इटहरी, ३० पुस – राष्ट्रिय खेलकुद परिषद्को सहयोग तथा क्षेत्रीय तेक्वान्दो समिति पूर्वाञ्चलको आयोजनामा यहाँ आयोजित छैटौँ पूर्वाञ्चल क्षेत्रीय तेक्वान्दो खेल प्रतियोगितामा सुनसरी ६ स्वर्ण र २ रजत पदक हात पार्दै टोली प्रथम बन्न सफल भएको छ । इटहरी उपमहानगरपालिका–४, कचना माविको खेल मैदानमा...
काठमाण्डु,३० पुस – ह्यारी केनले दुई गोल गर्दै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाएको खेलमा टोटनह्यामले एभर्टनमाथि सहज जित दर्ता गएको छ। इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा टोटनह्यामले एभर्टनलाई ४–० ले पराजित गर्यो । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामका...
काठमाण्डु, २८ पुस – नेपाली सेनाका दिनेश श्रेष्ठले राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत २३ औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन च्याम्पियनसिपमा नयाँ कीर्तिमान कायम गरेका छन् । एक सय पाँच केजी तौल समूहअन्तर्गत स्नाचतर्फ १९ वर्षअघिको कीर्तिमानलाई भंग गर्दै आफ्नो नाममा नयाँ राष्ट्रिय कीर्तिमान...
भीमदत्तनगर, २८ पुस – डेढ दशकअघिदेखि प्रतिभावान् राष्ट्रिय खेलाडी उत्पादन गर्दै आएको कञ्चनपुरको भीमदत्तनगरस्थित भलिबल प्रशिक्षण केन्द्र पछिल्लो समय आर्थिक अभावबाट गुज्रिरहेको छ । भलिबल प्रशिक्षक एवं वर्तमान भलिबल संघका सचिव जगदीशप्रसाद भट्टको पहलमा स्थापित उक्त केन्द्रले अहिलेसम्म सयौँ प्रतिभावान् महिला तथा पुरुष खेलाडी...
हेटौँडा, २८ पुस – मकवानपुरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको छ । मकवानपुर क्रिकेट संघको प्राविधिक सहयोग र जिल्ला खेलकुद विकास समितिको संयोजनमा हेटौँडाको हुप्रचौरमा राष्ट्रियस्तरको क्रिकेट मैदान तयार भएको हो । मैदान तयार हुन २ वर्ष लागेको आयोजकले जनाएका छन् । करिब रु...
एजेन्सी– मेसीले दुई मिनेटमा दुई गोल गरेपछि बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ। बिहीबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा सेल्टा भिगोविरुद्ध मेसी पहिलो हाफको १५ मिनेटभित्रै दुई गोल गरे । सेल्टा भिगोविरुद्धको दोस्रो लेगको खेल बार्सिलोनाले ५–० ले...
भद्रपुर, २७ पुस – ‘अनुशासनका लागि खेल, व्यावहारिक शिक्षाका लागि प्रयोगात्मक ज्ञान’ नाराका साथ भद्रपुर नगरपालिका– ३ मा वार्षिक खेलकुद कार्यक्रम सम्पन्न भएको छ । मुनाल एकेडेमीले सञ्चालन गरेको तीन दिवसीय वार्षिक खेलकुद कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद उप्रेतीको अध्यक्षता तथा भद्रपुर नगरपालिकाका...
काठमाण्डु, २६ पुस – नेपालका उच्च हिमाली भेगलाई अन्तर्राष्ट्रिय क्षेत्रमा उजिल्याउन स्की खेलको अन्तर्राष्ट्रिय प्रतियोगिता गरिने भएको छ ।सन् २०१८ को अन्तिम सातादेखि मुस्ताङको मुक्तिनाथ क्षेत्रमा आयोजना हुने सो प्रतियोगितामा दशभन्दा बढी देशका स्की खेलाडीले अति हिमाली सुन्दरताको आनन्द लिँदै हिँउ कुद्न पाउनेछन् ।...
पोखरा, २६ पुस – राष्ट्रिय खेलकुद परिषद् च्याम्पियनसिपअन्तर्गत आजदेखि पोखरा उद्योग वाणिज्य संघको हलमा २३औँ पुरुष तथा आठौँ महिला राष्ट्रिय भारोत्तोलन प्रतियोगिता शुरु भएको छ । नेपाल भारोत्तोलन संघ र जिल्ला भारोत्तोलन संघको संयुक्त आयोजनामा हुने सो प्रतियोगिता तीन दिनसम्म चल्नेछ । नेपाल प्रहरी,...
काठमाण्डु, २५ पुस – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल, काठमाण्डुको आयोजनामा खेलकुद सप्ताह यही पुस २९ गतेबाट शुरु हुने भएको छ । काठमाण्डुको विभिन्न स्थानमा हुने खेलकुद सप्ताहमा पाँचवटा स्पर्धामा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक खड्गबहादुर बस्नेतले यहाँ आज आयोजित पत्रकार सम्मेलनमा जानकारी...
पोखरा, २५ पुस – सहारा क्लब पोखराको आयोजना तथा हिमश्री फुड्स प्रालिको मुख्य प्रायोजनमा आगामी माघ ९ देखि २० गतेसम्म पोखरा रंगशालामा हुने १६औँ आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको पुरस्कार राशिमा वृद्धि गरिएको छ । यस वर्ष विजेता टोलीले रु सात लाख...
इटहरी, २४ पुस – इटहरी रंगशालामा जारी ४२औँ राखेप च्याम्पियनसिप राष्ट्रिय एथलेटिक्स खेल प्रतियोगिताअन्तर्गत दोस्रो दिन जारी भई सम्पन्न भएका पाँच खेलको अन्तिम नतिजाअनुसार नेपाली सेनाका विभागीय टोलीका खेलाडीले चार स्वर्ण, दुई रजत र दुई कास्य पदक जित्दै प्रतिस्पर्धामा वर्चश्व कायम जारी राखेको छ...