काठमाण्डु, ११ भदौ – नेपाल र भारतबीच साफ यू–१५ च्याम्पियनसिपको फाइनल खेलमा नेपालले पहिलो गोल गरेको छ । खेलको सुरुवातमा नेपाली खेलाडी हावी देखिएका नेपाली टिमले खेलको ४० औं मिनेटमा पहिलो गोल गरेको हो । नेपालले अहिलेसम्म एकपटक फाइनल यात्रा तय गरेको छ भने...
काठमाण्डु, ११ भदौ – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको उपाधिका लागि एन्फा कम्प्लेक्स सातदोबाटोमा नेपाल र भारतबीच खेल भइरहेको छ । नेपालले बंगलादेशलाई र भारतले भुटानलाई हराउँदै फाइनल भेट पक्का गरेका हुन् । यसअघि समूहचरणको खेलमा नेपाल भारतसँग २–१ ले पराजित भएको थियो ।...
काठमाण्डु, १ भदौ – मलेसियामा हुने एसीसी यू–१९ एसिया कप (पूर्वी क्षेत्र) छनौटका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । टोलीमा कप्तानीको जिम्मेबारी दिपेन्द्रसिंह एेरीले पाएका छ्न् । सिनियर क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटा र यू–१९ प्रशिक्षक बिनोद दासले १४ नियमित र ४...
एजेन्सी, इटालियन सिरी ए फुटबलमा च्याम्पियन युभेन्टसले लगातार दोस्रो जित दर्ता गरेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा युभेन्टसले जेनोआलाई ४–२ ले हराएको हो । युभेन्टसको जितमा पाउलो डिबालाले ह्याट्रिक गरे । यस्तै वान कोड्राडोल एक गोल गरे । जेनोआका लागि एन्ड्रयु...
काठमाण्डु, १० भदौ – साफ अन्डर १५ च्याम्पियनसिपको उपाधि भिडन्त समुह चरणको खेल भन्दा फरक हुने दाबी नेपाली टिमका मुख्य प्रशिक्षक सुनिल श्रेष्ठले गरेका छन् । काठमाण्डुमा आज आयोजित प्रि म्याच कन्फ्रेन्समा बोल्दै प्रशिक्षक श्रेष्ठले समुह चरणमा भारतसँग हारेपनि फाईनल खेलमा त्यसको कुनै अर्थ...
काठमाण्डु, ९ भदौ – बंगलादेशलाई पराजित गर्दै नेपाल पहिलो संस्करणको साफ अन्डर १५ च्याम्पियनसिपको फाईनलमा प्रवेश गरेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा नेपालले बंगलादेशलाई ४–२ गोल अन्तरले पराजित गर्यो । खेलको पाँचौ मिनेटमा नेपाललाई अग्रता दिलाएका आकाश बुढा मगरले ३०...
एजेन्सी, लियोनल मेसी र जियानलुइजी बुफोनलाई पछि पार्दै रियल मड्रिडका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले यस वर्षको युएफा वर्ष खेलाडी भएका छन् । च्याम्पियन्स लिग र युरोपा लिगका ८० जना प्रशिक्षक र ५५ जना पत्रकारको समूहको मुल्यांकनबाट रोनाल्डो वर्ष खेलाडी भएका हुन् । रोनाल्डोले ४८२...
लण्डन– इङल्याण्डका प्रसिद्ध फुटबल खेलाडी वेन रुनीले बुधबार अन्तर्राष्ट्रिय फुटबलबाट आफूले सन्यास लिएको घोषणा गरेका छन् । १४ वर्ष लामो अन्तर्राष्ट्रिय फुटबल जीवनका बेला ३१ वर्षीय उनले इङल्याण्डका निम्ति कूल ५३ गोल गरी आफ्नो नाममा देशबाट सर्वाधिक गोलकर्ताको किर्तीमान बनाउन सफल भएका हुन् ।...
काठमाण्डु, ७ भदौ – पन्ध्र वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलमा नेपाल भारतसँग २–१ गोल अन्तरले पराजित भएको छ । जितसँगै भारत समूह ‘बि’ को विजेता बनेको छ । एन्फा कम्लेक्स सातदोबाटोमा भएको खेलमा २७ औँ मिनेटमा गोल गर्दै बिक्रम प्रताप सिंहले नेपाललाई अग्रता दिलाएका थिए...
काठमाण्डु, ७ भदौ – राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष टेन्डी शेर्पालाई युवा तथा खेलकुद मन्त्रालयले जिम्मेवारीबाट मुक्त गरेको छ । युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले मंगलबार राष्ट्रिय खेलकुद परिषदलाई पत्र लेख्दै उपाध्यक्ष लामा टेन्डी शेर्पालाई खेलकुद सम्बन्धी कुनै काम नलगाउन निर्देशन दिएका छन् ।...
एजेन्सी, कीर्तिमानी रकममा पेरिस सेन्ट जर्मेन (पिएसजी) गएका नेइमार विरुद्ध उनको पूर्व क्लब बार्सिलोनाले अदालतमा मुद्धा दायर गरेको छ । बार्सिलोनाले नेइमारसँग नयाँ सम्झौता गर्दा दिएको बोनस फिर्ता माग्दै मुद्धा दर्ता गरेको छ । पिएसजी जानुभन्दा नौ महिना अगाडि नेइमारले बार्सिलोनासँग पाँच वर्षका लागि...
पोखरा, ६ भदौ – पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा आजदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरु भएको छ । नवआदर्श सामुदायिक विकास समाजको २१ औँं वार्षिकोत्सव तथा हरितालिका तीजका अवसरमा आयोजित सो प्रतियोगितामा पाँच टोलीको सहभागिता छ । प्रतियोगितामा न्यु डायमण्ड एकेडेमी, सशस्त्र प्रहरी, नेपाल प्रहरी,...