काठमाण्डु, १२ फागुन – नेपाली राष्ट्रिय फुटबल टिमले आगामी चैतको दोस्रो साता मलेसियासँग मैत्रिपूर्ण फुटबल खेल्ने भएको छ ।
नेपालले मलेसियाको घरेलु मैदानमा आगामी चैत १२ गते मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेल खेल्न लागेको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।
जोहान कालिन नेपाली राष्ट्रिय फुटबल टिमको मुख्य प्रशिक्षकमा अनुबन्धन भएपछि नेपाली राष्ट्रिय टिमले पहिलो पटक मैत्रिपूर्ण खेल खेल्न लागेको हो ।
यसअघि अफगानिस्तानसँग मैत्रिपूर्ण खेल खेल्ने भने पनि पूर्वाधारको कारण देखाउँदै अफगानिस्तानले अन्तिम समयमा खेल रद्व गरेको थियो ।
नेपालले बंगलादेशमा सम्पन्न साफ च्याम्पियनसिप पछि कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छ । साफको तयारी स्वरूप नेपालले मैत्रिपूर्ण खेल खेल्न लागेको एन्फाले जानकारी दिएको छ ।