प्रवास

लण्डनमा एक नेपाली महिलाको मृत्यु

२०७५ वैशाख १८ गते १४:५५

एजेन्सी – एक महिनाअघि नेपालमा श्रीमान् गुमाएकी महिलाको लण्डनमा बाटो काट्ने क्रममा गाडीको ठक्करबाट मृत्यु भएको छ । आइतबार लण्डनको वेस्ट हन्स्लोस्थित आफ्नै निवासनजिकै घरमा पाहुना आउने भएकाले किनमेल गर्न पसल गएर फर्कदैं गर्दा बाटो काट्ने क्रममा ४९ वर्षीया मिना तावाहाङ लिम्बूको मृत्यु भएको...

इस्लामावादमा शान्ति पदयात्रा

२०७५ वैशाख १८ गते १४:२२

काठमाणडु, १८ वैशाख – पच्चीस सय ६२औँ बुद्धजयन्तीका अवसरमा सोमबार पाकिस्तानको राजधानी इस्लामावादमा शान्ति पदयात्रा आयोजना गरिएको छ । कार्यक्रममा इस्लामावाद महानगरका प्रमुख शेख अन्सर अजिजले शान्ति पदयात्राजस्ता कार्यक्रम आयोजनामा नेपाली दूतावासलाई महानगरबाट निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । इस्लामावादको सबैभन्दा विशाल उद्यान...

कतार जाने कामदारका लागि खुसीको खबर

२०७५ वैशाख १८ गते १०:४९

काठमाण्डु, १८ वैशाख – कतार सरकारले सन् २०१८ को अन्त्यसम्ममा विदेशी कामदारका लागि निर्धारण गरिएको न्यूनतम पारिश्रमिक वृद्धि गर्ने संकेत गरेको छ । सन् २०२२ मा विश्वकप फुटबल आयोजना गर्न लागेको कतारले श्रमिकमाथि गरिएको व्यवहारका कारण आलोचना भोगेपछि श्रम नीतिमा परिमार्जन गर्ने तयारी गरेको...

६ जना बंगालीले गरे एक नेपाली चेलीको निर्मम बलात्कार

२०७५ वैशाख १७ गते ११:४७

काठमाण्डु, १७ वैशाख – ओमानमा नेपाली युवतीको अपहरणपछि सामुहिक बलात्कार भएको छ । ओमानको मावेलामा बंगलादेशका ६ जना नागरिकले नेपाली युवतीको अपहरण गरी सामुहिक बलात्कार गरेका हुन् । उनीहरुले बलात्कारपछि हत्याको योजना बनाइरहेका बेला ओमानको प्रहरीले उद्धार गरेको छ । १६ महिना अघि घरेलु...

अमेरिकामा बस्ने नेपालीका लागि खुसीको खबर, अब नेपाल फर्कन नपर्ने !

२०७५ वैशाख १६ गते १०:०४

काठमाण्डु, १६ वैशाख – अमेरिकाको बसोबास गर्ने नेपाली समुदायमा यतिबेला ‘टिपीएस’ चर्चा चुलिएको छ । करिब ९ हजार नेपालीलाई नेपाल फर्काउने सूचनाको हल्लाले नेपाली समुदाय आतंकित बनेको छ । अमेरिकी सरकारको आप्रवासी अधिकार हेर्ने सवोच्च निकाय ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपालले पाइरहेको ‘टेम्पोररी प्रोटेक्टेड...

साउदीमा मृत्युदण्डको फैसला सुनाइएका उमेश यादवलाई मृतकका परिवारले माफी दिए

२०७५ वैशाख १३ गते १२:११

साउदी, १३ बैशाख – पाकिस्तानी नागरिकको हत्या अभियोगमा अदालत बाट मृत्युदण्डको फैसला सुनाइएका धनुषाका उमेश यादव लाई मृतकका परिवारले मृत्युदण्डको सजाय माफ गरेका छन् । बिगत लामो समय देखि साउदी अरबको केन्द्रिय कारागारमा रहेका यादवलाइ जुबेलस्थित अदालतले मृत्यु दण्डको फैसला सुनाएको थियो । सुरुमा...

