नेपाल मैत्रीपुर्ण खेलमा पराजित

काठमाण्डु टुडे २०७६ भदौ १० गते १०:३२ मा प्रकाशित

काठमाण्डु , १० भदौ — नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको जाहोर डारुल टाजिम एफसीविरुद्ध मैत्रीपूर्ण खेलमा हार खेपेको छ ।

मलेसियामा सोमबार बेलुका भएको खेलमा नेपाल जाहोर डारुलसँग १-० गोलले पराजित भयो । मलेसियाको लिग च्याम्पियन जाहोरले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो ।जाहोरका निकोलस अवर्टाले फ्रिकिक मार्फत उत्कृष्ट गोल गरेका थिए । सुरुआतमै पछि परेको नेपाल खेलमा फर्कन सकेन । नेपालले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेलको तयारीका लागि मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईं रहेका छन् । नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुआत गर्नेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us