एजेन्सी । स्पानिस ला लिगामा रियल मड्रिडले गिरोनासँग अप्रत्यासित हार बेहोरेको छ ।
घरेलु मैदानमा एक गोलको अग्रता लिएर पनि दोस्रो हाफमा दश मिनेटको अन्तरमा दुई गोल खाएपछि रियल २–१ ले पराजित भएको हो । हारपछि रियलले एट्लेटिकोलाई पछि पार्दै दवस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।
सान्टियागो वर्नामेउमा मार्को असेन्सिओले पहिलो हाफमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।
तर गिरोनाले दवस्रो हाफमा पुनरागमन गर्दै दुई गोल फर्कायो । ६५औँ मिनेटमा क्रिस्टियन सुतअनीले पेनाल्टीमार्फत गिरोनाका लागि बराबरी गोल फर्काए । ७५औँ मिनेटमा पेट्रुले गरेको गोल नै गिरोनालाई ३ अंक दिलाउन निर्णायक बन्यो ।
हारपछि २४ खेलबाट ४५ अंक रहेको रियल तेस्रो स्थानमा यथावत छ । रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ९ र छिमेकी ए६लेटिको भन्दा २ अंकले पछि छ । ५४ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ ।
रियललाई पराजित गरेको गिरोना २४ खेलबाट २७ अंक जोड्दै १५औँ स्थानमा उक्लेको छ ।