९ हजार नेपालीलाई देश निकाला गर्दै अमेरिका

२०७५ वैशाख १२ गते ८:०४

काठमाण्डु, १२ वैशाख– अमेरिकाले ९ हजार नेपालीलाई देश निकाला गर्ने भएको छ । अमेरिकी चर्चित अनलाइन संस्करण वासिङटन पोस्टले जनाएअनुसार ‘डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी’ले नेपाली नागरिकलाई दिँदै आएको टेम्पोररी प्रोटेक्टेट स्टाटस् (टीपीएस) खारेज गरी नेपाल फर्काउने तयारी गरेको हो । समाचारमा उल्लेख भएअनुसार टीपीएस...

पोर्चुगलमा बृहत् शोभायात्रा हुने

२०७५ वैशाख १० गते ११:२७

लिस्बन(पोर्चुगल), ९ वैशाख – युरोपेली मुलुक पोर्चुगलमा विश्व शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६२ औं जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइने भएको छ । भगवान गौतम बुद्ध र बुद्ध भूमि नेपालको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाली संघसंस्थाहरु सम्मिलित मूल समारोह समिति बनाएर विविध कार्यक्रम हित बुद्धजयन्ती...

मलेसियामा एक नेपालीको मृत्यु

२०७५ वैशाख ८ गते १७:०४

लमजुङ, ८ बैशाख – रोजगारीको लागि मलेसिया गएका एक लमजुङे युवकको गएको ३ महिनामै मृत्यु भएको छ । दूधपोखरी गाउँपालिका–१, दूधपोखरीको डाँडागाउँका २१ वर्षीय कुमार गुरुङको शुक्रबार बिहान मृत्यु भएको पारिवारिक स्रोतले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनी गत माघ ११ गतेमात्रै काठमाण्डुबाट...

युएईका ८ वटा जेलमा १८५ जना नेपाली, यस्ता छन् जेल पर्नुका कारण

२०७५ वैशाख ७ गते १४:१६

युएई, ७ बैशाख – वैदेशिक रोजगारीको शिलशिलामा युएई आएका नेपालीमध्ये १८५ जना नेपालीहरुले विभिन्न अभियोगमा संयुक्त अरब इमिरेट्स (युएई)का आठ वटा जेलमा जेल भुक्तान गरिरहेका छन् । युएईस्थित नेपाली राजदुतावासले युएईको सात वटै इमिरेट्सहरुमा रहेका जेलहरुको स्थलगत अध्ययन गरेर उक्त तथ्यांक तयार पारेको हो...

आमा गुमाएका बाँस्कोटाले दिए ३० लाखभन्दा बढी सहयोग

२०७५ वैशाख ६ गते ११:१०

तेह्रथुम, ६ वैशाख – आर्थिक अभावमा समयमा उपचार गराउन नसक्दा बाल्यकालमै आमा गुमाएका फेदाप गाउँपालिका ओयाक्जुङका देव बाँस्कोटाले गरीब दुःखीको उपचारमा रु ३० लाखभन्दा बढी पैसा खर्च गरेका छन् । आर्थिक उपार्जनकै लागि खाडी मुलुक इजरायलमा कार्यरत बाँस्कोटाले १० वर्षको अवधिमा यत्तिका धेरै रकम...

धादिङका राघव रिजालको अमेरिकाको भर्जिनियामा मृत्यु

२०७४ चैत २८ गते १३:२२

भर्जिनिया, २८ चैत – अमेरिकाको भर्जिनियामा भएको कार दुर्घटनामा एक नेपालीको मृत्यु भएको छ । २६ बर्षिय राघव रिजालको मंगलबार कार दुर्घटनामा मृत्यु भएको हो । उनी अध्ययन सकेर व्यवसायमा संलग्न रहेका थिए । उनको नेपालको घर धादिङ नीलकण्ठ नगरपालिका ५ जरेबर हो ।...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us