प्रवास

छ वर्ष बित्दा पनि भद्रशीलाको शव आएन

२०७५ मंसिर ४ गते १२:३७

भद्रपुर, ४ मङ्सिर – झापाको कचनकवल गाउँपालिका–६ बनियानीकी भद्रशीला श्रेष्ठको साउदी अरबमा मृत्यु भएको छ वर्ष बितिसक्दासमेत शव नेपाल आउन सकेको छैन । पति हंशराज श्रेष्ठको असामयिक मृत्युपश्चात् साना छोराछोरी हुर्काउन आर्थिक कठिनाइ भएपछि भद्रशीला २०६५ सालतिर वैदेशिक रोजगारीका लागि साउदी अरब गएकी थिइन्...

अस्ट्रेलियामा नेपालका राजेन्द्रले १९ वर्षीया युवतीसँग यौन प्रस्ताव राखेपछि…

२०७५ मंसिर २ गते १५:२४

अष्ट्रेलिया, २ मंसिर – अस्ट्रेलियामा १९ वर्षीया युवतीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक नेपालीलार्इ नेपाल फिर्ता पठाइने भएको छ । उबर ट्याक्सी ड्राइभरका रूपमा कार्यरत ३६ वर्षीया राजेन्द्र इङनमले सन् २०१७ को क्रिस्मस इभ मनाएर सर्फर्स प्याराडाइज क्लबबाट फर्केकी युवतीलार्इ घर छोड्ने क्रममा यौन...

कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक रिहा

२०७५ कार्तिक ३० गते १७:२७

कतार, ३० कात्तिक – कतार प्रहरीको नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक आर के शर्मा झण्डै एक महिनापछि रिहा भएका छन् । २८ दिनसम्म नियन्त्रणमा राखेपछि कतार प्रहरीले उनलाई हिजो सांझ छाडेको हो । गत अक्टोबर ५ मा कतारमा आयोजित एउटा सांस्कृतिक कार्यक्रम सहभागी भएको...

दार्चुलाका तारासिंहको मलेसियामा ज्यान गयो

२०७५ कार्तिक ३० गते ११:४९

दार्चुला, ३० कात्तिक – मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा मृत्यु भएको छ । तीन वर्षअघि रोजगारीको सिलसिलामा मलेसिया गएका धामीको बिहीबार बिहान ४ बजे मृतअवस्था भेटिएको परिवारले जनाएको छ । धामी एक होटल नजिकै मृत फेला परेका...

महिलाले आफ्नो सहभागिता बढाउने हो भने पुरुष सरह क्षमता प्रस्तुत गर्नुपर्छः उपसभामुख तुम्बाहाङफे

२०७५ कार्तिक २९ गते १५:४३

लन्डन, २९ कात्तिक – व्यवस्थापिका संसद्का उपसभामुख शिवमाया तुम्बाहाङफेले राज्यको हरेक तहमा महिलाहरूको सहभागिता अझै पनि सन्तोषजनक नरहेको बताएकी छन् । आधा हिस्सा ओगट्ने महिलाहरूको सहभागिता प्रतिनिधिमूलक रूपमा राम्रै भए पनि तुलनात्मक रूपमा सन्तोषजनक नरहेको उपसभामुख तुम्बाहाङफेले बताएकी हुन् । लन्डनस्थित नेपाल आदिवासी जनजाति...

अमेरिका जाने नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च

२०७५ कार्तिक २९ गते १५:१३

काठमाण्डु, २९ कात्तिक – अमेरिकामा अध्ययनरत नेपाली विद्यार्थीको संख्या अहिलेसम्मकै उच्च भएको छ । अमेरिकी शिक्षा तथा संस्कृति मामिला र ओपन डोरको अन्तर्राष्ट्रिय शिक्षा साटासाट सम्बन्धी डाटाको सार्वजनिक प्रतिवेदन अनुसार अमेरिकामा पढ्ने नेपालीको गत वर्षभन्दा १४ दशमलव ३ प्रतिशतले बढेको हो । अध्ययनका लागि...

