रत्ननगर, १६ पुस – चितवनको सौराहामा सञ्चालित पाँच दिने चितवन हात्ती महोत्सव सम्पन्न भएको छ । यही पुस ११ गतेदेखि आयोजित १४आौं चितवन हात्ती महोत्सव शनिबार सकिएको हो । महोत्सवअन्तर्गत भएका विभिन्न कार्यक्रममध्ये हात्तीको फास्टवाक प्रतियोगितामा टुरिजम् बैंकबाट सहभागी लक्कीकली प्रथम भएको छ ।...
काठमाण्डु, १६ पुस– यही पुस ३ गतेदेखि शुरु भएको सबैभन्दा धेरै पुरस्कार राशिको घरेलु क्रिकेट प्रतियोगिता ‘एभरेष्ट प्रिमियर लिग’ (इपिएल)को दोस्रो संस्करणको उपाधि विराटनगर वारियर्सले हात पारेको छ । प्रतियोगितामा सहभागी काठमाण्डु किंग्स इलेभेन, ललितपुर प्याट्रियोट्स, चितवन टाइगर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्सलाई पछि...
कीर्तिपुर, १५ पुस – कीर्तिपुरमा जारी एभरेष्ट प्रिमियर लिग(इपिएल)को फाइनलमा भैरहवाले १५० रनको लक्ष्य पाएको छ । राष्ट्रिय टोलीका कप्तानसमेत रहेको पारस खड्काको कप्तानीमा रहेको विराटनगर वारियर्सले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १४९ रन जोडेको छ । शरद...
धनगढी, १४ पुस – यहाँ सम्पन्न आठौँ अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा ९४ पदकसहित नेपाल च्याम्पियन बनेको छ । एक सय ६८ पदकका लागि भएको सो प्रतियोगितामा नेपालले २३ स्वर्ण, २३ रजत र ४८ काँस्य पदक जितेको छ । गएराति सकिएको प्रतियोगितमा भारत नौ स्वर्ण, १३...
भीमदत्तनगर, १४ पुस – कञ्चनपुरको भीमदत्तनगरमा आजदेखि प्रदेश नं ७ को प्रदेशस्तरीय तेक्वान्दो छनोट प्रतियोगिता शुरु भएको छ । प्रतियोगितामा कञ्चनपुर, कैलाली, डोटी, डडेल्धुरा र दार्चुलाका ६० महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको छ । जिल्ला तेक्वान्दो संघ कञ्चनपुरको आयोजनामा भएको उक्त प्रतियोगिताको उद्घाटन भीमदत्त...
पोखरा, ११ पुस – युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले पोखरालाई खेलकुदको शहर बनाउन सरकारको उच्च प्राथमिकतामा परेको बताएका छन । पोखरा रंगशालामा आजदेखि शुरु भएको २१औँ महिला तथा ३१औँ पुरुष भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले सो नगरीलाई अन्तर्राष्ट्रिय क्षेत्रमै चिनाउनका लागि एक गुरुयोजना नै...
पोखरा, ११ पुस – पोखरा रंगशालामा आजदेखि २१ औँ महिला तथा ३१ औँ पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।राष्ट्रिय खेलकुद परिषद्को संयोजन एवं नेपाल भलिबल संघको आयोजना तथा पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघको व्यवस्थापनमा शुरु भएको सो प्रतियोगितामा महिला तथा पुरुषतर्पm पूर्वाञ्चल, मध्यमाञ्चल, पश्चिमाञ्चल,...
काठमाण्डु, १० पुष – एभरेष्ट प्रिमियर लिग इपिएल क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले काठमाण्डु किङ्स इलाभेनलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज भएको खेलमा विराटनगरले काठमाण्डुलाई आठ रनको झिनो अन्तरले पराजित गर्दै विजयी भएको हो । यो जितसँगै विराटनगरले आफ्नो अपराजित...
बागलुङ, ९ पुस – प्रदेश नं ४ स्तरीय ‘मेयर कप फुटबल प्रतियोगिता–२०७४’ यहीँ आगामी माघमा हुने भएको छ । बागलुङ नगरपालिकाको आयोजनामा हुने प्रतियोगिता माघ १६ देखि २४ गतेसम्म चल्नेछ । स्थानीय बाङ्गेचौर र भकुण्डे खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ । नगरपालिका...
काठमाण्डु, ७ पुस– विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल एक स्थान तल झर्दै १७१ औँ स्थानमा पुगेको छ । अघिल्लो महिना फिफाले जारी गरेको बरियतामा छ स्थान माथि चढ्दै नेपाल १७० औँ स्थानमा आइपुगेको थियो । यो महिना नेपालले...
सल्लेरी, ४ पुस– वल्र्ड मार्सल आर्ट पिस कप—२०१७ मा सहभागी भएको नेपाली टोलीले दुई स्वर्ण पदकसहित तीन रजत पदक प्राप्त गर्न सफल भएको छ । मार्सल सेल्फ डिफेन्स इन्टरनेशनल एशोसिएसन पोर्चुगलको आयोजनामा मोरक्कोमा सम्पन्न प्रतियोगितामा सोलुखुम्बुका अर्जुन रोक्काले दुईवटा स्वर्ण पदक हात पारेको मोरक्कोबाट...
काठमाण्डु, २ पुस– यू–१५ महिला साफ च्याम्पियनसिपको पहिलो खेलमा नेपाल आयोजक बंगलादेशसँग ६–० गोलअन्तरले पराजित भएको छ । बंगलादेशको राजधानी ढाकास्थित मोहम्मद मुस्तफा कमल रंगशालामा बंगलादेशका लागि तोहुरा खातुनले ह्याट्रिक गरिन् । अनुचिङ मोगिनीले दुई तथा मोनिका चाक्माले एक गोल गरिन् । मोगिनीले खेलको...