प्रवास

अमेरिकामा दशैँतिहार सांस्कृतिक कार्यक्रम

२०७४ असोज २७ गते १०:३७

वासिङ्टनडिसी, २७ असोज – अमेरिकाको मेरिल्याण्डमा रहेको नेपालीको पुरानो संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) ले चर्चित कलाकारका साथमा हालै ‘दशैँ तिहार धमाका—२०१७’ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । दशैँ तथा तिहारको अवसरमा आयोजित उक्त कार्यक्रममा मेरिल्याण्डमा बस्दै आएका नेपाली सिनेजगतका चर्चित...

सवारी दुर्घटनामा साउदीमा एक नेपालीको मृत्यु

२०७४ असोज २२ गते १०:५४

पाँचथर, २२ असोज – सवारी दुर्घटनामा परेर साउदी अरबमा पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नं २ का २७ वर्षीय टीकाराम लाम्गादेको मृत्यु भएको छ । शनिबार सामान किन्न गएका उनलाई मोटरसाइकलले ठक्कर दिएको खबर आएको उनका छिमेकी सुकपाल विश्वकर्माले जानकारी दिए । लाम्गादेको शव नेपाल...

एनआरएनको आगामी कार्यकालका लागि शाहको उम्मेदवारी

२०७४ असोज २१ गते १४:३८

अष्ट्रेलिया, २१ असोज – गैरआवासीय नेपाली संघ एनआरएनको आगामी कार्यकालका लागि अष्ट्रेलिया निवासी स्वतन्त्रप्रताप शाहले ग्लोबल युथ कोअर्डिनेटर, युवा संयोजकमा उम्मेद्वारी दिने घोषणा गरेका छन् । युवाको नेतृत्व विकास आफ्नो प्रमुख एजेन्डा भएको वताउने शाह विश्वभरका नेपाली युवा शिपलाई नेपालका युवासम्म लैजाने र उनीहरुसँगको...

कोलकाता महावाणिज्य दूतावासद्वारा दशैँको शुभकामना

२०७४ असोज ९ गते ११:५०

काठमाण्डु, ९ असोज – नेपाली महावाणिज्य दूतावास, कोलकाताले बडादशैंका उपलक्ष्यमा आइतबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । महावाणिज्यदूत एकनारायण अर्यालले आयोजना गरेको सो कार्यक्रममा नेपाली सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । उक्त अवसरमा कोलकातास्थित नेपाली जनकल्याण समितिका अध्यक्ष बद्रीविक्रम थापालगायत नेपाली सङ्घसंस्था...

माओवादीनिकट जनप्रगतिशील मञ्चलाई नेपाली राजदूतावासले बाइपास गरेपछि…

२०७४ असोज ७ गते ९:१०

जापान– नेपाली जनप्रगतिशील मञ्च जापानले टोकियोस्थित नेपाली राजदूतावासको कार्यशैलीप्रति आपत्ति जनाएको छ । संविधान जारी भएको दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाइएको समारोहमा संस्थालाई नियोजितरुपमा बाइपास गरके भन्दै एक विज्ञप्तिमार्फत उसले कडा आपत्ती जनाएको हो । बुधबार टोकियोको न्यू ओतानी होटलमा आयोजित राष्ट्रिय दिवस समारोहमा...

आणविक हतियार रोकथाम गर्न नेपाल सहमत

२०७४ असोज ५ गते ११:१०

काठमाण्डु, ५ असोज – नेपाल आणविक हतियारको रोकथामसम्बन्धी राष्ट्रसंघीय सन्धिको पक्ष मुलुक भएको छ । संयुक्त राष्ट्रसंघको ७२औँ महासभामा भाग लिनेक्रममा राष्ट्रसंघको मुख्यालयमा आयोजित विशेष समारोहमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले उक्त सन्धिमा हस्ताक्षर गरे । सोही अवसरमा उनी असंलग्न अन्दोलनमा सहभागी मुलुकका (जि...

