खेलकुद

धुर्मुससँग खेलकुदमन्त्रीले मागे रंगशाला निर्माणको प्रस्ताव

२०७४ चैत २२ गते १३:०३

काठमाण्डु, २२ चैत – अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानमा रहेका कलाकार सिताराम कट्टेल धुर्मुसले बिहिबार बिहान खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मासँग छलफल गरे । छलफलमा मन्त्री विश्वकर्माले रंगशाला निर्माणको प्रस्ताव मागेका छन् । ‘मन्त्रीज्यूसँग एकदम सकारात्मक कुरा भयो, उहाँले प्रपोजल लिएर आउन भन्नुभएको छ,’ धुर्मुसले सुनाए...

धनगढी प्रिमियर लिगः काठमाण्डुको लगातार तेस्रो जित

२०७४ चैत २१ गते १७:४६

काठमाण्डु, २१ चैत – काठमाण्डु गोल्डेन्सले सिवाईसी अत्तरीयालाई ११ रनले हराउँदै लगातार तेस्रो जित दर्ता गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको काठमाण्डु गोल्डेन्सले २० ओभरमा नौ विकेट गुमाउँदै १ सय ३७ रन बनाएको थियो । १३८ रनको विजयी लक्ष्य लिएर मैदानमा आएको...

कप्तान ज्ञानेन्द्र मल्लको अर्धशतकपछि काठमाण्डुको यस्तो स्कोर

२०७४ चैत २१ गते १५:०४

काठमाण्डु, २१ चैत – कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेपछि रुस्लान धनगढी प्रिमियर लिग(डीपीएल)–२ को अपराजित टोली काठमाण्डु गोल्डन्सले सिवाइसी अत्तरियाविरुद्ध मध्यम स्कोर बनाएको छ । तेस्रो खेल खेलिरहेको काठमाण्डुले अत्तरियालाई १ सय ३८ रनको लक्ष्य दिएको हो । संघीय प्रहरी इकाइको कार्यालय धनगढीमा...

धनगढी प्रिमियर लिगः विराटनगर किंग्सद्धारा रुपन्देही ४२ रनले पराजित

२०७४ चैत २१ गते १३:३१

धनगढी, २१ चैत – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा विराटनगर किंग्सले रुपन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गरेको छ । कैलालीको धनगढीस्थित संघीय प्रहरी एकाइ कार्यालयको मैदानमा रुपन्देही च्यालेन्जर्सले टस जितेर फिल्डिङ रोजेपछि विराटनगर किंग्सले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा चार...

धनगढी प्रिमियर लिगः टिम चौराह धनगढी विजयी

२०७४ चैत २० गते १५:१९

धनगढी, २० चैत – रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल)क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा टिम चौराह धनगढी विजयी भएको छ । धनगढीले महेन्द्रनगर युनाइटेडलाई आठ विकेटले पराजित गरेको हो । टिम चौराह धनगढीको यो दोस्रो जीत हो । महेन्द्रनगर दुई खेलमा एक जीत र एक...

महेन्द्रनगरले धनगढीलाई दियो १ सय ३२ रनको चुनौती

२०७४ चैत २० गते १२:३८

काठमाण्डु, २० चैत – महेन्द्रनगर युनाइटेडले रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल–२) क्रिकेटमा टिम चौराह धनगढीलाई १३२ रनको चुनौती दिएको छ । निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा महेन्द्रनगरले १३१ रन बनाएपछि धनगढीले मध्यम स्कोरको लक्ष्य पाएको हो । एसएसपी क्रिकेट मैदानमा टस हारेर पहिले...

बिडिसिए कप क्रिकेट चैत २५ देखि

२०७४ चैत १९ गते १७:०८

बैतडी, १९ चैत – यही चैत २५ गतेदेखि बैतडीमा बिडिएस कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४ सञ्चालन हुने भएको छ । बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा हुने उक्त प्रतियोगिता बुड्डाबाजे क्रिकेट मैदान रातामाटा र निङ्लाशैनी क्रिकेट मैदान देहिमाडौँमा सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका १६ टोलीको...

रुपन्देहीसामू काठमाण्डुले दियो १ सय ८७ रनको लक्ष्य

२०७४ चैत १९ गते १५:२६

कैलाली, १९ चैत – कैलालीमा जारी धनगढी प्रिमियर लिग (डीपीएल)क्रिकेटमा काठमाण्डु गोल्डेनसले रुपन्देही च्यालर्ससामु १८७ रनको लक्ष्य प्रस्तुत गरेको छ । धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर व्याटिङ गरेको गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा ४ विकेट गुमाउँदै १८६ रन बनाएको छ। रुपन्देहीले जवाफी...

ला लिगा फुटबलः मेस्सी र स्वारेज हिरो बन्दा बार्सिलोना विजयी

२०७४ चैत १८ गते १०:१०

एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना हारबाट मुस्किलले जोगिएको छ । अन्तिम समयमा एक मिनेटको अन्तरमा दुई गोल फर्काएपछि लिग लिडर बार्सिलाना सेभिल्लासँग हारबाट जोगिएको हो । २–० ले पछि परेको अवस्थामा ८८ र ८९ औं मिनेटमा लुइस स्वारेज र लियोनल मेस्सीले एक–एक...

बुन्डेस लिगा फुटबलः डर्टमण्डको पोष्टमा वायर्नको आधा दर्जन गोल

२०७४ चैत १८ गते १०:०५

एजेन्सी । जर्मन बुन्डेस लिगा फुटबलमा शीर्ष स्थानको वायर्न म्युनिखले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा वायर्नले बोरुसिया डर्टमण्डलाई ६ – ० ले पराजित गरेको हो । घरेलु मैदानमा भएको खेलमा वायर्नलाई फराकिलो जित दिलाउन रोबर्टो लेवान्डोस्कीले ह्याट्रिक गरे । डर्टमण्ड...

‘आफ्नो ठाउँको शाख जोगाउन क्रिकेटमा लगानी’

२०७४ चैत १७ गते १७:०९

भीमदत्तनगर, १७ चैत – गतवर्ष धनगढीमा आयोजना भएको धनगढी प्रिमियर लिग(डिपिएल)को पहिलो संस्करणमा महेन्द्रनगरको ‘कञ्चनपुर आइकोनिक’ टिमको कप्तानी विनोद भण्डारीले सम्हालेका थिए । भण्डारी नेपाली राष्ट्रिय क्रिकेट टिमका महत्वपूर्ण सदस्य हुन् । उहाँकै नेतृत्वमा कञ्चनपुरको टिम बन्यो र कैलालीमा भएको डिपिएलमा भाग लियो ।...

डिपिएल क्रिकेटको पहिलो खेलमै शाहब आलमको ह्याट्रिक

२०७४ चैत १७ गते १५:०३

कैलाली, चैत १७ – धनगढी प्रिमियर लिग डिपिएल क्रिकेटको दोस्रो स‌ंस्करणको उद्घाटन खेलमै काठमाण्डु गोल्डेन्सका बलर शाहब आलमले ह्याट्रिक गरेका छ्न । उनले १७ औँ ओभरको तेश्रो, चौथो र पाँचौ बलमा विकेट लिँदै ह्याट्रिक गरेका हुन् । पहिलो विकेटका रुपमा अर्धशतक बनाएर खेलिरहेका सुनिल...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us