प्रवास

हङकङमा आफ्नै छोराले गरे बाबुको हत्या !

२०७४ चैत २६ गते १३:२९

काठमाण्डु, २६ चैत – हङकङमा बसोबास गरिरहेका मछिन्द्र मादेन लिम्बुले पैसाको निहुँमा आफ्नै बुबाको हत्या गरेका छन् । क्यान्टोन रोड मोङ्कोकमा बस्दै आएका ३२ वर्षीय मछिन्द्रले आइतबार अपरान्ह ३ बजे छुरा प्रहार गरी बुबा बाबुराम मादेन लिम्बुको हत्या गरेका हुन् । पैसाको विषयमा विवाद...

पोर्चुगलः धन कमाएर सुन्दर घर बनाउने सपना बोकेका श्रीमानलाई पक्षाघात, श्रीमतीको मिर्गौला फेल

२०७४ चैत २५ गते १६:३१

पोर्चुगल, २५ चैत – वैदेशिक रोजगारीका सिलसिलामा पोर्चुगल आएका एक नेपाली दम्पती ठूला रोगले समातेपछि बिचल्लीमा परेका छन् । आठ वर्षदेखि पोर्चुगल बस्दै आएका भक्तपुर, सूर्यविनायक नगरपालिका–९, सिपाडोलका ४८ वर्षीय चन्द्रकिशोर पराजुली र उनकी श्रीमती ४६ वर्षीया शर्मिला शाक्य रोगले ग्रसित भएका छन् ।...

बेल्जियममा नेपाली पाठशालाः ३५ बालबालिकाले सिक्दैछन् कखरा

२०७४ चैत २० गते १५:४१

पोर्चुगल, २० चैत – युरोपेली मुलुक बेल्जियममा नेपाली बालबालिकालाई लक्ष्य गरी नेपाल–ब्रसेल्स बाल सांस्कृतिक केन्द्र नामक नेपाली पाठशाला सञ्चालन गरिएको छ । बेल्जियममा रहेका नेपालीको सक्रियतामा नेपाली बालबालिकालाई नेपाली भाषा, कला र लोकसंस्कृतिका विषयमा अध्यापन गराउने उद्देश्यले विगत दुई वर्षदेखि नेपाली पाठशाला सञ्चालन गरिएको...

सात दिन बितिसक्दा पनि मलेसियामै रोकियो बुद्धिबहादुरको शव

२०७४ चैत २० गते १०:२५

म्याग्दी, २० चैत – बैदेशिक रोजगारीका लागि मलेशियामा पुगेका म्याग्दी जिल्लाको मालिका गाउँपालिका–२ रुमका बुद्धिबहादुर परियारको शव मलेशियास्थित नेपाली दूतावासको बेवास्ताका कारण अस्पतालमै रोकिएको छ । गत चैत १२ गते ड्युटीबाट फर्किएपछि कोठामा सुतेको ठाउँमा मृत्यु भएका परियार कार्यरत कम्पनीले आवश्यक प्रक्रिया पूरा गरे...

पोर्चुगलमा नेपाली महोत्सव हुने

२०७४ चैत १३ गते १२:०६

लिस्बन, १३ चैत – युरोपेली मुलुक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको छ । नेपाली नयाँ वर्ष २०७५ को अवसर पारेर गैरआवासीय नेपाली संघ, पोर्चुगलको आयोजनामा पहिलोपटक पोर्चुगलमा नेपाली महोत्सव हुने भएको हो । राजधानी लिस्बनस्थित मार्तिम मुनिज पार्कमा संघले यहीे १५ अप्रिलमा नेपाली महोत्सव...

अमेरिकाले भन्योः चन्द्रागिरी केबलकार नजानुस्

२०७४ चैत ८ गते १०:२५

काठमाण्डु, ८ चैत – अमेरिकी दूतावासले आफ्ना नागरिकलाई चन्द्रागिरी पहाडसहित राजधानी उपत्यका आसपासका क्षेत्रमा घुमफिर नगर्न भन्दै’ट्राभल एडभाइजरी’ जारी गरेको छ । स्थानीय समूहबाट असुरक्षा बढेको भन्दै अमेरिकी दूतावासले चन्द्रागिरी हिल्स प्रालिको नाम नै तोकेर चन्द्रागिरी पहाड क्षेत्रमा नजान भ्रमपू‍र्ण ‘ट्राभल एडभाइजरी’ जारी गरेको...

साउदीको जेलबाट उमेशको चित्कारः म घर आउँछु आमा, ७० लाख पठाइदिनु

२०७४ चैत ६ गते १०:१५

धनुषा, ६ चैत – १२ वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’ सउदी अरेबिया अदालतले उनको टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने...

मलेसियामा ५४ जना नेपाली कामदारको मृत्यु

२०७४ चैत ४ गते १७:४७

काठमाण्डु, ४ चैत – वैदेशिक रोजगारीको मुख्य गन्तव्य मलेसियामा दुई महिनामा ५४ जना नेपाली मजदुरको मृत्यु भएको छ । सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा २२–४० वर्ष उमेर समूहका युवा रहेका छन् । क्वालालम्पुरस्थित नेपाली...

इण्डोनेसियाली महिलाको हत्या, नेपाली युवा मलेसियन प्रहरीको खोजीमा

२०७४ चैत ४ गते १४:३३

काठमाण्डु, ४ चैत – इण्डोनेसियाली महिलाको हत्या गरेको आशंकामा एक नेपाली युवा मलेसियाली प्रहरीको खोजी सूचीमा छन् । प्रहरीले २७ बर्षीय नेपाली युवा सदीप गुरुङको खोजी गरिरहेको छ । त्यहाँको बायान लापासस्थित एक फ्याक्ट्रीमा कार्यरत उनी हाल फरार रहेको जनाइएको छ । २५ बर्षीय...

भारतीय कलेजमा नेपाली विद्यार्थीद्वारा आत्महत्या

२०७४ चैत १ गते १७:३९

रौतहट, १ चैत – भारतको हरियाणामा सिभिल इन्जिनियरिङ अध्ययन गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । हरियाणाको सोनिपतमा रहेको एसआरएम ग्लोबल कलेजमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्यनरत महोत्तरी औरही २ का सहाबुल अन्सारीले मंगलवार आत्महत्या गरेका हुन् । सोही कलेजमा अध्ययनरत नेपाली...

जापानी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा नेपाली युवक पक्राउ

२०७४ फागुन २५ गते १३:४१

काठमाण्डु, २५ फागुन – यौन दुर्व्यवहार गरेको आरोपमा जापानमा एक नेपाली युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी टोकियोले सडकमा हिँडिरहेकी महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली युवालाई पक्रेर कारवाही अघि बढाएको हो । टोकियो प्रहरीले नेपाली युवा अनुज देवकोटालाई पक्रेर कारवाही थालेको जापानी...

भारतको रुद्रप्रयागमा एक नेपालीको मृत्यु

२०७४ फागुन २५ गते १०:१८

जाजरकोट, २५ फागुन – यहाँको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको ट्र्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ । भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्र्याक्टरमा ढुंगा राखी ट्र्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो । विक दुई महिना अघि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us