प्रवास

इजरायलमा पनि नेकपाको चियापान

२०७५ कार्तिक २० गते ११:३७

काठमाण्डु, २० कात्तिक – नेपाल कम्युनिष्ट पार्टी ‘प्रवास संगठन प्रवासी नेपाली एकता मंच इजरायल’ले इजरायलमा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । हिजो सोमबारदेखि सुरु भएको दिपावली, नेपाल संवत् ११३५ तथा छठ पर्वको पावन अवसरमा शुभकामना आदानप्रदान चियापान तथा ऐतिहासिक स्थल जेरुसेलमा भ्रमणको आयोजना...

टीपीएस सुविधाका लागि अमेरिकामा रहेका नेपाली अदालत जाने

२०७५ कार्तिक १९ गते १२:१६

अमेरिका, १९ कात्तिक – २०७२ सालको विनासकारी भूकम्पपछि अमेरिकामा भिसा अवधि सकिए पनि बसोबास गरिरहेका नेपाली त्यहाँ बस्न, काम गर्न र नेपाल आउजाउ गर्ने अनुमति (टीपीएस) दिएको र त्यसुको खारेजीको समय नजिँकिँदै गर्दा त्यहाँका नेपालीहरु अदालत जाने तयारी गरेका छन् । अमेरिकी सरकारले एल...

जब नेपाल एयरलाइन्सकाे जहाज कतारमा बिग्रियो…

२०७५ कार्तिक १६ गते १४:२३

काठमाण्डु, १६ कात्तिक – नेपाल एयरलाइन्सको अन्नपूर्ण नामको एयरबस ए३३० जहाज कतारको दोहामा बिग्रिएको छ । जहाजमा प्राविधिक समस्या भएपछि दोहामा ६ घण्टा बढी ग्राउन्डेड भएको हो । नाइन एन एएलवाई कलसाइन भएको यो जहाजको जहाजमा प्राविधिक समस्या भएपछि ग्राउन्डेड भएको एयरलाइन्सका साहयक प्रवक्ता...

बालबालिकालाई नागरिकता नदिने ट्रम्पको तयारी, नेपाली पनि प्रभावित बन्ने

२०७५ कार्तिक १३ गते १६:२९

काठमाण्डु, १३ कात्तिक – आप्रवासी तथा गैरकानुनी रुपमा अमेरिका बस्दै आएका अभिभावकबाट जन्मिएका बालबालिकाले स्वतः अमेरिकी नागरिकता पाउने अधिकार खारेज हुने सम्भावना बढेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यससम्बन्धि कानुनको तयारी गरिरहेका छन् । हालै एचबीओ च्यानलका लागि उनले दिएको अन्तरवार्ता समेत यस्तो...

अमेरिकाको निर्वाचनमा तीन जना नेपाली उम्मेदवार

२०७५ कार्तिक १२ गते १६:१७

वासिङ्टन डिसी, १२ कात्तिक – अमेरिकामा आगामी नोभेम्बर ६ मा हुन लागेको निर्वाचनमा तीन नेपाली मूलका अमेरिकीले उम्मेदवारी दिएका छन् । उम्मेदवार दिनेमा मेरिल्याण्डका हयारी भण्डारी, न्यू ह्याम्पसायरबाट मदलसा गुरुङ र भर्जिनियाबाट प्रदीप ढकाल रहेका छन् । उक्त दिन अमेरिकामा ३३ सिनेटको पद, ४३५...

अस्ट्रियामा १५ वर्षीया नेपाली किशोरी बेपत्ता

२०७५ कार्तिक ११ गते १६:५९

काठमाण्डु, ११ कात्तिक – अस्ट्रियामा एक नेपाली किशोरी करिब एक महिनादेखि बेपत्ता भएकी छन् । राजधानी भियानाबाट ३ सय किलोमिटर पश्चिमा पर्ने साल्र्चवर्ग शहरबाट १५ वर्षीया मञ्जिता केसी असोज १५ गतेदेखि बेपत्ता भएकी हुन् । विद्यालय हिँडेकी ती किशोरी बाटोबाटै बेपत्ता बनेकी हुन् ।...

