नेपाललाई झट्का, ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट

काठमाण्डु टुडे २०७५ माघ ११ गते ११:४१ मा प्रकाशित

काठमाण्डु, ११ माघ – युएईसँग भइरहेको पहिलो एकदिवसीय खेलमा नेपाललाई झट्का लागेको छ । टस हारेर ब्याटिङमा उत्रिएको नेपालका उपकप्तान ज्ञानेन्द्र मल्ल शुन्य रनमा आउट भएका छन् ।

खेलको चौथो बलमा ओपनर ज्ञानेन्द्र आउट भएका हुन् । ज्ञानेन्द्रलाई मोहम्मद नाविदले आउट गरेका हुन् ।

उनलाई नाविदको बलमा किपरले क्याच गरेर आउट गरेका हुन्। अहिले ज्ञानेन्द्रको ठाउँमा कप्तान पारस खड्का आएका छन् । विनोद भण्डारी र पारस खड्का क्रिजमा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us