नेपालको लज्जास्पद हार भारतसँग

काठमाण्डु टुडे २०७६ भदौ ४ गते १६:१७ मा प्रकाशित

काठमाण्डु , ४ भदौ — नेपाल आज भएको खेलमा भारतसँग पराजित भएको छ ।

भारतको कल्याणीमा बुधबारदेखि शुरु भएको पाँचौं साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल आयोजक भारतसँग ५–० गोलले पराजित भएको हो ।

भारतको कल्याणी रंगशालामा भएको खेलमा नेपालले पहिलो हाफमै तीन गोल खाएको थियो । निकै कमजोर देखिएको नेपालले दोस्रो हाफमा पनि दुई गोल खाएको थियो । भारतको जितमा महेसनले दुई गोल गरे । अनिश मजुमदार, टाईसन सिंह र सिद्धार्थले एक एक गोल गरेका थिए ।नेपालले समूहको दोस्रो खेल शुक्रबार श्रीलंकासँग खेल्नेछ । नेपालले बंगलादेशसँग मंगलबार र अन्तिम खेल बिहिबार भुटानसँग खेल्नेछ ।

नेपाल प्रतियोगिताको साविक विजेता हो । पाँच टोली सहभागि यस प्रतियोगितामा लिग चरणका शीर्ष दुई टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us