एजेन्सी । फुटबलर एलेक्स सान्चेजलाई स्पेनको एक अदालतले एक वर्ष ६ महिनाको जेल सजाय तोकेको छ । कर छलीको आरोपमा सजाय दिइएको हो । उनलाई जेलमा भने बस्नु पर्ने छैन । किनकी स्पेनको कानुनअनुसार दुई वर्षभन्दा कम सजायँमा जेल बस्नु पर्दैन । स्ट्राइकर सान्चेज...
काठमाण्डु, २३ माघ– विश्व क्रिकेट लिग डिभिजन– टू अन्तर्गत बिहीबार नेपालले आयोजक नामिबियाविरुद्ध पहिलो खेल खेल्दैछ। नेपालले यसअघि नामिबियाविरुद्ध खेलेका तीनवटै खेल जितेको छ। प्रतियोगितामा नेपालले नामिबियासँगै क्यानडा, ओमन, केन्या, संयुक्त अरब इमिरेट्स सँग खेल खेल्नेछ । शीर्ष दुईमा रहन सफल टोली बढुवा भएर...
काठमाण्डु, २३ माघ – प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा चौथो स्थानको चेल्सी वाटफोर्डसँग ४–१ ले पराजित भएको छ । टिमोएउ बाकायोकोले ३०औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाएपछि दश खेलाडीमा झरेको चेल्सीले अन्तिम ६ मिनेटमा ३ गोल बेहोरेको हो । ट्रोए डिनेले ४२औँ मिनेटमा...
काठमाण्डु, २२ माघ – स्पेनिस ला लिगा फुटबलमा आइतबार राति भएको खेलमा लिग लिडर बार्सिलोना स्पानियोलसँग १–१ गोलअन्तरको बराबरीमा रोकिएको छ । जेरार्ड पिकेले खेलसकिदा ८ मिनेट बाँकी रहँदा गोल गरेपछि स्पानियोलले लिएको अग्रतालाई उल्टाउदै बार्सिलोनाले बराबरी गरेको थियो । त्यसअघि स्पोनियलले जेरार्ड मोरेनाको...
पोखरा, २१ माघ – राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताए । खेलकुद पत्रकार मञ्च कास्कीद्धारा आज यहाँ आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले खेल पर्यटनलाई सँगसँगै जोडेर लान सकिनेमा जोड दिए । आगामी दक्षिण...
एजेन्सी । यसै सिजनमा आर्सनलबाट आएका एलेक्सेस सान्चेजको गोलमा म्यानचेस्टर युनाइटेडले हर्डसफिल्डमाथि सहज जित निकालेको छ । इंग्लिस प्रिमियर लिग फुटबलमा शनिबार राति भएको खेलमा दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले हर्डसफिल्ड टाउनलाई २ – ० ले पराजित गर्यो । पहिलो हाफ बराबरीमा रोकिएको खेलको...
काठमाण्डु, २० माघ – थ्रीस्टारलाई हराउँदै नेपाल पुलिस क्लबले आहा ! रारा गोल्डकप फुटबलको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा पुलिसले थ्रीस्टारलाई १-० ले हरायो । निर्धारित समयका खेल गोलरहित वराबरीमा सकिएको थियो । तर, थपिएको समयको खेलमा पुलिसका राम वाजीले विजयी गोल...
काठमाण्डु, २० माघ – गएको बुधबार दक्षिण कोरियामा उत्तर कोरियाको झण्डा फहराएपछि त्यहाँ उपस्थित उत्तर र दक्षिण कोरियाका नागरिकका आँखा रसाए । हुनतः त्यो झण्डा फहराएसँगै यी दुई देशको आन्तरिक दुश्मनी मेटिएको होइन, तर पनि यतिखेर यी दुई देश आपसमा नजिकिएकाले दुवै देशका नागरिक...
काठमाण्डु, २० माघ – ओपनर मञ्जोत कालराले शतकभन्दा बढी रन बनाएपछि भारतको युवा टोलीले चौथो पटक यू–१९ विश्वकप क्रिकेटको उपाधि जितेको छ । अष्ट्रेलियाले दिएको २ सय १७ रनको लक्ष्य भारले ३८।५ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गरेको थियो । न्यूजिल्याण्डको बे ओभलमा...
काठमाण्डु, १९ माघ – किङ कम स्पोर्टस् क्लब, भीमसेनगोलाको आयोजनामा आठौँ बबिन स्मृति ब्याडमिन्टन प्रतियोगिता यही माघ २७ गतेदेखि हुने भएको छ । पुरुष जोडीमा मात्र खेलाइने सो प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघको २०औँ बरियतामा परेका खेलाडीले प्रतिस्पर्धा गर्न नपाउने प्रतियोगिता संयोजक राजु रायमाझीले जानकारी...
भीमदत्तनगर, १९ माघ – कञ्चनपुरका भरतबहादुर चन्द र दिलबहादुर धामीको जोडीले रु ५१ हजार धनराशिको ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । कैलालीको जानकी गाउँपालिकाले दुर्गौलीमा आयोजना गरेको प्रतियोगितामा चन्द र धामीको जोडीले फाइनलमा नेपालगञ्जका इरफान अन्सारी र रियाज अन्सारीको जोडीलाई पराजित गरेको हो ।...
जितपुर, कपिलवस्तु, १९ माघ – यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती (दंगल) प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ । शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता’ बिहीबारदेखि शुरु भएको हो । स्थानीयस्तरमा रहेका खेलाडीको विकास र शारीरिक विकास सँगसँगै नेपाल र भारतका खेलाडीबीचको आपसी मैत्रीभाव विस्तार...