प्रवास

साउदीको जेलबाट उमेशको चित्कारः म घर आउँछु आमा, ७० लाख पठाइदिनु

२०७४ चैत ६ गते १०:१५

धनुषा, ६ चैत – १२ वर्षदेखि सउदीको कारागारमा बन्दी जीवन बिताइरहेका धनुषाका उमेश यादव आफ्नो आमालाई कहिलेकाहीँ फोनमा कुरा गर्दा भन्छन्, ‘म छिट्टै घर आउँछु आमा, छिट्टै आउँछु ।’ सउदी अरेबिया अदालतले उनको टाउको काटेर २४ घण्टासम्म झुण्ड्याउने आदेश गरिसकेको छ तर कार्यान्वयन भने...

मलेसियामा ५४ जना नेपाली कामदारको मृत्यु

२०७४ चैत ४ गते १७:४७

काठमाण्डु, ४ चैत – वैदेशिक रोजगारीको मुख्य गन्तव्य मलेसियामा दुई महिनामा ५४ जना नेपाली मजदुरको मृत्यु भएको छ । सन् २०१८ को दुई महिनामा यति धेरै संख्यामा नेपालीले ज्यान गुमाएका हुन् । मृत्यु हुनेमा २२–४० वर्ष उमेर समूहका युवा रहेका छन् । क्वालालम्पुरस्थित नेपाली...

इण्डोनेसियाली महिलाको हत्या, नेपाली युवा मलेसियन प्रहरीको खोजीमा

२०७४ चैत ४ गते १४:३३

काठमाण्डु, ४ चैत – इण्डोनेसियाली महिलाको हत्या गरेको आशंकामा एक नेपाली युवा मलेसियाली प्रहरीको खोजी सूचीमा छन् । प्रहरीले २७ बर्षीय नेपाली युवा सदीप गुरुङको खोजी गरिरहेको छ । त्यहाँको बायान लापासस्थित एक फ्याक्ट्रीमा कार्यरत उनी हाल फरार रहेको जनाइएको छ । २५ बर्षीय...

भारतीय कलेजमा नेपाली विद्यार्थीद्वारा आत्महत्या

२०७४ चैत १ गते १७:३९

रौतहट, १ चैत – भारतको हरियाणामा सिभिल इन्जिनियरिङ अध्ययन गर्न गएका एक नेपाली विद्यार्थीले आत्महत्या गरेका छन् । हरियाणाको सोनिपतमा रहेको एसआरएम ग्लोबल कलेजमा सिभिल इन्जिनियरिङ दोस्रो वर्षमा अध्यनरत महोत्तरी औरही २ का सहाबुल अन्सारीले मंगलवार आत्महत्या गरेका हुन् । सोही कलेजमा अध्ययनरत नेपाली...

जापानी महिलालाई यौन दुव्र्यवहार गरेको आरोपमा नेपाली युवक पक्राउ

२०७४ फागुन २५ गते १३:४१

काठमाण्डु, २५ फागुन – यौन दुर्व्यवहार गरेको आरोपमा जापानमा एक नेपाली युवा पक्राउ परेका छन् । महानगरीय प्रहरी टोकियोले सडकमा हिँडिरहेकी महिलालाइ यौन दुर्व्यवहार गरेको आरोपमा नेपाली युवालाई पक्रेर कारवाही अघि बढाएको हो । टोकियो प्रहरीले नेपाली युवा अनुज देवकोटालाई पक्रेर कारवाही थालेको जापानी...

भारतको रुद्रप्रयागमा एक नेपालीको मृत्यु

२०७४ फागुन २५ गते १०:१८

जाजरकोट, २५ फागुन – यहाँको नलगाड नगरपालिका–८ स्वाँराका हरिबहादुर विकको ट्र्याक्टर दुर्घटनामा परी बिहीबार बेलुका मृत्यु भएको छ । भारतको उत्तर प्रदेशस्थित रुद्रप्रयाग गढवालमा घर निर्माणका लागि ट्र्याक्टरमा ढुंगा राखी ट्र्याक्टर चलाएर आउँदा दुर्घटना परी विकको मृत्यु भएको हो । विक दुई महिना अघि...

