खेलकुद

पारस खड्काको कप्तानीमा नेपाली क्रिकेट टोलीको छनोट घोषणा

२०७४ फागुन ७ गते १६:२१

काठमाण्डु, ७ फागुन – जिम्बावेमा आयोजना हुने विश्वकप क्रिकेट छनोट खेलका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा भएको छ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले पारस खड्काको कप्तानीमा चार वैकल्पिक खेलाडीसहित १९ सदस्यीय खेलाडीको घोषणा गरेको हो । घोषित टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, दिलीप...

पोखरा म्याराथनको उपाधि भूमिरमज राईलाई

२०७४ फागुन ७ गते १०:३२

पोखरा,७ फागुन – सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि नेपाल पुलिसका भूमिराज राईले जितेका छन् । उनले निर्धारित दूरी २ घन्टा ३६ मिनेट ४२ सेकेण्डमा पूरा गरेका हुन् । आर्मीका हरिकुमार रिमाल दोस्रो भए । उनले निर्धारित दूरी २ घन्टा ३८ मिनेट ४६ सेकेण्डमा पूरा...

आयोजकलाई पछि पार्दै नेपाल पुलिस क्लब सेमिफाइनलमा

२०७४ फागुन ६ गते १७:३०

काठमाण्डु, ६ फागुन – नेपाल पुलिस क्लब तेस्रो हेटौंडा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार घरेलु टोली विजय युथ क्लबको चुनौती ३० ले पन्छाउँदै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो । खेलको ११औं मिनेटमा रिजालले गोल गर्दै पुलिसलाई सुरूवाती अग्रता दिलाए...

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा

२०७४ फागुन ६ गते १०:१२

काठमाण्डु, ६ माघ – कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्येक दिन २ बजेपछि स्केट खेलको अभ्यासका लागि सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषरमा पुग्छन् । ‘मेरो...

विश्वककप छनोटमा नेपालको पहिलो खेल जिम्बावेसँग

२०७४ फागुन ४ गते १५:०३

काठमाण्डु, ४ फागुन – एक दिवसीय विश्वककप क्रिकेटको छनोट चरणमा पुग्न सफल नेपालले पहिलो खेल जिम्बावेसँग खेल्ने छ । आगामी फागुन २० गतेदेखि जिम्बावेमा शुरु हुने विश्वकप छनोट प्रतियोगितामा नेपाल समूह ‘बि’ मा रहेको छ । सो समूहमा अफगानिस्तान, हङकङ, जिम्बावे र स्कटल्यान्ड रहेका...

नेपाललाई युएईले दियो २७८ रनको विशाल लक्ष्य

२०७४ फागुन ३ गते १७:३८

काठमाण्डु, ३ फागुन – नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन –२ अन्तर्गत उपाधिका लागि नेपाललाई युएईले २७८ रनको लक्ष्य दिएको छ । निर्धारित ५० ओभरको खेलमा युएईले ४ विकेट गुमाएर २७७ रन बनाएको हो । उसका लागि अस्फाक अहमदले सतकीय पारी खेले। १२३...

प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता शुरु

२०७४ फागुन ३ गते १६:१५

नेपालगञ्ज, ३ फागुन – जिल्ला भलिबल संघको आयोजनामा आजदेखि यहाँ प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । मिस नेपाल निकिता चन्दकले उद्घाटन गरेको उक्त प्रतियोगिता फागुन ७ गतेसम्म सञ्चालन हुनेछ । नेपालगञ्जको कभर्डहलमा खेलाइने प्रतियोगितामा भारत, बंगलादेश र नेपालका गरी सात टोलीको...

नेपाललाइ दोस्रो सफलता, ब्याट्मेन गुलाम करन केसीको बलमा रन आउट

२०७४ फागुन ३ गते १५:५७

काठमाण्डु, ३ फाग्न – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि युएईसँग भएको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । नामिबियाको वन्डरर्स मैदानमा टस हारेर फिल्डिङ गरिरहेको नेपालका लागि करन केसीले दोस्रो विकेट लिएका हुन् । युएईका तेस्रो क्रमका ब्याट्मेन गुलाम साब्बेर...

नेपाललाई पहिलो सफलता, बसन्त रेग्मीले लिए एक विकेट

२०७४ फागुन ३ गते १५:०२

काठमाण्डु, ३ फागुन – आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ को उपाधिका लागि युएईसँग भएको खेलमा नेपालले पहिलो विकेट लिएको छ । नामिबियाको वन्डरर्स मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको युएईले आफ्ना ओपनर रोहन मुस्ताफा ५१ रन बनाएर आउट भएका हुन् । २४ ओभरसम्म कुनै...

यूएईले टस जितेर ब्याटिङ रोज्यो, नेपाल फिल्डिङमा

२०७४ फागुन ३ गते १३:२८

काठमाण्डु, ३ फागुन – डिभिजन दुर्इको फाइनलमा नेपालविरुद्ध यूएर्इले टस जितेर ब्याटिङ रोजेको छ । बुधबार क्यानडालाई पराजित गर्दै शीर्षमा स्थान बनाएको नेपालसँग आयोजक नामिबियालाई १९ रनले हराउँदै रनरेटका आधारमा दोस्रो भएको यूएईले फाइनलमा भेट पक्का गरेको हो । जारी प्रतियोगिताको यसअघि तेस्रो खेलमा...

मानेको ह्याट्रिकसँगै लिभरपुलको पोर्टोमाथि सानदार जित

२०७४ फागुन ३ गते १०:१८

एजेन्सी । साडियो मानेको ह्याट्रिकसँगै लिभरपुलले च्याम्पियन्स लिग प्रि–क्वार्टरफाइनलको पहिलो लेगमा एफसी पोर्टोमाथि सहज जित हात पारेको छ । बुधबार राति भएको खेलमा लिभरपुलले पोर्टोलाई ५–२ गोल अन्तरले हराएको हो । पोर्टोको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले २५ औं मिनेटमा मानेको गोलबाट अग्रता लिएको...

विश्वकप छनौटमा नेपाललाई अन्तिम मौका, क्यानडाद्वारा १ सय ९५ रनको लक्ष्य प्रस्तुत

२०७४ फागुन २ गते १७:१०

काठमाण्डु, २ फागुन – डिभिजन टू अन्तरगतको क्यानडाविरुद्धको खेलमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै १९५ रनको लक्ष्य दिएको छ । क्यानडाका लागि सर्वाधिक श्रिमन्थ विजेरत्नेले १०३ रनको योगदान दिए । उनले १५२ बलमा ८ चौकासहित नटआउट १०३...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us