खेलकुद

नेपाललाई दोस्रो झट्का, विनोद पनि आउट

२०७५ माघ ११ गते ११:५२

काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएपछि फेरि विनोद भण्डारी पनि आउट भएका छन् । ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् । भण्डारी पनि...

नेपाललाई झट्का, ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट

२०७५ माघ ११ गते ११:४१

काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई झट्का लागेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका छन् । खेलको चौथो बलमा ओपनर ज्ञानेन्द्र आउट भएका हुन् । ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् ।...

टस हारेर नेपालले ब्याटिङको निम्तो पायो

२०७५ माघ ११ गते ११:१०

काठमाण्डु, ११ माघ – यूएईविरुद्धको पहिलो एक दिवसीय खेलका लागि नेपाली टिम आईसीसी एकेडेमी मैदानमा पुगेको छ । खेल नेपाली समयअनुसार साढे एघार बजे सुरु हुनेछ । आज नेपाली टिमको ब्याटिङ अर्डरमा केही परिवर्तन हुने भएको छ । यूएईबाट प्राप्त जानकारी अनुसार विनोद भण्डारीले...

परासीमा पहिलो पटक ब्याडमिन्टन कभर्डहल

२०७५ माघ ११ गते १०:४४

नवलपरासी, ११ माघ – पश्चिम नवलपरासीको सदरमुकाम परासीमा खेलाडीलाई लक्षित गरी पहिलो पटक सुविधायुक्त ब्याडमिन्टन कभर्डहल निमार्ण पूरा भएको छ । उक्त कभर्डहल तीन कठ्ठा क्षेत्रफल जग्गामा निर्माण भएको हो । पाँच वर्षअघि राष्ट्रिय खेलकूद परिषद्को करीब रु ३० लाख बजेटमा मिनी कभर्डहलको रूपमा...

मोनाकोका प्रशिक्षक थिएरी हेनरी बर्खास्त

२०७५ माघ ११ गते १०:२६

पेरिस, ११ माघ । फ्रान्सेली फुटबल क्लब मोनाकोले प्रशिक्षक थिएरी हेनरीलाई पदबाट बर्खास्त गरेको छ । हेनरी आफ्नो समयका चर्चित खेलाडी हुन् । उनी फ्रान्सलाई विश्वकप फुटबलको उपाधि जिताउने टोलीका महत्वपूर्ण सदस्य पनि हुन् । पहिलो श्रेणीको क्लब मोनाकोले प्रशिक्षक बनाएको तीन महिनापछि नै...

धनगढी प्रिमियर लिगले पायो आइसिसीको मान्यता

२०७५ माघ १० गते १२:१२

काठमाण्डु, १० माघ – तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगितालाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)ले मान्यता प्रदान गरेको छ । आयोजक धनगढी क्रिकेट एकेडेमीले प्रतियोगितालाई आइसिसीले मान्यता दिएको जनाएको हो । ‘प्रतियोगिताले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी)को मान्यता पाएको जानकारी गराउँदछौँ’, एकेडेमीका अध्यक्ष सुवास...

नेयमार घाइते, म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउनसक्ने

२०७५ माघ १० गते ११:१४

एजेन्सी । लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा स्टार्सवर्गमाथिको सहज जी निकालेको छ । फ्रेन्च कपमा स्टार्सवर्गमासथलाई २–० ले हराएको खेलमा नेयमार घाइते भएका छन् । खेलको ६२ औं मिनेटमा नेयमार मोआटाज जेमजेमीको ट्याकलमा परेका थिए । यो सँगै चोट...

बेपत्ता प्लेनका यात्रु इमिलियानो साला को हुन् ?

२०७५ माघ ९ गते १७:०३

एजेन्सी । २८ वर्षका इमिलियानो साला बल्ल फुटबल खेलाडीका रुपमा परिपक्व बन्दै थिए । त्यसैले उनलाई केही दिनअघिमात्र इङल्यान्डको कार्डिफ सिटीले अनुबन्ध गरेको थियो । मध्य सिजनमा सरुवा बजार खुल्दा कार्डिफसँग अनुबन्ध भएका साला प्राविधिक रुपमा पूर्ण नहुन सक्छन् । तर शारीरिक र मानसिक...

वर्षाका कारण खेल रद्द

२०७५ माघ ९ गते १४:५३

काठमाण्डु, ९ माघ – उपत्यकामा परेको वर्षाका कारण यहाँ जारी ढोरपाटन महिला भलिबल प्रतियोगिताअन्तर्गत आज हुने पाँचवटा खेल स्थगित गरिएको छ । नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा आज हुने पाँच खेल स्थगित भएको आयोजकले जनाएको छ । क्लबसँग रहेको खुल्ला भलिबल कोर्ट वर्षाको...

धुलिखेलमा साहसिक खेल ‘जिपलाइन’ शुरु हुँदै

२०७५ माघ ९ गते १४:२२

बनेपा, ९ माघ – पर्यटकीय क्षेत्र धुलिखेलमा आकर्षक तथा साहसिक खेल ‘जिपलाइन’ व्यवसाय छिट्टै सञ्चालन हुने भएको छ । काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–८ र पाँचखाल नगरपालिका–५ को सिमानामा पर्ने खावामा ‘वल्र्डवाइड एड्भेञ्चर प्रालि’को सञ्चालनमा सो व्यवसाय शुरु हुन लागेको हो । प्रालिका सञ्चालक केदार थापाले...

राष्ट्रिय महिला टोलीले भारतमा मैत्रीपूर्ण खेल खेल्ने

२०७५ माघ ९ गते ११:१५

काठमाण्डु, ९ माघ – साफ फुटबलको तयारीमा रहेको नेपाली राष्ट्रिय महिला टोलीले भारत र थाइल्याण्डमा मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपालले भारतीय फुटबल महासङ्घको निमन्त्रणामा भारतमा मैत्रीपूर्ण खेल खेल्न लागेको हो । भारतको उडिसा राज्यको भुवनेश्वरमा आगामी...

पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्राण्ड एम्बेसडरमा नियुक्त

२०७५ माघ ९ गते ११:०१

काठमाण्डु, ९ मााघ – रुस्लानले क्रिकेट क्षेत्रका पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ । एक वर्षको उक्त सम्झौता मुलतः प्रथमिक तहको क्रिकेट विकासमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले जनाएको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us