अष्ट्रेलियाको सिड्नीमा होली खेलेर नेपालीले फोहोर गरेपछि मेयर आक्रोशित

२०७४ फागुन २२ गते १७:१९

सिड्नी, २२ फागुन – अष्ट्रेलियाको सिड्नीस्थित एक पार्कमा होलीको अवसरमा कार्यक्रम आयोजना गरेर नेपाली समुदायले फोहोरको डंगुर छोडेपछि सो स्थानका मेयरले आइन्दा यस्ता ‘फोहोरी कार्यक्रम’ आयोजना गर्न नदिइने बताएका छन् । बेसाइडका मेयर बिल साराभिनोव्स्कीले रकडेल बाइसेन्टेनियल पार्कलाई ‘फोहोर फाल्ने खाल्डो’ जस्तै बनाएर छोडेकोमा...

ओमनमा समस्यमा परेका ११ जना नेपाली स्वदेश फिर्ता

२०७४ फागुन २२ गते १६:४९

काठमाण्डु, २२ फागुन – ओमनमा दुःख पाएका ११ जना नेपालीहरुलाई उद्धार गरी नेपाली दूतावासले नेपाल फर्काएको छ । अनेस्टि ओभरसिजबाट ओमनको सोहारस्थित मुवाराद वादी हबी मोर्डन ट्रेडमा स्काफोल्डिङ पदका लागि गएका २० जना मध्ये ११ जनालाई नेपाली दूतावासले उद्धार गरी नेपाल पठाएको हो ।...

अमेरिकामा पनि प्रवासी नेपालीले होली मनाए

२०७४ फागुन २१ गते १३:२३

टेक्सास, अमेरिका, २१ फागुन – अमेरिकाको टेक्सास राज्यको ह्युस्टन शहरमा बस्ने नेपालीले भव्य रुपमा होली पर्व मनाएका छन् । नेपाली हेरिटेज युनियन (एनएचयु)ले आयोजना गरेको होली पर्वमा अमेरिकामा बस्दै आएका थुप्रै नेपालीको उपस्थिति रहेको थियो । अमेरिकामा बस्दै आएका नेपालीबीच सम्बन्ध सुमधुर बनाउने उद्देश्यले...

नेपाली महासंघद्धारा हङकङमा नेपाली साँस्कृतिक मेला

२०७४ फागुन २१ गते १२:००

काठमाण्डु, २१ फागुन – हङकङ सरकारको गृह मामिला विभागको आर्थिक सहयोगमा हङकङ नेपाली महासंघले नेपाली साँस्कृतिक मेला आयोजना गरेको छ । मेलामा बिभिन्न अल्पसंख्यक समुदायबीच ‘ट्यालेन्ट शो’ कार्यक्रमको समेत आयोजना गरिएको थियो । आईतवार काउलुन पार्कमा आयोजना गरिएको कार्यक्रममा साँस्कृतिक प्रस्तुतिसँगै प्रवचन कार्यक्रम गरिएको...

संखुवासभा समाज कतारको प्रथम साधारणसभा सम्पन्न

२०७४ फागुन २० गते ११:२६

कतार, २० फागुन – रोजगारीको सिलसिलामा कतारमा कार्यरत संखुवासभाबासीहरु एकीकृत हुँदै ‘संखुवासभालीको पहिचान,बिश्व सामु चिनाउने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ संस्थाको पहिलो साधारणसभा सहित बृहत बनभोज २ फेब्रुअरी शुक्रबारका दिन वक्रा स्थिति फेमिली पार्कमा लोक बहादुर राई को सभापतित्वमा सम्पन्न भएको छ ।...

जनप्रगतिशील मञ्चद्वारा अष्ट्रेलियामा मृत्यु भएकी युवतीका परिवारलाई आर्थिक सहयोग

२०७४ फागुन १८ गते २०:२४

काठमाण्डु– नेपाली जनप्रगतिशील मन्च अष्ट्रेलियाले सिड्नीमा मृत्यु भएकी काठमाण्डु पेप्सीकोला निबासी छात्रा अस्मिता रिजालका परिवारलाई ८० हजार ८ सय सय ८५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । मन्चका अष्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणि शर्माको रोहबरमा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवं विदेश विभाग सचिव युवराज...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us