खेलकुद

खेल सङ्घको विवाद अन्त्य हुँदै

२०७५ फागुन १३ गते १५:२३

काठमाण्डु, १३ फागुन – लामो समयदेखिको पेन्टाथलन सङ्घको विवाद अन्त्य भएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप)का उपाध्यक्ष पिताम्बर तिम्सिनाको संयोजकत्वमा रहेको खेल सङ्घमा देखिएको विवाद समाधान गर्न गठित समितिले मोर्डन पेन्टाथलन सङ्घ र मोर्डन पेन्टाथलन महासङ्घको एकीकरण गरी विवाद अन्त्य गरेको हो ।...

कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी

२०७५ फागुन १३ गते १३:२६

सुर्खेत, १३ फागुन – कर्णाली प्रदेशको राजधानी सुर्खेतमा प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता जारी रहेको छ । प्रदेश खेलकूद परिषद् कर्णाली प्रदेशले राजधानी वीरेन्द्रनगर सुर्खेतमा फागुन ११ गतेदेखि सञ्चालन गरेको ‘प्रथम कर्णाली प्रदेशस्तरीय खेलकूद प्रतियोगिता २०७५’ अन्तर्गत सुर्खेतमा आठ खेलमा प्रतिस्पर्धा भइरहेको प्रदेश खेलकूद...

आइसिसी– टी–२० महिला क्रिकेटः नेपाल–चीन भिड्दै

२०७५ फागुन १३ गते ११:२६

काठमाण्डु, १३ फागुन – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका...

अन्योलमा खेलकूद, चिन्तित खेलाडी

२०७५ फागुन १२ गते १५:१५

बाँके, १२ फागुन – नेपालगन्जलाई केन्द्रमा राखेर आयोजना हुन लागेको आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिताले बाँकेवासीलाई खुशी तुल्याएको छ । बाँकेवासीसँगै खेलाडी र खेलप्रेमीहरु प्रतियोगिताको प्रतिक्षामा छन् । खेलक्षेत्रमै क्रियाशील खेलाडीका लागि यो महाकुम्भ हो, जसले आफ्नो नामसँगै दाम पनि कमाउन चाहेका छन् । प्रतियोगिताको...

नेपालले मलेसियासँग अन्तराष्ट्रिय फुटबल खेल्ने

२०७५ फागुन १२ गते १५:०५

काठमाण्डु, १२ फागुन – नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतको दोस्रो साता मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ । नेपालले मलेसियाको घरेलु मैदानमा आगामी चैत १२ गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । जोहान कालिन नेपाली राष्ट्रिय...

डीपीएलको उपाधि सीवाईसी अत्तरियालाई

२०७५ फागुन ११ गते १६:५२

धनगढी, ११ फागुन – तेस्रो संस्करणको रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल)को उपाधि सीवाईसी अत्तरियाले जितेको छ । शनिवार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनल खेलमा सीवाईसी अत्तरियाले महेन्द्रनगर युनाइटेडलाई ३ विकेटले पराजित गरेको हो । च्याम्पियन बनेको अत्तरियाले ३० लाख नगद पुरस्कार प्राप्त गर्दा...

‘पिङ्काथन हाफ म्याराथन’को उपाधि सशस्त्रकी कान्छी मायालाई

२०७५ फागुन ११ गते १४:३८

काठमाण्डु, ११ फागुन – तेस्रो संस्करणको पिङ्काथन हाफ म्याराथनको उपाधि सशस्त्र प्रहरी बल (एपिएफ)की कान्छीमाया कोजुले जितेकी छिन् । आज प्रहरी प्रधान कार्यालय नक्सालमा भएको उक्त प्रतियोगितामा कान्छीमायाले निर्धारित दुरी एक घण्टा २१ मिनेट ४४ सेकेण्डमा पूरा गर्दै उपाधि जितेकी हुन् । उपाधिसँगै कान्छीमायाले...

दोस्रो बुटवल–लुम्बिनी लन टेनिस प्रतियोगिता शुरु

२०७५ फागुन ११ गते १३:४४

रुपन्देही, ११ फागुन – यहाँ दोस्रो बुटवल लुम्बिनी खुला लन टेनिस प्रतियोगिता आजदेखि शुरु भएको छ । रुपन्देही लन टेनिस सङ्घ र बुटवल लन टेनिस क्लबको संयुक्त आयोजनामा शुरु भएको प्रतियोगिताको एक समारोहकाबीच बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन् । प्रतियोगितामा विभिन्न...

राखेपका कर्मचारीमाथि मन्त्रालयको लगाम, खेल सङ्घमा आबद्ध भए बर्खास्त

२०७५ फागुन १० गते १५:०९

काठमाण्डु, १० फागुन – युवा तथा खेलकूद मन्त्रालयले खेलकूद क्षेत्रको विकास गर्न तयार गरेको विधेयकमा राष्ट्रिय खेलकूद परिषद् (राखेप)का कर्मचारी र प्रशिक्षक खेल सङ्घमा आबद्ध हुन नपाइने प्रावधान समेटिएको छ । मन्त्रालयले तयार गरी राष्ट्रियसभामा पेश गरेको ‘खेलकूदको विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक–२०७५’...

काठमाण्डु गोल्डेन्सले डीपीएल बहिस्कार गरेपछि महेन्द्रनगर फाइनलमा प्रवेश

२०७५ फागुन १० गते १३:२३

काठमाण्डु, १० फागुन – काठमाण्डु गोल्डेन्सले क्वालिफायर खेल बहिस्कार गरेपछि महेन्द्रनगर युनाइटेड धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । शुक्रबार क्वालिफायर खेलका लागि निर्धारित समयमा काठमाण्डु गोल्डेन्सका खेलाडी मैदानमा नआएपछि अफिसियलहरुले महेन्द्रनगरलाई विजेता घोषणा गरेका हुन् । तोकिएको समयमा काठमाण्डु...

पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि भारतमाथि आईओसीको कारबाही

२०७५ फागुन १० गते १२:२१

एजेन्सी । भारतमा हुन लागेको सुटिङको विश्वकप रोक्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले निर्देशन दिएको छ । भारतले पाकिस्तानी खेलाडीलाई भिसा नदिएपछि यस्तो निर्देशन दिएको हो । आईओसीले भारतीय सरकारले लिखित रुपमा भिसा दिने विषयमा आश्वासन नदिँदासम्म भारतमा हुने कुनै पनि ओलम्पिकसँग सम्बन्धित प्रतियोगिताहरु आयोजना गर्न...

काठमाण्डु गोल्डेन्सले डीपीएल क्रिकेट बहिष्कार गर्‍यो

२०७५ फागुन १० गते ११:५९

काठमाण्डु , १० फागुन – काठमाण्डु गोल्डेन्सले धनगढीमा जारी डीपीएल क्रिकेट प्रतियोगिता बहिष्कार गरेको छ । उसका अनुभवी बलर अंकित दबासलाई बलिङ प्रतिबन्ध लगाएपछि आज हुने महेन्द्रनगर युनाइटेडसँगको दोस्रो क्वालिफायर बहिष्कार गरेको हो । योसँगै डीपीएलको उपाधिका लागि शनिबार सीवाईसी अत्तरिया र महेन्द्रनगर युनाइटेडले...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us