प्रधानन्यायाधीश पराजुली जापानमा

२०७४ असोज २ गते १५:५०

जापान , २ असोज – सर्वोच्च अदालतका प्रधानन्यायाधीश गोपाल पराजुली जापान आएका छन् । एसिया प्रशान्त क्षेत्रका प्रधानन्यायाधीशहरुको सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका प्रधानन्यायाधीश पराजुली जापान आएका हुन् । प्रधानन्यायाधीशहरुको १७ औँं सम्मेलनमा भाग लिन सर्वोच्च अदालतका पराजुलीसहित मुख्य रजिष्टार नहकुल सुवेदी, भक्तपुर जिल्ला...

साउदीको जेलबाट सरकारसँग पुनको पुकारः परिवारसँग भेट्ने इच्छा छ, पूरा गरिदेऊ

२०७४ भदौ २३ गते ११:१२

पर्वत, २३ भदौ – पर्वतको मोदी गाउँपालिका–४ खुइँजरीका सन्तबहादुर पुन १७ वर्षदेखि साउदी अरबको कारागारमा अलपत्र परेका छन् । २०५७ साल फागुनमा साउदी पुगेका पुन त्यहाँको गाउँमा भेडाबाख्रा हेर्ने काम गर्दै आएका थिए । तर, उनीमाथि भेडा चोर्न आएका व्यक्तिको हत्या आरोप लगाइएपछि उनी...

पुनः एनआरएनए अमेरिकाको अध्यक्षमा पौडेल निर्वाचित

२०७४ भदौ २३ गते १०:२१

काठमाण्डु, २३ भदौ – गैर आवासीय नेपाल संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाको अध्यक्षमा डा. केशव पौडेल फेरि एक पटक निर्वाचित भएका छन् । विगतमा कांग्रेसको भातृ संगठन, नेपाली विद्यार्थी संघको केन्द्रीय राजनीतिमा सक्रिय पौडेल, पेशाले चिकित्सक हुन् । यसअघि सन २०१५ मा पनि...

एनआरएन युकेको युवा संयोजकमा लालबहादुरको उम्मेदवारी

२०७४ भदौ १८ गते १४:१५

काठमाण्डु, १८ भदौ – आगामी सेप्टेम्बर ९ मा हुन लागेको गैरआवासीय नेपाली संघ बेलायतको चुनावमा युवा संयोजक पदमा एलबिजेट नामले चिनिएका युवा लालबहादुर गुरुङले उम्मेदवारी घोषणा गरेका छन् । बेलायतमा रहेर लामो समयदेखि व्यवसायसँगै समाजसेवा काम गर्दै आएका गुरुङले उम्मेदवारी घोषणा गरेर प्रचारप्रसार थालेको...

मोरङका बाढी पीडितलाई जापानबाट आर्थिक सहयोग

२०७४ भदौ १८ गते १२:०७

मोरङ, १८ भदौ – मोरङको बक्राहा खोलाको बाढीबाट विस्थापित भएका पीडित परिवारलाई जापानबाट आर्थिक सहयोग प्रदान गरिएको छ । बाढीबाट विस्थापित भएका उर्लाबारी–८ बगरेटोलका १४ सन्थाल परिवारलाई जापानबाट त्यहाँ काम गर्दै आएका नेपालीले नगद २८ हजार रुपैयाँ रकम पठाएर सहयोग प्रदान गरेका हुन् ।...

अमेरिकामा नेपाली महिलामाथि ज्यान मार्ने प्रयास, रेलको ट्र्याकमा धकेलियो

२०७४ भदौ ८ गते १२:३६

काठमाण्डु, ८ भदौ – अमेरिकाको न्यूयोर्कमा एक अमेरिकी नागरिकले नेपाली महिलालाई हत्याको उद्देश्यले रेलको ट्र्याकमा धकेलेका छन् । प्रहरीका अनुसार ती व्यक्तीले पूर्व सूचना दिएर नेपाली नागरिकलाई रेलको ट्र्याकमा धकेलका हुन् । न्यूयोर्क टाइम्सका अनुसार कमला श्रेष्ठलाई न्यूयोर्कको इस्ट भिलेजको एफ ट्रेन प्लाटफर्ममा रेलको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us