वाशिङ्टन, डिसी, ६ असोज – अमेरिकाको मेरिल्याण्ड राज्यमा भएको गोली काण्डमा एक नेपाली चेलीको हत्या भएको छ भने अर्का एक नेपाली घाइते भएका छन् । एक कम्पनीमा नै अल्पत्कालीन काम गर्ने २६ वर्षीया स्नोयिआ मोस्ले नाम गरेकी महिलाले आफैँ काम गर्ने कंपनीमा बिहीबार स्थानीय...
काठमाण्डु, ३ असोज – मलेसियामा सुतेकै अवस्थामा एक नेपाली मृत फेला परेका छन् । इलाम स् माई नगरपालिका–६ का ४० वर्षीय जितेन राई मलेसियामा सुतेकै अवस्थामा मृत फेला परेका हुन् । मलेसियाको सेरेवाङमा नोङसिङ मार्केटिङ नामको फर्निचर कम्पनीमा कार्यरत राई मंगलबार बेलुका खाना खाएर...
काठमाण्डु, ३ असोज – विषाक्त मदिरा सेवनबाट ज्यान गुमाउने ६ जना नेपालीको सनाखत भएको छ । क्वालालुम्पुरस्थित नेपाली दूतावासका अनुसार ६ जना नेपालीको पहिचान भएको छ भने १६ जना नेपाली बिरामी रहेको र उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । मृत्यु हुनेहरुमा बसेरी–३ धादिङका...
काठमाण्डु, ३ असोज – मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको सङ्ख्या आज बिहानसम्म छ पुगेको छ । विषाक्त मदिरा सेवनबाट १७ जना नेपाली गम्भीर बिरामी परेका छन् । उनीहरु मलेसियाको सेलेङगर शहरमा रोजगारीका क्रममा थिए । उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका...
काठमाण्डु, २ असोज– विषाक्त रक्सी सेवनका कारण मलेसियाको राजधानी क्वालालम्पुरमा सात नेपालीको मृत्यु भएको छ । अरु ८ जनाको समेत उक्त घटनामा ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । विषाक्त रक्सी सेवन गरेर बिरामी परेका अन्य १५ नेपालीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ...
क्वालालम्पुर, २ असोज – विषाक्त मदिरा सेवन गर्दा मलेसियामा चार नेपालीसहित ७ जनाको मृत्यु भएको छ । कमाण्डर डाटुक माज्लान मानसोरका अनुसार मृत्यु हुनेमा चार नेपाली, एक मलेसियन, एक बंगलादेशी र एक भारतीय नागरिक छन् । मृतककाे नाम खुल्न सकेकाे छैन् । १६ जना...
काठमाण्डु, १ असोज – संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा खटिएका सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत एक सैनिक जवानलाई गोली लागेको छ । ती सैनिकलाई आइतबार गोली लागेको नेपाली सेनाले जनाएको छ । तर घाइते जवानको नाम भने सेनाले सार्वजनिक गरेको छैन...
काठमाण्डु, ३१ भदौ – संयुक्त राष्ट्रसंघिय मिसन अन्तर्गत दक्षिणी सुडानमा शान्ति सेनाको रुपमा खटिएका एक नेपाली सैनिक गोली लागेर घाइते भएका छन् । आइतबार बिहान येइ शहरमा पानी लिन जाने क्रममा सुडानको जनमुक्ति सेनाले हानेको गोली लागेर नेपाली सैनिक घाइते भएका हुन् । बिहान...
अमेरिका, ३१ भदौ – नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाले ‘गो ब्याक’ भन्दै भट्टराईविरुद्ध प्रर्दशन गरेका हुन् । डा. भट्टाराई एक कार्यक्रममा सहभागी हुन जाने क्रममा उनीमाथि कालो झण्डासहित केही युवाले विरोध प्रदर्शन...
बैतडी,२९ भदौ – सडक दुर्घटनामा परी मलेसियामा आज एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बझाङ्गको केदारस्युँ गाउँपालिका– ५ बाँझका ३० वर्षीय मानबहादुर बोहोरा रहेका छन् । कोठाबाट कामका लागि कम्पनीतिर गइरहेका बेला जोहोरबारुमा सडक पार गर्ने क्रममा ट्याक्सीले ठक्कर दिएर गम्भीर भएका...
काठमाण्डु, २७ भदौ – नेपालका लागि नयाँ अमेरिकी राजदूतमा रेन्डी विलियम बेरी नियुक्त भएका छन् । गत साता अमेरिकाको सिनेटमा भएको सुनुवाइमा बेरीको नाम नेपालको राजदूतका लागि अनुमोदन भएको हो । गत मे १० तारिखमा बेरीलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालको राजदूतमा सिफारिस गरेका...
ल्हासा, २५ भदौ – सभामुख कृष्णबहादुर महराले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) अन्तर्राष्ट्रिय सहकार्यको लागि कोशेढुंगा भएको बताएका छन् । चीन तिब्बत पर्यटन र साँस्कृतिक एक्सपोअन्तर्गत आज (सोमबार) ल्हासामा आयोजित ट्रान्स हिमालय वेल्ट एण्ड रोड इन्टरनेश्नल कोअपरेशन फोरमलाई सम्बोधन गर्दै सभामुख महराले बिआरआईले अन्तर्राष्ट्रिय...