खेलकुद

पाकिस्तान सुपर लिगमा सन्दीप लामिछानेको टिम हार्‍याे

२०७५ फागुन ३ गते १२:०१

काठमाण्डु, ३ फागुन – युएईमा बिहिबारदेखि सुरू भएको पाकिस्तान सुपर लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने सम्मिलित लाहोर क्वालान्दर्स उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन इस्लामावाद युनाइटेडसँग पराजित भएको छ । युएईको दुबई इन्टरनेशनल क्रिकेट मैदानमा बिहिबार राति भएको पहिलो खेलमा क्वालान्दर युनाइटेटसँग ५ विकेटले पराजित...

क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार

२०७५ फागुन २ गते १६:४३

काठमाण्डु, २ फागुन –सरकारले क्रिकेट र फुटबल खेलाडीलाई १ करोड ५६ लाख रुपैयाँ पुरस्कार दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय बिहीबार सार्वजनिक गर्दै सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिएका हुन् । बास्कोटाका अनुसार क्रिकेट खेलाडीलाई पाँच लाख, मुख्य...

अनिश्चयको भुमरीमा आठौँ राष्ट्रिय खेलकूद

२०७५ फागुन २ गते १३:५५

काठमाण्डु, २ फागुन – प्रदेश नंं ५ मा आयोजना गर्ने तय भएको आठाँै राष्ट्रिय खेलकूद प्रतियोगिताको नयाँ मिति घोषणा गर्न राष्ट्रिय खेलकूद परिषद् (राखेप)को कार्यकारी समितिको बैठक अघिल्लो साता बस्यो, तर बैठकले मिति घोषणा गर्न सकेन । कार्यकारी समितिको बैठकले प्रतियोगिताका लागि अनुमानित बजेटलाई...

यू–२१ राष्ट्रिय फुटबल टोलीको घोषणा, को को परे ?

२०७५ फागुन १ गते १४:०१

काठमाण्डु, १ फागुन – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले २० सदस्यीय यू–२१ राष्ट्रिय फुटबल टोलीका घोषणा गरेको छ । यही फागुन ८ देखि १७ गतेसम्म भारतमा हुने सेन्टेनरी नर्थ इस्ट फुटबल च्याम्पियनसिप प्रतियोगितामा सहभागी हुने २० सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको एन्फाले जनाएको छ...

डीपीएलः काठमाण्डुद्धारा महेन्द्रनगरलाई १३६ रनको लक्ष्य

२०७५ फागुन १ गते ११:०७

धनगढी, १ फागुन – धनगढी प्रिमियर लिग अन्तर्गत काठमाण्डु गोल्डेन्सले महेन्द्रनगर युनाईटेडलाई एक सय ३६ रनको लक्ष्य दिएको छ । फाप्ला मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको काठमाण्डुले २० ओभरमा ५ विकेट गुमाउँदै एक सय ३५ रन बनाए । आज पनि कमजोर सुरुवात गरेको...

हिरो गोल्डकपमा नेपाल र इरान भिड्दैः फाइनलमा पुग्न नेपाललाई दबाव

२०७५ फागुन १ गते १०:५९

काठमाण्डु, १ फागुन – भारतमा जारी हिरो गोल्डकपअन्तर्गत आज लिग चरणको अन्तिम खेलमा नेपालले इरानको सामना गर्दैछ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा नेपाल र इरानबीचको खेल दिउँसो ४ बजे शुरु हुनेछ । जारी प्रतियोगितामा एक खेलमा पराजित र एक खेलमा जित निकाल्दै नेपालले तीन...

रुपन्देहीले पायो ९४ रनको लक्ष्य

२०७५ माघ २९ गते १४:५८

काठमाण्डु, २९ माघ – धनगढी प्रिमियर लिगमा विराटनगर किंग्सले रुपन्देही च्यालेञ्जर्सलाई ९४ रनको लक्ष्य दिएको छ । फाप्ला क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा नौ विकेट गुमाउँदै ९३ रन बनायो । खराव सुरुवात गरेको विराटनगरले चार रनमा पहिलो विकेट गुमाएको...

शहीद स्मारक ‘बी’ डिभिजन लिगः आज दुई खेल हुँदै

२०७५ माघ २९ गते ११:५५

काठमाण्डु, २९ माघ – शहीद स्मारक ‘बी’ डिभिजन लिगमा आज दुई खेल हुँदैछन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुने पहिलो खेलमा टुसाल युथ क्लब र बासबारी क्लब प्रतिस्पर्धा गर्दैछन् । दिउँसो १२ः३० बजे हुने खेलमा टुसाल युथ दोस्रो जितको निकाल्न चाहन्छ भने बाँसबारी पहिलो...

महिला हिंसाविरुद्ध खेलकुद फागुन १ देखि

२०७५ माघ २८ गते १७:०४

चिप्लेढुङ्गा, २८ माघ – महिला हिंसा विरुद्ध आत्मरक्षा खेलकुद कार्यक्रम आगामी फागुन १ गते देखि पोखरामा हुने भएको छ । समाजमा महिला तथा बालबालिका लक्ष्यित हिंसा बढ्दै गएपछि आत्मरक्षाका कार्यक्रम सञ्चालन गर्न थालिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय र नोवाज आर्क स्पोर्टस साइन्स...

पारस आइसीसीको ४० औं नम्बरमा, कुन खेलाडी कति औं स्थानमा ?

२०७५ माघ २८ गते १४:११

काठमाण्डु, २८ माघ – नेपाली क्रिकेट टोलिका कप्तान पारस खड्का आइसीसी र्‍याङ्किङको उत्कृष्ट चालिसमा पर्न सफल भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले सोमबार प्रकाशित गरेको र्याङकिङमा टी–२० अलराउण्डरको सूचीमा खड्का ४० औं नम्बरमा छन् । सोमपाल कामी  टी–२० क्रिकेटको बलिङ बरियतामा २२...

महिला फुटबलः नेपालले भारतको सामना गर्दै

२०७५ माघ २८ गते ११:३६

काठमाण्डु, २८ माघ – भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज...

राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुन २१ देखि

२०७५ माघ २८ गते ११:०३

काठमाण्डु, २८ माघ – गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ । नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिएपनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो । गोकर्णेश्वर नगरपालिकाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us