काठमाण्डु, २४ पुस – राष्ट्रिय खेलकुद परिषद च्याम्पियनसिपअन्तर्गत आगामी माघमा पुरुष तथा महिला तेस्रो राष्ट्रिय खो खो प्रतियोगिता हुने भएको छ । आगामी माघ ३ देखि ५ गतेसम्म रुपन्देहीको कञ्चन गाउँपालिका–३ स्थित गुराँस खेल मैदानमा सो प्रतियोगिता हुने नेपाल खो खो संघका महासचिव सानुराज...
इटहरी, २३ पुस – राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले नेपाल एथलेटिक्स संघको आयोजना तथा मोरङ एथलेटिक्स संघको संयोजनमा इटहरीको स्पोर्टस् सिटी मैदानमा भएको राखेप च्याम्पियनसिप ४२औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगिताको आज उद्घाटन गरेका छन् । नेपालका तत्कालीन पाँच विकास क्षेत्र एवं तीन विभागीय...
बागलुङ, २३ पुस – बागलुङ महोत्सवमा आयोजित खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि छन्त्याल कन्स्ट्रक्सन बागलुङले हात पारेको छ । शनिबार भएको फाइनल खेलमा पश्चिमाञ्चल भलिबल संघ पोखरालाई ३.० को सोझो सेटमा पराजित गर्दै छन्त्यालले जित निकालेको हो । जितसँगै छन्त्यालले ट्रफीसहित नगद पुरस्कार रु...
काठमाण्डु, २१ पुस – नेपाल भलिबल संघको आयोजनामा चौथो राष्ट्रिय महिला तथा पुरुष क्लब च्याम्पियनसिप भलिबल प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । आज यहाँ आयोजित पत्रकारसम्मेलनमा उक्त च्याम्पियनसिप आगामी फागुन १३ गतेदेखि १९ गतेसम्म सञ्चालन गरिने संघका अध्यक्ष मनोरञ्जन रमण शर्माले जानकारी दिए...
भीमदत्तनगर, २१ पुस – कञ्चनपुरको भीमदत्तनगरमा आगामी माघ २ गतेदेखि ६ गतेसम्म राष्ट्रिय खेलकुद परिषद् ३९औँ राष्ट्रिय पुरुष तथा महिला ब्याडमिन्टन च्याम्पियनसिप हुने भएको छ । कञ्चनपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष लक्ष्मीदत्त पाण्डेयका अनुसार प्रतियोगितामा पाँच विकास क्षेत्रका साथै तीनवटा विभागीय टोलीका १९५ खेलाडीको...
काठमाण्डु,२० पुस – नामिबियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ का लागि प्रारम्भिक चरणमा २१ सदस्यीय खेलाडी टोलीको छनोट गरिएको छ । फेब्रुअरी ६ देखि १६ तारिखसम्म हुने उक्त प्रतियोगिताका लागि आइसिसी प्रतिनिधि अनिनुल इस्लाम, मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित...
दमक, २० पुस – बेलायतमा रहेको सगरमाथा मल्टिमार्शल आर्ट डोजाङले झापाको दमकस्थित एक खेलकुद संस्थालाई करिब रु १२ लाख ५० हजार मूल्य पर्ने खेलकुद सामग्री प्रदान गरेको छ । मोफसलमा क्रियाशील तेक्वान्दो खेलमा संलग्न खेलाडीलाई प्रोत्साहन दिन डोजाङले स्थानीय सगरमाथा मल्टिमार्शल आर्ट संघलाई १००...
पोखरा, १९ पुस – राष्ट्रिय खेलकुद परिषद्को च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा रंगशालामा १८औँ पुरुष तथा नवौँ महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता शुरु भएको छ ।नेपाल ह्याण्डबल संघको सहयोगमा कास्की जिल्ला ह्याण्डबल संघको आयोजना र हङ्कङ ब्यूटी इन्स्टिच्यूटको मुख्य प्रायोजनमा शुरु भएको सो प्रतियोगितामा पाँचवटै विकास क्षेत्र,...
बुटवल, १८ पुस – रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । उनले अर्का प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गरेका हुन् । रुपन्देहीका २० मध्ये १९ क्लबले चुनावमा भाग लिएका थिए । खसेको १९ मध्ये १४ मत प्राप्त गरी केसी दोस्रो कार्यकालका...
काठमाण्डु,१७ पुस – नेकपा (एमाले)का नेता सुवास नेम्वाङले वाम गठबन्धनको सरकार बनेपछि खेलकुद क्षेत्रमा विकास गरिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेता नेम्वाङले मदन भण्डारी क्रिकेट एकेडेमीको तीन पटक ब्याटिङ गरेर खेलको शुभारम्भ गरेका हुन् । सो एकेडेमीमा नेता नेम्वाङ पहिलो खेलाडी भएको घोषणा गर्दै...
काठमाण्डु,१७ पुस – विभागीय टोली त्रिभुवन आर्मी क्लबले पश्चिमाञ्चल क्षेत्रीय टोलीलाई पराजित गर्दै राखेप (राष्ट्रिय खेलकुद परिषद्) च्याम्पियनसिपअन्तर्गत राष्ट्रिय महिला फुटबल लिग प्रतियोगितामा पहिलो जित हासिल गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आज भएको खेलमा आर्मीले पश्चिमाञ्चललाई १२–० को फराकिलो गोलअन्तरले पराजित गरेको...
लहान, १७ पुस – सिरहा फुटबल संघको अध्यक्षमा अरुणकुमार साहलाई चयन गरिएको छ । जिल्ला फुटबल संघको आज मिर्चैयामा सम्पन्न पाँचौँ साधारणसभाले साहको अध्यक्षतामा १५ सदस्यीय नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षहरुमा शम्भू चौधरी, नागेश्वर यादव र नवीनकुमार यादव, महासचिवमा प्रवीणकुमार यादव...