कास्की, ७ फागुन – तेह्रौँ संस्करणको ‘सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथन’को उपाधि नेपाली सेनाका हरिकुमार रिमालले जितेका छन् । भूतपूर्व खेलाडी मञ्चको आयोजनामा आज भएको प्रतियोगितामा दुई घण्टा ४० मिनेट १० सेकेण्डको समयमा निर्धारित दूरी पार गर्दै उनले उपाधिसहित नगद रु एक लाख पुरस्कार प्राप्त...
काठमाण्डु, ७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ । नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२...
काठमाण्डु, ७ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला विश्वकप छनोट क्रिकेटअन्तर्गत एशिया छनोटको पहिलो खेलमा नेपालले मलेशियालाई जितका लागि १२७ रनको लक्ष्य दिएको छ । थाइल्याण्डको बैंककस्थित ट्रेडथाई क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै २० ओभर खेल्दै पाँच विकेट गुमाएर...
काठमाण्डु, ७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले पहिलो खेलमा मलेसियालाई १२७ रनको लक्ष्य दिएको छ । बैंककमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १२६ रन बनाएको हो । यो प्रतियोगिता नेपालका...
काठमाण्डु, ६ फागुन – युरोहब एजुकेसन कन्सल्टेन्सी प्रालिद्वारा आयोजित ‘पब्जी मोबाइल’ प्रतियोगिता काठमाण्डुमा जारी छ । प्रतियोगिताको प्रायोजन पनि युरोहब ग्रुप एजुकेसन कन्सल्टेन्सी प्रालिले गरेको हो । प्रतियोगिताको पहिलो र दोस्रो चरणको प्रतिस्पर्धा सम्पन्न भइसकेको छ । प्रतियोगितामा सहभागी हुन एक हजार एक सय...
काठमाण्डु, ६ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) महिला एशिया क्वालिफायर छनोट खेल मङ्गलबारदेखि थाइल्याण्डमा शुरु हुँदैछ । प्रतियोगिता एशियाली राष्ट्रका लागि सन् २०२० मा हुने टी–२० विश्वकप र २०२१ मा हुने ५० ओभरको विश्वकपका लागि शुरुआती खुड्किलो हो । प्रतियोगितामा एशियाका सात राष्ट्रले...
एजेन्सी – वेस्ट इन्डिजका बिस्फोटक ब्याट्सम्यान क्रिस गेलले एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन् । गेलले आगामी मे ३० तारिखदेखि १४ जुलाई सम्म इङ्यान्डमा आयोजना हुने विश्वकप पछि एकदिवसीय क्रिकेटबाट सन्यास लिने घोषणा गरको हुन् । अलराउन्डर गेलको सन्यासको विषयमा वेस्ट इन्डिज क्रिकेट...
एजेन्सी । स्पानिस ला लिगामा रियल मड्रिडले गिरोनासँग अप्रत्यासित हार बेहोरेको छ । घरेलु मैदानमा एक गोलको अग्रता लिएर पनि दोस्रो हाफमा दश मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल २–१ ले पराजित भएको हो । हारपछि रियलले एट्लेटिकोलाई पछि पार्दै दवस्रो स्थानमा उक्लने मौका...
काठमाण्डु, ५ फागुन – अस्ट्रेलियाको बिग बास लिगको फाइनलमा नेपाली युवा क्रिकेटर सन्दीप लमिछाने आवद्ध टोली मेलबर्न स्टार्स पराजित भएको छ । उपाधिका लागि मेलबर्न रेगेनेट्ससँग प्रतिस्पर्धा गरेको मेलबर्न स्टार्स १३ रनले पराजित भएको हो । मेलबर्न स्टार्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय...
काठमाण्डु, ५ फागुन – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिगब्यासको फाइनलमा पनि विकेटविहिन भएका छन् । सन्दीपले आइतबार भएको फाइनललमा मेलबर्न रेनिगेड्सविरूद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए पनि कुनै विकेट लिएनन् । आफ्नो पहिलो ओभरमा २ रन खर्चिएका सन्दीपले दोस्रो...
पोखरा, ४ फागुन – अन्तर्राष्ट्रिय टेनिस महासङ्घको आयोजना तथा कास्की जिल्ला टेनिस सङ्घको संयोजनमा पोखरामा जारी १८ वर्षमुनिको आइटिएफ टेनिस प्रतियोगितामा पुरुष डबल्सतर्फको उपाधि जापानका गेनी इनोक र केइजु मियाकेको जोडीले हात पारेको छ ।tenis पोखरा रङ्गशालामा शुक्रबार भएको फाइनल खेलमा हङकङकका केल लोक...
काठमाण्डु, ३ फागुन – भारतमा जारी हिरो गोल्डकप प्रतियोगिताको अन्तिम चरणको खेलमा आज नेपाल र म्यान्मा भिड्दै छन् । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा हुने खेल नेपाली समयानुसार साँझा ६ बजे शुरु हुनेछ । नेपालको राष्ट्रिय महिला फुटबल टोलीले आज विजयी भए पहिलो अन्तर्राष्ट्रिय उपाधि...