नेयमार घाइते, म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउनसक्ने

काठमाण्डु टुडे २०७५ माघ १० गते ११:१४ मा प्रकाशित

एजेन्सी । लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा स्टार्सवर्गमाथिको सहज जी निकालेको छ । फ्रेन्च कपमा स्टार्सवर्गमासथलाई २–० ले हराएको खेलमा नेयमार घाइते भएका छन् ।

खेलको ६२ औं मिनेटमा नेयमार मोआटाज जेमजेमीको ट्याकलमा परेका थिए । यो सँगै चोट बोकेका उनी मैदान छाड्न बाध्य भएका थिए ।

योसँगै नेयमारले च्याम्पियन्स लिग अन्तर्गतको म्यानचेस्टर युनाइटेडविरुद्धको प्रि–क्वाटरफाइनल खेल गुमाउनसक्ने क्लबले जनाएको छ ।

बुधबार राति घरेलु मैदानमा पीएसजीलाई जिताउन एडिन्सन काभानी र एन्जल डि मारियाले गोल गरेका थिए ।

पीएसजीले खेलको तेस्रो मिनेटमा नै काभनीको गोलबाट अग्रता बनाएको थियो। पहिलो हाफमा १(० को अग्रता बनाएको पिएसजीले अग्रता दोब्बर पार्न ८० औं मिनेटसम्म कुर्नुपर्यो ।

८०औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दे पीएसजीलाई २–० को जित दिलाए । यो जितसँगै पीएसजी फ्रेन्च कपको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us