काठमाण्डु, ७ फागुन – थाइल्याण्डमा जारी आइसीसी महिला टी–२० विश्वकपको एशिया क्षेत्रीय छनोटमा नेपालले विजयी सुरूवात गरेको छ ।
नेपालले मंगलबार मलेसियालाई ३४ रनले हराउँदै विजयी सुरूवात गरेको हो । १ सय २७ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै ९२ रनमा समेटियो ।
छनोटमा ७ टोलीको सहभागिता रहेको छ । यो जितसँगै नेपाल समूहको शीर्ष स्थानमा उक्लिएको छ । राउन्ड रोबिन लिगको शीर्ष स्थानमा रहने टोली विश्वकप छनोटको अर्को चरणमा छनोट हुनेछ ।