युएईमा रक्सी खाएर युवतीबीच चक्कु हानाहान, काठमाण्डुकी सिर्जनाको ज्यान गयो

२०७५ कार्तिक ११ गते १३:३४

काठमाण्डु, ११ कात्तिक – युएईमा नेपाली युवतीबिच चक्कु हानाहान हुँदा एक नेपाली महिलाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका छन् । नुवाकोटकी सोनी तामाङले चक्कु चलाउँदा काठमाण्डुकी सिर्जना बरालको ज्यान गएको हो । ठेगाना नखुलेका ममता चौधरी, सलिना मगर र आशा...

भारतबाट ३७ जना नेपाली महिलाको उद्धार, प्रहरीले पैल्यायो तस्करको जालो

२०७५ कार्तिक ७ गते ११:३४

काठमाण्डु, ७ कात्तिक – भारतबाट ३७ जना नेपाली महिलाहरुको उद्धार गरिएको छ । पछिल्लो २४ घण्टामा भारतका विभिन्न स्थानबाट नेपाली महिलाहरुको उद्धार गरिएको हो । मानव तस्करको समूहले उनीहरुलाई घरेलु कामदारको रुपमा खाडी देशहरुमा लैजाने तयारीअनुसार भारतका बिभिन्न स्थानसम्म पुर्याएको थियो । सोमबार साँझ...

भारतमा भएको कार दुर्घटनामा सिन्धुलीका चार जनाको मृत्यु

२०७५ कार्तिक ५ गते १६:४२

काठमाण्डु, ५ कात्तिक – भारतमा भएको गाडी दुर्घटनामा एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । गोरखपुरबाट वारणासीतर्फ गइरहेका बेला राजादेपुर गाउँमा उनीहरु चढेको कारलाई अर्को गाडीले सोमबार ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनामा मृत्यु हुनेमा...

बलात्कारबाट जोगिन नेपाली युवतीले ३ तलाबाट हाम फालिन

२०७५ कार्तिक ५ गते १२:४९

जयपुर, ५ कात्तिक – सामूहिक बलात्कारबाट जोगिन एक नेपाली महिलाले अपार्टमेन्टको तेस्रो तलाबाट हाम फालेकी छन् । भारतको जयपुरस्थित मोहना क्षेत्रमा भएको उक्त घटनामा जिवितै रहेकी २३ वर्षीया ती युवतीको जयपुर अस्पतालमा उपचार भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। अर्धनग्न अवस्थामा हामफालेकी युवतीको स्वास्थ्य अवस्था...

ओमनका नेपालीले यसरी मनाए दसैं

२०७५ कार्तिक ३ गते २०:५१

काठमाण्डु, ३ कात्तिक– विजया दशमीका अवसरमा ओमनमा रहेका नेपालीलाई सांस्कृतिक कार्यक्रमसहित टीका जमरा लगाएका छन् । प्रवासी नेपाली एकता मञ्च ओमनले रुबि स्थित अलमासा शुक्रबार कार्यक्रम आयोजना गरेको हो । बिजया दशमीको दिन ओमनमा कार्यरत हिन्दू धर्मावलम्बीहरुले पनि भब्यताका साथ दशैँ पनि मनाए ।...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

२०७५ कार्तिक २ गते १०:५६

काठमाण्डु- युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु गरिएको छ । पोर्चुगलमा क्रियाशील नेपाली पत्रकारको समूह नेपाली जर्नालिष्ट क्लबले उक्त मासिक पत्रिका प्रकाशन शुरु गरेको हो । राजधानी लिस्बनमा बुधबार आयोजित कार्यक्रममा पोर्चुगलका लागि नेपाली अवैतनिक वाणिज्य दूत मकरबहादुर हमाल, पोर्चुगलका लागि...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us