काठमाण्डु, ५ फागुन – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियामा जारी बिगब्यासको फाइनलमा पनि विकेटविहिन भएका छन् । सन्दीपले आइतबार भएको फाइनललमा मेलबर्न रेनिगेड्सविरूद्ध ४ ओभर बलिङ गर्दै १६ रन खर्चिए पनि कुनै विकेट लिएनन् ।
आफ्नो पहिलो ओभरमा २ रन खर्चिएका सन्दीपले दोस्रो ओभरमा १ चौकासहित ५ रन खर्चिए । आफ्नो तेस्रो ओभरमा ३ रन मात्र खर्चिए पनि विकेट लिन सकेनन् ।
अन्तिम ओभरमा ६ रन खर्चिएसँगै सन्दीप बिग ब्यासको फाइनलमा पनि विकेट बिहिन भएका हुन् । यसअघि उनी सेमिफाइनलमा पनि विकेट बिहिन भएका थिए ।
यो सँगै सन्दीयले बिग ब्यासमा ११ विकेट सँगै लिग सकाउने भएका हुन् । सुरूवाती ४ खेलमा ८ विकेट लिएका उनले आफ्नो पाँचौ खेलमा कुनै विकेट लिन सकेनन् ।
लिगका लागि आफ्नो छैठौं खेलमा ३ विकेट लिएका उनले सेमिफाइनलमा विकेट बिहिन बनेका थिए । सन्दीपले भारतको इण्डियन प्रिमियर लिग, बंगलादेशको बंगलादेश प्रिमियर लिग, वेस्टइण्डिजको क्यारेबियन प्रिमियर लिग, क्यानडाको ग्लोबल क्यानडा टी–२० जस्ता विदेशी फ्रेन्चाइजी लिग खेलिसकेका छन् ।