अमेरिकाको हरेक कुनामा बस्दै आएका नेपालीको हरेक चासोलाई ध्यान दिनेछुः ह्यारी भण्डारी

२०७५ कार्तिक २७ गते १४:३०

बाल्टिमोर, २७ कात्तिक – डेमोक्र्याट पार्टीबाट संयुक्त राज्य अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर काउन्टीको डिस्ट्रिक ८ बाट हाउस अफ डेलिगेट्समा निर्वाचित ह्यारी भण्डारीले आफ्नो जीतमा अमेरिकाका हरेक राज्यमा बस्दै आएका नेपालीको महत्वपूर्ण योगदान रहेको बताएका छन् । राजनीतिमा १० वर्षदेखि क्रियाशील नेपाली मूलका भण्डारी गत...

नेपाली कामदारको पीडा प्रस्तुत गर्ने कलाकार कतारमा पक्राउ

२०७५ कार्तिक २६ गते १६:५०

कतार, २६ कात्तिक – सांस्कृतिक कार्यक्रममार्फत नेपाली कामदारले पाएको पीडा प्रस्तुत गरेपछि कतारमा पाँचजना नेपाली पक्राउ परेका छन् । गत अक्टोबर ५ तारिखमा लोक तथा दोहोरी गीत प्रतिस्ठान शाखा कतारको आयोजनामा दोहामा भएको कार्यक्रममा रोजगारदाताले दिएको पीडा समेटिएको प्रस्तुति भएको थियो । सोही विषयलाई...

कतारको जेलमा रहेका आरकेलाई प्रहरीले परिवारसँग १५ मिनेट कुरा गर्न दिएपछि…

२०७५ कार्तिक २६ गते १५:४१

काठमाण्डु, २६ कात्तिक – एक महिनाभन्दा बढी समयदेखि नियन्त्रणमा रहेका एनआरएन मध्यपुर्व संयोजक राजेन्द्र कुमार (आर के) शर्मालाई कतार प्रहरीले परिवारसँग कुरा गर्न दिएको छ । गत विहीबार उनका परिवारलाई १५ कुरा गर्नका लागि १५ मिनेट समय दिइएको थियो । अक्टोबर १८ तारिखका दिन...

साउदीमा सडक दुर्घटना, दुई जना नेपालीको मृत्यु

२०७५ कार्तिक २१ गते ११:३९

काठमाण्डु, २१ कात्तिक – रोजगारीको सिलसिलामा साउदि पुगेका दुई जना नेपालीको सडक दुर्घटनामा परि मंगलबार निधन भएको छ । पाकिस्तानि नागरिकले चलाएको गाडि अनियंत्रित भई सडक छेउमा रहेको बिजुलीको पोलमा ठोकिदा उक्त दुर्घटना भएको हो । बिहान काममा जान निस्किएका दाङका तेज खनाल र...

अमेरिकाको प्रतिनिधिसभा चुनावमा नेपाली मुलका ह्यारी भण्डारी विजयी

२०७५ कार्तिक २१ गते ११:०९

काठमाण्डु, २१ कात्तिक – अमेरिकी मध्यावधि निर्वाचनमा नेपाली मूलका ह्यारी भण्डारी निर्वाचित भएका छन् । भण्डारी मेरिल्याण्डको हाउस अफ डेलीगेट डीष्ट्रीक–८ बाट निर्वार्चित भएका हुन् । मंगलबार भएको निर्वाचनमा भण्डारी २० हजार, ९ सय, ७७ मत प्राप्त गर्दै विजयी भए । उनी अमेरिकी राजनीतिमा...

चीनमा नेपाली प्राध्यापक पुरस्कृत

२०७५ कार्तिक २० गते १४:०४

काठमाण्डु, २० कात्तिक – चीनको सियान सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०१८ को लागि ‘सियान फ्रेण्डसिप अवार्ड’ पुरस्कार प्रदान गरेको छ । चीनको सान्सी प्रान्तस्थित सियान सरकारद्वारा प्रत्येक दुई वर्षमा दिइने उक्त पुरस्कारका साथ ‘सियान एक्सलेन्ट फरेन एक्सपर्ट अवार्ड’ प्रा डा झासहित...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us