काठमाण्डु, ७ माघ – खुकुरी इएनटीको आयोजनामा दोस्रो खुकुरी च्यालेन्ज टि–ट्वान्टी कप क्रिकेट प्रतियोगिता यसै सातादेखि शुरु हुँदैछ । यही माघ १० देखि फागुन ५ गतेसम्म चल्ने उक्त प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्थाका अध्यक्ष अध्यक्ष विनयविक्रम थापाले जानकारी दिए । इएनटीद्वारा आज...
एजेन्सी । सुरुवाती २२ मिनेटमै चार गोल गरेको आर्सनलले इंग्लिस प्रिमियलर लिगमा शनिबार राति क्रिस्टल प्यालेसलाई स्तब्ध तुल्याएको छ । लगातार आफ्नो तीन खेलको जित बिहीन रहेको आर्सेन वेङ्गरको टिम आर्सनलले क्रिष्टल प्यालेसलाई ४–१ ले पराजित गर्दै पराजित यात्रा पनि टुंग्याएको छ । खेलको...
एजेन्सी । एन्थोनी मार्सलको निर्णायक गोलमा इंग्लिस प्रिमियर लिग फुटबलको शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले बेर्नलीलाई पराजित गरेको छ । अवे मैदानमा भएको खेलमा जोसे मोरिन्होको टिम म्याचेस्टर युनाइटेडले बर्नलीलाई १–० ले पराजित गर्यो । पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा दोस्रो...
काठमाण्डु, ५ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले प्रथम क्रिकेट महोत्सवको आज यहाँ उद्घाटन गरेकि हुन् । मदन भण्डारी स्पोर्ट एकेडेमी, क्रिकेट विभागद्धारा आयोजित उक्त महोत्सवको उनले नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कालाई क्रिकेट ब्याट र बल प्रदान गरी शुुभारम्भ गरेकि हुन् । त्रिभुवन...
मंगलबारे, इलाम ५ माघ – जिल्ला फुटबल संघ इलामको छैटौँ अधिवेशन तथा साधारणसभाको अवसरमा तीनजना पूर्व खेलाडीलाई सम्मान गरिएको छ । बिहीबार इलाम सदरमुकाममा आयोजित कार्यक्रममा पूर्व खेलाडीत्रय इलाम नगरपालिकाका मेयर महेश बस्नेत, इलाम नगरपालिका–७ का राम खत्री तथा सूर्योदय नगरपालिकाका बालकृष्ण राईलाई सम्मान...
बैतडी, ४ माघ – दशरथचन्द नगरपालिकामा जारी प्रथम मेयरकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा त्रिपुरा टिम विजयी भएको छ । दशरथचन्द नगरपालिका– ८ त्रिपुराले वडा नं ११ नागार्जुनलाई हराएको छ । बुड्डा बाजे क्रिकेट मैदान रातामाटामा सम्पन्न खेलमा नागार्जुनलाई १०४ रनले हराएको हो ।...
एजेन्सी– स्पेनिस कोपा डेल रे अन्तर्गत बुधबार क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोना एस्पान्योलसँग १–० ले पराजित भएको छ । एस्पान्योलको घरेलु मैदानमा बार्सिलोनाले ६२ औं मिनेटमा पेनाल्टी पाएपनि मेसीले गोल गर्न नसक्दा अग्रता लिने मौका चुकायो । ८८ औं मिनेटमा ओस्कार मेलेन्डोले गोल गर्दै एस्पान्योललाई...
बैतडी, ३ माघ – शहीद दिवसको अवसरमा दशरथचन्द नगरपालिकामा ‘प्रथम मेयरकप क्रिकेट प्रतियोगिता, २०७४’आजदेखि शुरु भएको छ ।प्रतियोगिताको उद्घाटन दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापा र उपप्रमुख मीना चन्दले गरेका हुन् । प्रतियोगिताको उद्घाटन खेलमा दशरथचन्द नगरपालिका– २ देहिमाण्डौँलाई ८० रनले हराउँदै दशरथचन्द नगरपालिका– ११...
बैतडी, ३ माघ – शहीद दिवसका अवसरमा बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि प्रथम मेयरकप क्रिकेट प्रतियोगिता–२०७४ हुने भएको छ । प्रतियोगिताको बिहान १० बजे एक औपचारिक कार्यक्रमबीच उद्दघाटन गरिने भएको छ । बैतडीका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशी र दशरथचन्द नगरपालिकाका प्रमुख नरेन्द्रसिंह थापाले संयुक्तरुपमा...
भीमदत्तनगर, २ माघ – कञ्चनपुरको भीमदत्तनगरमा ‘३९औँ राष्ट्रिय खेलकुद परिषद् ब्याडमिन्टन च्याम्पियनसिप’ प्रतियोगिता आजदेखि शुरु भएको छ । जिल्ला ब्याडमिन्टन संघ कञ्चनपुरको आयोजनामा शुरु भएको प्रतियोगिताको उद्घाटन गर्दै नेपाल ब्याडमिन्टन संघका केन्द्रीय अध्यक्ष रामजीबहादुर श्रेष्ठले अन्तरराष्ट्रिय प्रतियोगितामा समेत पछिल्ला वर्षमा नेपाली खेलाडीले उपाधि जित्न...
काठमाण्डु, १ माघ – सशस्त्र प्रहरीको एपीएफलाई टाइब्रेकरमा गर्दै त्रिभुवन आर्मीले सुदूरपश्चिम खप्तड गोल्डकपको उपाधि जितेको छ ।आइतबार भएको फाइनलमा आर्मीले अर्को विभागीय टिमलाई टाइब्रेकरमा ५।४ ले हराएको हो ।निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि निर्णय टाइब्रेकरबाट लिइएको थियो, जसमा सशस्त्रका सुदिप शिख्रकार...
मेलम्ची, १ माघ – सिन्धुपाल्चोक जिल्लाको मेलम्चीमा माघ २ गतेबाट प्रथम राष्ट्रिव्यापी फुटबल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ मेलम्ची नगरपालिका–१२ बाहुनेपाटीमा फुटबल आयोजना गरिएको हो । मेलम्ची युवा क्लबको आयोजनमा हुन लागेको उक्त प्रतियोगितामा...