प्रवास

अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा नेपाल सहभागी हुँदै

२०७५ जेठ १० गते १७:२०

काठमाण्डु, १० जेठ – अखिल नेपाल भिक्षु महासंघका महासचिव भिक्षु कौडण्यको नेतृत्वमा एक प्रतिनिधिमण्डल १५औँ अन्तर्राष्ट्रिय बौद्ध महोत्सवमा सहभागी हुन आज थाइल्याण्डको बैंकक प्रस्थान गरेको छ । संयुक्त राष्ट्र संघले यस वर्ष मनाउन लागेको उक्त कार्यक्रममा वैशाख दिवसका लागि अन्तर्राष्ट्रिय परिष्दको निमन्त्रणामा विभिन्न सम्प्रदायका...

क्यानडामा कुकुर कुट्ने नेपालीलाई ९ महिना जेल

२०७५ जेठ १० गते १४:३९

काठमाण्डु, १० जेठ – क्यानडाको पिटरवर्गमा एक नेपालीलाई घरमा पालेको कुकुरलाई पिटेको आरोपमा ९ महिनाको कैद सजायँ सुनाइएको छ । नेपाली मुलका दिप बिष्ट तीन पटकसम्म जनावरलाई दुर्व्यबहार गरेको आरोपमा दोषी ठहरिएका हुन् । यो सजायँ गत सोमबार पिटरवर्गको प्रान्तीय अदालतमा सुनाइएको थियो ।...

नेपाली दूतावास मलेसियाका कर्मचारी प्रबिन प्रधान बर्खास्त

२०७५ जेठ १० गते १०:१०

मलेसिया १० जेठ – नेपाली राजदुतावास मलेसियामा सवारी चालकको रूपमा कार्यरत प्रविन प्रधानलाई दूतावासले बर्खास्त गरेको छ । नेपाली राजदुतावास मलेसियाको प्रशासनिक सवारी चालकको रुपमा काम गर्दै आईरहेका प्रधानले दुतावासको कर्मचारीका हैसियतले मलेसियामा रहेका विभिन्न रोजगारदाता कम्पनीहरुमा गएर नेपाली कामदारहरुको माग पत्र लिने तथा...

जब दुबईमा एक नेपालीले १ करोड १३ लाख भेटेर फिर्ता गरे…

२०७५ जेठ ९ गते १५:५४

काठमाण्डु, ९ जेठ – दुबईको एक कफी सपमा कार्यरत एक नेपालीले ग्राहकले छाडेको १ लाख १८ हजार अमेरिकी डलर फिर्ता गरेपछि उनको प्रशंसा भएको छ । दुबईको स्टारबक्स कफीसपमा काम गर्ने झापाका मिरन कार्कीले ग्राहकले छाडेको १ लाख १८ हजार डलर (करिब १ करोड...

जर्मनिको राजधानीमा सम्पन्न सडक महोत्सवमा नेपाल पनि सहभागी

२०७५ जेठ ९ गते १५:२३

बार्सिलोना – जर्मनिको राजधानी बर्लिनमा शनिबार सम्पन्न कार्निभल सडक महोत्सवमा नेपालले पनि सहभागिता जनाएको छ । सन् २०११ देखि निरन्तर सहभागिता जनाउँदै आएको नेपालले यसपटक पनि सहभागिता जनाएको हो । कार्यक्रममा लागि नेपाली विद्यार्थी समाज बर्लिन, नेपाली राजदूतावास बर्लिनको संयोजकत्व तथा एनआरएनए जर्मनिको सहकार्य...

जोशी बने अमेरिकी विश्वविद्यालयका पहिलो नेपाली डिन

२०७५ जेठ ९ गते १३:२३

काठमाण्डु, ९ जेठ – तनहुँमा जन्मेर अमेरिकामा बसोबास गर्दै आएका डा जीत जोशी एक अमेरिकी विश्वविद्यालयको पहिलो नेपाली डीन बनेका छन् ।   आजभन्दा झण्डै तीन दशकअगाडि अमेरिका पुगेका उनी हाल अमेरिकाको क्यालिफोर्निया राज्यको लसएन्जेल्समा बस्दै आएका छन् । डा जोशी क्यालिफोर्निया स्टेट युनिभर्सिटी...

