काठमाण्डु, १९ मङ्सिर – साउदी अरबको रियादस्थित नेपाल, बङ्गलादेश र भारतका दूतावासले आ–आफ्नो देशको प्रवद्र्धन गर्न संयुक्त रुपमा यही शुक्रबार विशेष मेला आयोजना गर्ने भएका छन् । ती दूतावासका कूटनीतिक कर्मचारीका श्रीमतीद्वारा आयोजना हुने उक्त विशेष मेला रियादस्थित बङ्गलादेशको दूतावासमा हुनेछ । उक्त मेलामा...
युएई, १८ मंसिर – युएई सरकारले देशमा रहेका अबैधानिक कामदारलाई वैध बन्न दिएकोे आममाफी योजनाको अवधि पुनः एक महिना थप गरेको छ । अब यस्ता कामदारले जनवरी २ सम्म समय पाएका छन् । युएईको राष्ट्रिय दिवशका अवसरमा डिसेम्बर २ देखि लागू हुनेगरी आममाफी पुन...
रुवान्डे, १८ मंसिर – नेपालको प्रतिष्ठित घराना चौधरी समूहको लगानी रहेको रुवान्डाको फाइभ स्टार होटल उबुम्बे ग्राण्ड लिलामीमा जाने भएको छ । १ करोड ८० लाख डलर बुझाउन बाँकी भएपछि रुवान्डाको केसिबी बैंकले उबुम्बे होटल लिलामीका लागि प्रक्रिया अघि बढाएको हो । शेयर सदस्यहरुबीच...
मलेसिया – मलेसियाको पेनाङ राज्यस्थित कुलिममा भएको सडक दुर्घटनामा एक नेपालीको ज्यान गएको छ । आइतबार राती बजारबाट कोठा फर्किंदै गर्दा कारले ठक्कर दिँदा बर्दियाका सुरेश केसीको ज्यान गएको हो । उनको शव स्थानीय अस्पतालमा राखिएको छ । केसी १४ वर्षदेखि मलेसियामा कार्यरत थिए...
दुबई – युएईका दुई जेलमा ७८ जना नेपाली रहेको भेटिएको छ । नेपाली दूतावास युएईका प्रतिनिधिले गएको दुई दिनमा सारजहा र दुबईका जेलमा रहेका नेपालीलाई भेटेका छन् । युएईका जेलमा रहेका नेपालीको अवस्थाबारे अध्ययन गर्न दूतावासका प्रतिनिधिले जेलमै पुगेर भेट गरेका हुन् । यो...
बेलायत, १६ मंसिर – उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले नेपाली नागरिकताका विषयमा संसद्को विषयगत समितिमा संशोधनका निम्ति छलफल भइरहेको बताएकी छन् । अबको हिउँदे अधिवेशनमा सो विषय संसद्मा पेश हुने उनले जानकारी दिइन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएन) बेलायतले महिलाले मतदान गर्न पाउने अधिकार प्राप्त...
सप्तरी, १५ मंसिर – वैदेशिक रोजगारीका लागि मलेसिया गएका लक्ष्मण महतो झुण्डिएको अवस्थामा भेटिएका छन् । जोहरबारुमा रहेको एलएफ फर्निचर कम्पनीमा काम गर्ने लक्ष्मण कोठामा झुण्डिएको अवस्थामा भेटिएका हुन् । लक्ष्मणले आत्महत्या गरेको नभई हत्या उहाँको हत्या गरिएको सँगै काम गर्ने साथीहरुको भनाई छ...
लिस्बन, १५ मङ्सिर – सत्य सनातन धर्मका प्रवद्र्धतक एक नेपाली योगीको पहलमा युरोपेली मुलुक पोर्चुगलमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको छ । द ट्रथ लभ अफ लिभिङ फाउण्डेशनको आयोजनामा युरोपमै पहिलो पटक पोर्चुगलको राजधानी लिस्बनमा साप्ताहिक ज्ञान महायज्ञ शुरु भएको हो । महायज्ञका प्रमुख...
अफगानिस्तान, १४ मंसिर – विद्रोही समूह तालिबानको आक्रमणमा परी अफगानिस्तानको काबुलमा ९ नेपाली घाइते भएका छन् । सुरक्षा गार्ड उपलब्ध गराउने बेलायती संस्था जिफोरएसको कार्यालयमा बुधबार भएको आत्मघाती हमलामा परी त्यहाँ कार्यरत ९ नेपाली घाइते भएका छन् । घाइतेहरूमध्ये तीन जनालाई गोली लागेको छ...
लण्डन – दुवै मृगौलाले काम गर्न छोडेको २ वर्ष हुँदा समेत आर्थिक अभावका कारण उपचार गराउन नसकेकी मोरङकी १६ वर्षिया किशोरी सोफिया अधिकारीको सहयोगमा बेलायतका नेपालीहरु जुटेका छन् । बेलायतमा संचालित स्कटनेपाल मिडिया हाउसको पहलमा सोफियाको उपचारमा सघाउन आर्थिक संकलन थालिएको हो । सोफिया...
सिड्नी, ११ मंसिर – गत शनिबार अस्ट्रेलियाको सिड्नीमा आयोजित ‘नेपाल फेस्टिवल’ कार्यक्रम बिबादित बनेको छ । कार्यक्रममा आयोजक गैरआवासीय नेपाली संघ(एनआरएनए)लाई यहाँका नेपाली समुदाय नै विभाजित गरेको भन्दै विभिन्न आरोपसमेत लागेको छ । कार्यक्रममा एकजना कलाकारले ‘हट्ने होइन, डट्ने नेपालीको बानी हुन्छ, विश्वको कुनाकाप्चा...
काठमाण्डु, ११ मंसिर – वैदेशिक रोजगारीका क्रममा जोर्डन पुगेका दुई नेपालीले ज्यान गुमाएका छन् । कमलपोखरीस्थित एसईई म्यानपावरमार्फत ती चेली जोर्डन पुगेका थिए । क्लासिक कम्पनीमा गामेन्टको कामका लागि गएका दुई जनाको एक महिनाभित्र एउटै भवनमा ज्यान गएको हो । सिन्धुलीपाल्चोक बाह्रबिसे थापाउँकी रोशनी...