झापा, १३ पुस– झापाको मेची रंगशालामा सञ्चालित सातौं राष्ट्रिय खेलकुदअन्तर्गत बुधबार १० वटा स्वर्ण पदकको छिनोफानो भएको छ । आज भएको ६० केजी तौल समूहको खेलमा नेपाल प्रहरीका दिनेश श्रेष्ठले वाक ओभरमा स्वर्ण पदक जितेका छन् । उनका प्रतिद्वन्द्वी सशस्त्र प्रहरीका खेलाडी दिनेश चन्द...
काटमाण्डु, ८ पुस– एन्टारटिका महादेशको सर्वोच्च शिखर भिन्सन मासिफमा नेपालको राष्ट्रिय झण्डा फहराइने भएको छ । एन्टारटिका आरोहणको तयारीमा रहेका कीर्तिमानी विश्व पर्वतारोही सञ्जय पण्डितले राष्ट्रिय झण्डासहित आरोहणमा जान लागका हुन् । उपराष्ट्रपति नन्दबहादुर पुनले लैनचौरस्थित निवासमा आरोही पण्डितलाई राष्ट्रिय झण्डा र हिमालमा प्रयोग...
बागलुङ-बागलुङमा आगामी माघमा ‘बागलुङ गोल्डकप फुटबल प्रतियोगिता–२०७३’ हुने भएको छ । दलिय युवा सञ्जाल बागलुङले माघे सङ्क्रान्ति पर्वको अवसर पारेर प्रतियोगिता आयोजना गर्न लागेको हो । माघ १ देखि ५ गतेसम्म स्थानीय बाङ्गेचौर खेल मैदानमा हुने प्रतियोगिताको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।...
काठमाण्डु– एसिसि १९ वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आइतबार भएको समूहको तेस्रो तथा अन्तिम खेलमा नेपालले मलेसियालाई १ विकेटले पराजित गरेको छ । कोलम्बोमा भएको खेलमा मलेसियाले दिएको १५४ रनको लक्ष्यलाई पछ्याएको नेपालले ४४.४ ओभर खेल्दै पूरा ग¥यो । जितका लागि अनिल साहले...
काठमाण्डु-श्रीलंकामा जारी एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको समूहको तेस्रो खेलमा मलेसियाले नेपाललाई १५४ रनको विजय लक्ष्य दिएको छ । कोलम्बोमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मलेसियाले ४४.४ ओभरमा सबै विकेट गुमाउँदै १५३ रन जोड्यो । मलेसियाका लागि...
उर्लाबारी-पूर्वी मोरङका विद्यालयमा कराँते सिक्ने विद्यार्थीको सङ्ख्या बढ्दै गएको छ । कराँते प्रशिक्षक तथा थर्ड डन मानबहादुर थोप्रा लिम्बूले विद्यार्थीलाई कराँतेको प्रशिक्षण दिन थालेपछि एकाएक विद्यार्थीको आकर्षण कराँतेतर्फ मोडिएको हो । पूर्वी मोरङमा कराँतेप्रतिको आकर्षण बढ्दै जाँदा विद्यालयमा पनि यसले प्रभाव जमाउन थालेको हो...
काठमाण्डु-एसिसी उन्नाइस वर्षमुनि (यु–१९) एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको दोस्रो खेलमा नेपाल भारतसँग ६ विकेटले पराजित भएको छ । श्रीलङ्काको कोलम्बो क्रिकेट क्लबको खेल मैदानमा सम्पन्न खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभर पूरै खेल्दै नौ विकेटको क्षतिमा १७२ रन...
काठमाण्डु– उन्नाइस वर्षमुनिको (यु–१९) एसिया कप क्रिकेट प्रतियोगितामा श्रीलङ्काले नेपाललाई २२८ रनको चुनौती दिएको छ । श्रीलङ्कामा बिहीबारदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा श्रीलङ्काले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २२७ रनको योगफल तयार ग¥यो । टस जितेर पहिले ब्याटिङ गरेको श्रीलङ्काका लागि हसिथा बोयागोडाले...
पोखरा-पोखरा रंगशालामा लगभग १० लाख ५० हजारको लागतमा लन टेनिसका खेल मैदान निर्माण भइरहेको छ । सातौँ राष्ट्रिय खेलकुदका अधिकांश खेल पूर्वाञ्चलमा आयोजना हुने भए पनि एउटा मात्र खेल लन टेनिस पोखरामा हुने भएपछि मैदान निर्माणमा जुटेको खेलकुद सङ्घ, कास्कीका अध्यक्ष विनोद कायस्थले जानकारी...
बैतडी-सुदूरपश्चिमाञ्चल क्षेत्रीय भलिबल प्रतियोगिताअन्तर्गत पुरुषतर्फ कञ्चनपुर तथा महिलातर्फ दार्चुला पहिलो भएको छ । अछामको साँफेबगरमा सोमबार सम्पन्न भलिबलको पुरुषतर्फको फाइनल खेलमा अछामलाई ३–० सोझो सेटमा पराजित गर्दै कञ्चनपुर पहिलो भएको हो । कञ्चनपुरले अछामलाई २८–२६, २५–२५ र २५–१५ अङ्कले पराजित गरेको भलिबल रेफ्री धनसिंह...
काठमाण्डु– अन्ट्राटिका महादेशको सर्वोच्च शिखर भिन्समा सिफ आरोहणको तयारिमा रहेका विश्व पर्वतारोहि संजय पण्डितलाई सेभेन समिट ट्रेकले सोमबार ३ लाख ५० हजार बराबरको सहयोग गरेको छ । नेपाललाई पर्वतारोहण को क्षेत्रबाट संसारलाई चिनाउन अथक भूमिका खेलेको हुनाले एन्ट्रारटिका महादेशको आरोहणको लागि उनलाई सहयोग गरिएको...
काठमाण्डु– नेपाल बार एसोसिएसनको ६०औँ वार्षिकोत्सवका अवसरमा आगामी पुस १, २ र ७ गते न्यायाधीश र कानुन व्यवसायीबीच मैत्रीपूर्ण फुटबल खेल हुने भएको छ । एसोसियसनद्वारा सोमबार यहाँ आयोजित पत्रकार सम्मेलनमा बारका अध्यक्ष शेरबहादुर केसीले मैत्रीपूर्ण फुटबल खेलले न्यायाधीश र बारबीचको सम्बन्ध सुमधुर हुने...