पारस, ज्ञानेन्द्र र शरद रुस्लानको ब्राण्ड एम्बेसडरमा नियुक्त

काठमाण्डु टुडे २०७५ माघ ९ गते ११:०१ मा प्रकाशित

काठमाण्डु, ९ मााघ – रुस्लानले क्रिकेट क्षेत्रका पारस खड्का, ज्ञानेन्द्र मल्ल र शरद भेष्वाकरलाई आफ्नो ब्राण्ड एम्बेसडर नियुक्त गरेको छ ।

एक वर्षको उक्त सम्झौता मुलतः प्रथमिक तहको क्रिकेट विकासमा केन्द्रित रही देशको क्रिकेट विकास र प्रचारमा योगदान गरिने जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजले जनाएको छ ।

खेलकुद क्षेत्रमा ठुलो योगदान दिइ नेपाललाइ विश्व सामु चिनाउन सफल यी उत्कृष्ट क्रिकेट खेलाडीहरु जसले देशको क्रिकेट विकासमा ठुलो भूमिका निर्वाह गर्नेमा बिस्वस्त रहेको कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका प्रबन्ध निर्देशक राज बहादुर शाहले बताए ।

नेपालकै मुख्य खेलहरु – फुटबल र क्रिकेट – संग रुस्लानले लामो समय देखि सहकार्य गर्दै आएको र भविस्यमा यी खेलहरुलाइ अझै विकास गर्न रुस्लानले पूर्ण समथर्न गर्ने कुरा जावलाखेल ग्रुप अफ इण्डस्ट्रिजका ग्रुप कार्यकारी निर्देशक शशिन जोशीले सम्झौता पत्र हस्ताक्षर कार्यक्रममा बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us