खेलकुद

काउटिन्हो बार्सिलोनबाट खेल्न इच्छुक, यस्तो छ आम्दानी

२०७४ साउन २३ गते १३:३५

काठमाण्डु, २३ साउन – लिभरपुलका मालिकको असहमतिबीच बार्सिलोनाले फिलिपे काउटिन्होलाई ९०.३ मिलियन पाउन्ड (करिव १२ अर्व २ करोड रुपैयाँ)मा अफर गरेपछि उनी बार्सिलोनाबाटै खेल्न राजी भएका छन् । २५ वर्षीय काउटिन्हो बार्सिलोनाकोे उक्त आकर्षक रकममा सहमत भएपछि लिभरपुल मालिकको उक्त असहमतिलाई बार्सिलोनाले खारेज गरिदिएको...

चेल्सीलाई पराजित गर्दै कम्युनिटी शिल्ड कपको उपाधि आर्सनललाई

२०७४ साउन २३ गते १२:२०

काठमाण्डु, २३ साउन – टाइब्रेकरमा चेल्सीलाई ४–१ गोल अन्तरले पराजित गर्दै आर्सनलले कम्युनिटी शिल्ड कपको उपाधि उचालेको छ । वेम्बलीमा आइतबार राती भएको खेलको निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि खेल टाइब्रेकरमा गएको थियो । निर्धारित समयमा खेल प्रतिस्पर्धात्मक थियो । तर, टाइब्रेकरमा आर्सनलको...

नेइमारलाई हेर्न रंगशालामा भिड, पिएसजी २—० ले विजयी

२०७४ साउन २२ गते १०:५५

काठमाण्डु, २२ साउन – विश्व कीर्तिमानी रकममा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मन (पिएसजी) मा स्थानान्तरण भएका ब्राजिलका स्टार स्ट्राइकर नेइमार अनुपस्थित खेलमा पिएसजीले आमियन्सलाई २–० ले पराजित गरेको छ । शनिवार राती फ्रेञ्च लिगको पहिलो खेलमा पिएसजीलाई जिताउन उरुग्वेका स्ट्राइकर इडिन्सन काभानीले ४२ मिनेटमा पहिलो...

रोनाल्डोले जाहेर गरे रियल म्याड्रिड छाड्ने इच्छा

२०७४ साउन २२ गते ९:३७

स्पेन, २२ साउन– विश्व प्रसिद्ध फुटबल स्टार तथा रियल म्याड्रिडका अग्रपङ्तिका खेलाडी क्रिस्टियानो रोनाल्डोले स्पेनमा करका बिषयमा अनावश्यक झमेला दिएको जनाउँदै ‘आफू इङ्ल्याण्ड फिर्ता हुन चाहेको’ बताएको स्पेनी रेडियो स्टेसन क्याडेना सेरले जनाएको छ । रियल म्याड्रिड क्लबका तर्फबाट खेल्दै आएका पोर्चुगाली खेलाडी रोनाल्डोमाथि...

मेस्सीको प्रशंसा गर्दै नेयमार गए पीएसजी

२०७४ साउन २१ गते १०:३७

काठमाण्डु, २० साउन – ब्राजिलियन फुटबल खेलाडी नेयमान बार्सिनाबाट फ्रान्सेली च्याम्पियन क्लब पेरिस सेन्ट जर्मन गएका छन् । उनी सवैभन्दा धेरै मूल्यमा एउटा फुटबल क्लबबाट अर्कोका स्थानान्तरण हुने महँगा खेलाडी बनेका छन् । नेइमार पीएसजीसँग २६ करोड तीस लाख डलर रकममा पाँच वर्षको लागि...

नेयमारले भावुक हुँदै बार्सिलोना र मेस्सीको बारेमा यसो भने

२०७४ साउन २० गते ९:४४

एजेन्सी– ‘म बार्सिलोना र क्याटलानलाई माया गर्छु’, बार्सिलोना छाडेको भिडियो सन्देश इन्स्टाग्राममा पोस्ट गर्दै नेयमारले भने । भिडियोमा निकै भावुक देखिएका नेयमारले बाबुले बार्सिलोना छाडोस् भन्ने नचाहँदा नचाहँदै आफूले कठोर निर्णय लिएको समेत बताए । उनले भने, ‘बुबा म तपाईंको विचारलाई सम्मान गर्छु ।...