नेपालले पायो खस रोग (ट्रकोमा) निर्मूलन गरेको प्रमाणपत्र

२०७५ जेठ ७ गते १४:३८

काठमाण्डु, ७ जेठ – नेपालले आँखामा लाग्ने खसरोग (ट्रकोमा) निर्मूलनमा सफलता हासिल गरेपछि विश्व स्वास्थ्य संगठनबाट निर्मूलनको प्रमाणपत्र पाएको छ । स्विटजरल्याण्डको जेनेभास्थित प्रधान कार्यालयमा चलिरहेको ७१औँ महासभामा यही जेठ ६ गते स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्याललाई रोग निर्मूलनको प्रमाणपत्र प्रदान गरिएको हो...

स्पेनको म्याड्रिडमा नेपाली दुताबासले सेवा दिन शुरु गरेपछि पोर्चुगलका नेपालीबासीलाई सहज

२०७५ जेठ ६ गते १६:०५

पोर्चुगल, ६ जेठ – मड्रीड स्थित नेपाली दुतावास स्पेनले राहदानी बनाउने लगायत सबै सेवा दिन सुरु गरेपछि पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीलाई सहज हुने भएको छ । पोर्चुगलमा बसोबास गर्ने नेपालीबासीले यस अगाडि राहदानी बनाउन वा अन्य कागजातको लागि फ्रान्सको पेरिसमा धाउनु पर्ने थियो ।...

मदन भण्डारी र जीवराज आश्रितको सम्झनामा अस्ट्रेलियामा रक्तदान

२०७५ जेठ ६ गते १३:१०

सिड्नी । प्रवासी नेपाली मञ्च अस्ट्रेलियाले नेपालका दुर्इ दिबंगत नेताहरुको फरक तरिकाले स्मरण गरेको छ । पच्चिस वर्षअघि एक शंकास्पद सडक दुर्घटनामा मध्य नेपालमा निधन भएका त्यो बेलाका चर्चित वामपन्थी नेताहरु मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा सिड्नीमा रक्तदान समारोह आयोजना भएको हो ।...

प्राध्यापक झा नागरिक दूत नियुक्त

२०७५ जेठ ४ गते १३:३४

काठमाण्डु, ४ जेठ – चीनको सान्सी प्रान्तले नेपाली प्राध्यापक डा राजिवकुमार झालाई नागरिक दूत नियुक्त गरेको छ । नेपालको आर्थिक, सामाजिक, साँस्कृतिकलगायत क्षेत्रमा सहकार्य र सम्बन्ध विकास गरी चीन नेपाल सम्बन्धलाई थप सुदृढ बनाउन झालाई नागरिक दूत नियुक्त गरिएको हो । चीनको सान्सी प्रान्तको...

साउदीमा एक नेपालीलाई कम्पनीले बन्धक बनाएर यातना दिएको खुलासा

२०७५ जेठ ४ गते १०:११

साउदी – रोजगारीको लागि साउदि पुगेका एक नेपालीलाई रोजगारदाता कम्पनीले लामो समय देखि बन्धक बनाएर चरम यातना दिदै आएको रहस्य खुलेको छ । साउदी अरबको जोद्दा स्थित अल नबर्सेस होटेल्स ग्रुप मा वइटर कामका लागि पुगेका किस्नपुर ७ कंचनपुरका सुरेश पार्खी लाई कम्पनीले बिगत...

डिभी नतिजा सार्वजनिक, यसरी हेर्नुहोस

२०७५ जेठ २ गते ११:४६

काठमाण्डु, २ जेठ – अमेरिकाले गत वर्ष खोलेको इडिभी चिठ्ठाको नतिजा सार्वजनिक भएको छ । सन् २०१९ को इडीभी नतिजा सोमबार सार्वजनिक भएको हो । यस डीभी चिट्ठाको नतिजा यहाँ गएर हेर्न सकिन्छ । डिभी परे नपरेको हेर्नका लागि डिभी भर्दा पाएको कन्फर्मेशन नम्बर...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us