खेलकुद

विश्वकप छनोट खेल्ने नेपाली टोलीको बिदाइ

२०७६ भदौ १३ गते १३:१६

काठमाण्डु,१३भदौ– फिफा विश्वकप छनोटको दोस्रो चरणको छनोटअन्तर्गत कुवेतसँगको खेल खेल्न जाने नेपाली राष्ट्रिय फुटबल टोलीलाई आज बिदाइ गरिएको छ । कुवेतसँगको खेल खेल्न जाने नेपाली टोलीलाई अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, राष्ट्रिय खेलकूद परिषद् राखेपका सदस्यसचिव रमेश सिलवाललगायतले सफलताको शुभकामना दिँदै...

साफ यू-१५ च्याम्पियनशिप : नेपालले भुटानलाई ५-० ले हरायो ,उपाधिका लागि भारतसँग खेल्ने

२०७६ भदौ १२ गते १५:०१

साफ यू–१५ च्याम्पियनशिपमा नेपाल फाइनल प्रवेश गरेको छ । उपाधिका लागि नेपालले भारतसँग प्रतिस्पर्धा गर्नेछ । भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध ५–० को जित निकाल्दै नेपाल फाइनल प्रवेश गरेको हो । तालिकामा ९ अंक जोडेको भारत शीर्ष स्थानमा छ भने हेड टु हेड का आधारमा...

नेपालको सानदार जित : बंगलादेशलाई ४—१ गोलले हरायो

२०७६ भदौ ११ गते १०:४७

काठमाण्डु , ११ भदौ —पाँचौं साफ यू-१५ पुरुष फुटबल च्याम्पियनसिपमा नेपालले बंगलादेशमाथि फराकिलो जित हात पारेको छ। भारतको कल्याणीमा मंगलबार भएको खेलमा नेपालले साबिक विजेता बंगलादेशलाई ४-१ गोलले हरायो। नेपालको यो दोस्रो जित हो।नेपालको जितमा क्रिसन अधिकारी यादवले दुई गोल गरे। सुगन जिमी र...

यी हुन सर्वाधिक कमाउने विश्वका २० फुटबलर

२०७६ भदौ १० गते १२:१४

एजेन्सी , बार्सिलोनाका कप्तान लियोनल मेस्सी सर्वाधिक कमाई गर्ने फुटबल खेलाडीको शिर्ष स्थानमा पर्छन । फ्रान्स फुटबलले सार्वजनिक गरेको प्रतिवेदन अनुसार अर्जेन्टिनाका मेस्सी सर्वाधिक कमाई गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका छन् । मेस्सीको कमाई १३० मिलियन युरो रहेको छ । मेस्सीपछि इटालियन क्लब युभेन्ट्सका...

नेपाल मैत्रीपुर्ण खेलमा पराजित

२०७६ भदौ १० गते १०:३२

काठमाण्डु , १० भदौ — नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको जाहोर डारुल टाजिम एफसीविरुद्ध मैत्रीपूर्ण खेलमा हार खेपेको छ । मलेसियामा सोमबार बेलुका भएको खेलमा नेपाल जाहोर डारुलसँग १-० गोलले पराजित भयो । मलेसियाको लिग च्याम्पियन जाहोरले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको...

१६ वर्षीय फातीको बार्सिलोनाबाट डेब्यु

२०७६ भदौ ९ गते १७:३९

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसविरुद्ध ५(२ को जितमा बार्सिलोनाका लागि १६ वर्षीय अन्सुमान फातीले डेब्यु गरेका छन् । एन्टोइन ग्रिज्मनले नयाँ क्लबका लागि गोलको खाता खोलेर महत्त्वपूर्ण जित दिलाएको खेलमा बार्सिलोनाले युवा फरवार्ड फातीलाई अवसर दिएको हो । खेलको ७८...

रियाल म्याड्रिडले दियो नेयमारलाई गोल्डेन अफर

२०७६ भदौ ६ गते ११:३१

एजेन्सी, स्पेनिस क्लब रियाल म्याड्रिडले आफ्नो क्लबमा नेयमार अनुबन्ध गर्न ३ खेलाडी र १११ मिलियन अमेरिकी डलरको प्रस्तावलाई पेरिस सेन्ट जर्मेन पीएसजी ले अस्वीकार गरेको छ । रियालले नेयमारलाई अनुबन्ध गर्नको लागि ग्यारेथ बेल, केलर नाभास र हामेस रोड्रिग्वेजसहित १११ मिलियन अमेरिकी डलरको प्रस्ताव...

प्रशिक्षक विनोद दास लगायतका टोलीले गरे यू–१९ क्रिकेट टोलीको घोषणा

२०७६ भदौ ५ गते ११:५५

एजेन्सी —श्रीलंकामा यही भदौ १९ देखि २९ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि बिहिबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । प्रशिक्षक विनोद दास लगायतले रोहितकुमार पौडेलको कप्तानीमा खेलाडी टोलीको घोषणा गरेका हुन् । नेपाली टोलीका खेलाडीहरुमा कप्तान रोहित,...

मेस्सीको आगमनले बार्सिलोनालाई राहत

२०७६ भदौ ५ गते ११:४७

एजेन्सी —साविक विजेता बार्सिलोनाले स्पेनिस ला लिगाको पहिलो खेलमै एथ्लेटिक बिल्बाओसँग हार खेप्यो । उक्त खेलमा कप्तान लियोनल मेस्सी बार्सिलोनालाई खड्कीएको थियो । पिडुचोटका कारण फिजियो थेपारी गराएर आराम गरिरहेका मेस्सी बुधबारदेखि टोलीको अभ्यासमा फर्किएका छन् । मेस्सी प्रशिक्षणमा फर्किएपछि बार्सिलोनाले राहत महशुस गरेको...

नेपालको लज्जास्पद हार भारतसँग

२०७६ भदौ ४ गते १६:१७

काठमाण्डु , ४ भदौ — नेपाल आज भएको खेलमा भारतसँग पराजित भएको छ । भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको हो । भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल खाएको...

एसिया कप क्रिकेट: नेपालको पहिलो प्रतिद्वन्द्वी श्रीलङ्का

२०७६ भदौ ४ गते १४:१०

काठमाण्डु,४भदौ–यसै महिना श्रीलङ्कामा आयोजना हुने एसिसी यू–१९ एशिया कप क्रिकेटमा नेपालले आयोजक श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्ने भएको छ । यही भदौ १९ देखि २८ गतेसम्म आयोजना हुने उक्त प्रतियोगितामा नेपालले भदौ २० गते श्रीलङ्काको सामना गर्दै प्रतियोगिताको उद्घाटन गर्नेछ । एसियन क्रिकेट...

नेपाल किर्गिस्तानसँग ३—० ले पराजित

२०७६ भदौ ३ गते ११:१६

काठमाण्डु , ३ भदौ— एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन सिनियर पुरुष भलिबल प्रतियोगितामा नेपालले खराब सुरुआत गरेको छ। लगनखेलस्थित नेपाली सेनाको शारीरिक तालिम तथा प्रशिक्षण केन्द्रमा सोमबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा नेपाल तुलनात्मक रूपमा बलियो प्रतिद्वन्द्वी किर्गिस्तानसँग ३-० को सोझो सेटमा पराजित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us