ला लिगाले अस्वीकार गर्यो नेइमारको भुक्तानी

२०७४ साउन १९ गते १७:१८

काठमाण्डु, १९ साउन – स्पेनिस क्लब बार्सिलोनाका ब्राजिलियन स्ट्राइकर नेइमारका वकिलले पेश गरेको २२२ मिलियन युरो ला लिगाले अस्वीकार गरेको छ । २५ वर्षीय स्ट्राइकर नेइमार कीर्तिमानी मूल्यमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन जाने तयारीमा छन् । उनले बुधबार मात्र बार्सिलोनालाई क्लब छाड्न चाहेको...

नइमारले साताको ८ लाख ६५ हजार युरो कमाउने

२०७४ साउन १९ गते १२:०६

काठमाण्डु, १९ साउन – बार्सिलोनाबाट कीर्तिमानी मूल्यमा पेरिस सेन्ट जर्मेनमा जाने तयारीमा रहेका ब्राजिलियन फर्वाड नेइमारले साताको ८ लाख ६५ हजार युरो कमाउने भएका छन् । २५ वर्षीय नेइमारले कर तिर्नु अघि बार्षिक ४५ मिलियन युरो पारिश्रमिक पाउने बीबीसीले जनाएको छ । बार्सिलोनाले फ्रन्सेली...

नेइमारले बार्सिलोनाले ताकेका कोन्टिन्होलाई पनि पिएसजीमा लैजाने

२०७४ साउन १८ गते १०:५९

काठमाण्डु, १८ साउन – बार्सिलोनाका स्टार खेलाडी नेइमार विश्व कीर्तिमानी मूल्यमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) जाने तयारीमा छन् । बार्सिलोनाले अहिलेसम्म नेइमारले क्लब छोड्न लागेको कुरा स्वीकार नगरेपनि नेइमारको ठाउँमा अनुबन्ध गर्ने खेलाडीको खोजी भने सुरु गरिसकेको छ । बार्सिलोनाको प्राथमिकतामा परेका...

रोनाल्डोमाथि कर छलेको अभियोगमा ७ वर्षको जेल सजाय

२०७४ साउन १७ गते १५:४७

काठमाण्डु, १७ साउन – स्पेनिस क्लब रियल मड्रिडका स्टार स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि कर छलेको अभियोगमा ७ वर्षको जेल सजाय हुन सक्ने छ । उनीमाथि विभिन्न चार पटक कर छलेको आरोप लागेको छ ।   उनले जरिवाना वापत केही रकम तिरे जेल सजाय कम हुन...

अन्ततः नेइमारले छोड्ने नै भए बार्सिलोना, सहकर्मीको प्रयास असफल

२०७४ साउन १७ गते ११:०४

काठमाण्डु, १६ साउन –  ब्राजिली कप्तान नेमार लामो समयदेखि फ्रेन्च क्लब पेरिस सेन्ट जर्माइन जाने चर्चा चलिरहेको छ । तर, यस विषयमा उनको क्लब बार्सिलोना र पेरिस सेन्ट जर्माइन (पिएजसी) ले मुख खोलेका छैनन् । यद्यपि, नेमार अब भने पिएसजी जाने पक्का भएको विभिन्‍न...

नेइमारले बार्सिलोना छोडे हाम्रो समस्या कम हुन्छः रियल मड्रिड कप्तान

२०७४ साउन १६ गते १६:३७

काठमाण्डु, १६ साउन – स्पेनिस क्लब रियल मड्रिडका कप्तान सर्जियो रामोसले बार्सिलोनाका स्टार स्ट्राइकर नेइमारले बार्सिलोना छाड्नु आफूहरुको एउटा समस्या कम हुने प्रतिक्रिया दिएका छन् । ‘सबैलाई आफ्नो भविष्य सोच्ने अधिकार छ, आफ्नो भविष्यलाई लिएर निर्णय गर्ने अधिकार छ, मेरो इच्छा छ, नेइमारले बार्सिलोना...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us