक भएको हो । आमिरले लण्डन...
काठमाडौँ, २८ पुस- फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल छ स्थान सुधार गर्दै दक्षिण एसियामा तेस्रो स्थानमा उक्लिएको छ । गत महिना नेपाल १८१ औँ स्थानमा रहेकामा अब १७५ औँ स्थानमा छ । त्यस्तै फिफा वरियतामा १२९ औंँ दर्जामा रहेको भारत दक्षिण एसियाको...
काठमाण्डु, २७ पुस–दोस्रो रुस्लान कप क्रिकेट प्रतियोगिताअन्तर्गत बुधबार भएको खेलमा केसिटिसी र रोयल पिसी फाइटर विजयी भएका छन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदानमा भएको पहिलो खेलमा केसिटिसीले क्यानन क्रिकेट क्लबलाई ७ विकेटले पराजित गर्दै विजयी भएको हो । त्यस्तै पिसी फाइटरले खहरी...
लमजुङ, २१ पुस– पूर्वराष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिएका छन् । त्रिवेणी कप खेलाउन बेसीसहर आएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिएका हुन् । आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गरेका मानन्धरले...
काठमाण्डु, १७ पुस– चौथो साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको सेमिफाइनल खेलमा नेपालले चिरपरिचित प्रतिद्वन्द्वी भारतसँग सोमबार प्रतिस्पर्धा गर्ने भएको छ । भारतको सिलगुढीस्थित कञ्चनजङ्घा रङ्गशालामा नेपालले नेपाली समयअनुसार दिउँसो सवा २ बजे विजय लक्ष्यका साथ भारतको सामना गर्नेछ । नेपाल समूह एकको विजेता बन्दै...
सप्तरी, १४ पुस– यहाँ सञ्चालित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भारत्तोलन प्रतियोगिताको अन्तिम खेलमा बुधबार १४ वटा नयाँ कीर्तिमान कायम गर्दै सम्पन्न भएको छ । सप्तरी सदरमुकाम राजविराजमा आयोजित प्रतियोगितामा पुरुषतर्फ नेपाली सेना प्रथम र नेपाल प्रहरी दोस्रो भएका छन् । ६...
झापा, १३ पुस- पाँचौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आज सम्पन्न ब्याडमिन्टन पुरुष तथा महिला एकलतर्फको उपाधि क्रमशः नेपाली सेनाका रत्नजित तामाङ र नङशल तामाङले जितेका छन् । दुवैजना दिदीभाई हुन् । रत्नजितले नेपाली सेनाकै दिपेश धामीलाई २१–१९ र २१–११ को सोझो सेटमा पराजित गर्दै स्वर्ण...