खेलकुद

‘पिपुल्स च्वाइस अवार्ड’ कान्छीमाया कोजुलाई

२०७४ भदौ २६ गते १७:०४

काठमाण्डु, २६ भदौ – एथलेटिक्सकी कान्छीमाया कोजुले ‘पिपुल्स च्वाइस अवार्ड’ जितेकी छन् । पल्सर स्पोर्ट्स अवार्ड अन्तरगत एसएमएस भोटिङ र फेसबुक लाइकका आधारमा पिपुल्स च्वाइस अवार्डको विजेता छनोट गरिएको हो । आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका अनुसार कुल ९५ हजार ७२६ भोट आएको थियो...

भारोत्तोलन एकेडमी निर्माणको काम द्रुत गतिमा बढ्दै

२०७४ भदौ २६ गते १४:०५

नेपालगञ्ज, २६ भदौ – सानो उमेरका बालबालिकालाई प्रशिक्षण दिएर भारोत्तोलनको कुशल खेलाडी बनाउने उद्देश्यका साथ नेपालगञ्जमा अन्तर्राष्ट्रियस्तरको ‘वेटलिफ्टिङ फिटनेस एकेडमी सेण्टर’ भवनको निर्माण कार्य द्रुत गतिमा भइरहेको छ ।   नेपालगञ्जमा एक वर्षपछि आयोजना हुने आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितालाई समेत दृष्टिगत गरी सो सेण्टर...

सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेछः मन्त्री केसी

२०७४ भदौ २६ गते १२:३३

पोखरा, २६ भदौ – युवा तथा खेलकुद मन्त्री राजन केसीले सरकारले खेल क्षेत्रलाई उच्च प्राथमिकतामा राखेको बताएका छन् । कास्की जिल्ला टेनिस संघद्वारा आयोजित नेपाल आइटिएफ सिनियर च्याम्पियनसिपको आज कास्कीमा उद्घाटन गर्दै उनले खेलकुदको विकास गर्दै देशमा व्यावसायिक खेलाडी उत्पादन गर्नेतर्फ सरकार लागेको बताए...

थाइल्याण्डमाथि नेपालको सानदार जित, सन्दिपले लिए ७ विकेट

२०७४ भदौ २६ गते १२:११

काठमाण्डु, २६ भदौ – मलेसियामा भइरहेको एसिसी यु १९ एसिया कप छनोट प्रतियोगितामा सन्दिप लमिछानेले ६ विकेट लिएका छन् । थाइल्याण्डले ९ ओभरको समाप्तीमा ९ विकेट गुमाउँदै २४ रन मात्र बनाएको छ । नेपालले प्रस्तुत गरेको २८२ रनको लक्ष्य पछ्याएको थाइल्याण्ड १० ओभरमा २६...

थाइल्याण्ड सामू नेपालले दियो २८२ रनको लक्ष्य

२०७४ भदौ २६ गते १०:४८

काठमाण्डु, २६ भदौ – एसीसी यू–१९ इस्र्टन रिजन प्रतियोगितामा नेपालले अनिलकुमार शाहको उत्कृष्ट पारीसँगै थाइल्याण्डसामू २८२ रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ५० ओभरमा ७ विकेट गुमाएर २८१ रन बनायो । नेपालका लागि अनिलकुमारले उत्कृष्ट पारी खेले...

थाइल्यान्डविरुद्ध साहले गरे अर्धसतक

२०७४ भदौ २६ गते १०:२०

काठमाण्डु, २६ भदौ – नेपाल र थाइल्यान्डबीच भइरहेको युथ–१९ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालका अनिलकुमार साहले अर्धसतक प्रहार गरेका छन् । २६औं ओभरको पहिलो बलमा छक्का प्रहार गर्दै पहिलो अन्तर्राष्ट्रिय अर्धसतक बनाएका हुन् । ४८ बल खेल्दै साहले ५० रन बनाएका हुन् । उनले...

ला लिगामा मेस्सीको ह्यट्रिक, स्पानियोललाई ५–० ले पराजित

२०७४ भदौ २५ गते ११:१०

एजेन्सी, लियोनल मेस्सीको ह्याट्रिकको मद्दतमा बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनमा विजयी यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले स्पानियोललाई ५–० ले हरायो । बार्सिलोनाको जितमा मेस्सीले २६, ३५ र ६७ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे...

म्यानचेष्टर युनाईटेड स्टोक सिटीसंग बराबरीमाः चेल्सी र आर्सनल विजयी

२०७४ भदौ २५ गते १०:३६

काठमाण्डु, २५ भदौ – इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेष्टर युनाइटेडको शतप्रतिशत नतिजामा पूर्ण बिराम लागेको छ । गएराति सम्पन्न खेलमा म्यानचेष्टर युनाइटेड स्टोक सिटीसँग २–२ को बराबरीमा रोकिएको हो । यसै सिजन स्टोक आएका एरिक म्याक्सिम चोउपो मोटिङले पहिलो हाफको अन्त्यतिर टीमलाई अग्रता दिलाएका...

यु–१९ मा भाग लिन नेपाली क्रिकेट टोली मलेसिया प्रस्थान

२०७४ भदौ २३ गते १५:२०

काठमाण्डु, २३ भदौ – मलेसियामा हुने एसिसी १९ वर्षमुनि यु–१९ (पूर्वी क्षेत्र) क्रिकेट प्रतियोगितामा सहभागिता जनाउनका लागि नेपाली युवा क्रिकेट टोली शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ । यही भदौ २५ गतेदेखि हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल भने...

अर्जेन्टिनाको विश्वकप यात्रा कठिन

२०७४ भदौ २२ गते १२:१९

एजेन्सी, अर्को वर्ष रुसमा हुने विश्वकप फुटबल प्रतियोगितामा छनोट हुने अर्जेन्टिनाको यात्रा कठिन बन्दै गएको छ । छनोट चरणको लगातार दुई खेलमा बराबरीमा रोकिएपछि अर्जेन्टिनाको विश्वकप यात्रा कठिन बनेको हो । दक्षिण अमेरिकी क्षेत्रको छनोटअन्तर्गत बुधबार बिहान खेलिएको आफ्नो महत्वपूर्ण खेलमा भेनेजुएलासँग १–१ गोलको...

आइसिसी विश्व क्रिकेटः हङकङविरुद्धको खेलका लागि नेपाली टोलीको घोषणा, शक्ति गौचन टिममा परेनन्

२०७४ भदौ २१ गते १७:०४

काठमाण्डु, २१ भदौ – आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत आउँदो अक्टोबरमा हुने हङकङसँगको खेलका लागि नेपाली टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का रहेको छनौट समितिले १८ सदस्यीय टोलीको घोषणा गरेको हो । गएको साउन ३० गते...

यु- १९ एसिया कप छनौटमा नेपाल र थाइल्याण्ड भिड्ने(तालिकासहित)

२०७४ भदौ २१ गते १६:३९

काठमाण्डु, २१ भदौ – यु–१९ एसिसी एसिया कप छनौट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपालको पहिलो खेल आउँदो २६ गते थाइल्याण्डसँग हुने भएको छ । एसियन क्रिकेट काउन्सिलको आयोजनामा मलेसियामा हुने १९ वर्षमुनिको एसीसी एसिया कप छनौट प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us