काठमाण्डू, २६ फागुन– काठमाण्डू महानगरपालिकाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई एक लाख रुपैयाँ जरिवाना गरेको छ । राजतन्त्रका पक्षमा आइतबार आयोजित प्रदर्शनमा सडकमा फोहोर गरेको, रेलिङ लगायत संरचना तथा सडक आसपासका विरूवामा क्षति गरेकाले महानगरले एक लाख रुपैयाँ जरिवाना लगाएको हो । ‘प्रस्तुत विषयमा...
बाजुरा, २६ फागुन– बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा टयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालका ३२ वर्षीय पदम...
कैलाली, २५ फागुन–प्रधानमन्त्री केपी ओलीले वर्तमान संविधान कुनै व्यक्तिले दिएको नभई जनताबाट निर्वाचित संविधानसभाले बनाएकाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीलाई सुदृढ गर्नु सबैको दायित्व भएको बताएका छन् । सुदूरपश्चिम प्रदेशसभामा आइतबार विशेष सम्बोधन गर्दै ओलीले जनताको बलिदानपूर्ण र लामो संघर्षबाट बनाइएको संविधानले प्रबन्ध गरेको संघीय...
काठमाण्डू, २५ फागुन– काठमाण्डूको गोकर्णेश्वरमा महिलाको हत्या गर्ने ५ जना पक्राउ परेका छन । पक्राउ पर्नेमा सर्लाही बागमती ढुंगेखोलाका २५ वर्षीय कैलाश खड्का, मकवानपुर हेटौंडाका २० वर्षीय सुरेश तामाङ, नुवाकोट मेघाङ देउरालीका २४ वर्षीय रोशन तामाङ, सिन्धुपाल्चोक तिपिनेकी २० वर्षीया पूजा परियार र एक...
काठमाण्डू, २५ फागुन– नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारलाई स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार लिखित प्रष्टीकरण बुझाएका हुन् । गत बुधबारको मन्त्रिपरिषद बैठकले तीन दिनको समयसीमा तोकेर घिसिङलाई ४ बुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रिपरिषदको निर्णयअनुसार ऊर्जा मन्त्रालयले घिसिङलाई बिहीबार पत्राचार...
काठमाण्डू, २५ फागुन– नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आज (आइतबार) सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विद्यार्थी दीक्षित भएका छन् । विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इन्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल...
काठमाण्डू, २५ फागुन– आज आइतबार एक साताको पोखरा बसाइपछि पूर्वराजा ज्ञानेन्द्र शाह काठमाण्डू फर्किएका छन । पूर्वराजा शाहलाई उनका समर्थकहरूले काठमाण्डूको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नाराबाजीसहित स्वागत गरेका छन् । समर्थकहरूले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गर्दै प्रदर्शन गरेपछि विमानस्थल परिसरमा तनाबको स्थिति उत्पन्न भएको...
काठमाण्डू, २५ फागुन– आज आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग गरेका छन । प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग गरीएको छ...
काठमाण्डू, २५ फागुन– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष ०८२–८३ को बजेटका लागि ३ करोड रुपैयाँभन्दा साना योजना तथा कार्यक्रम प्रस्ताव नगर्न आग्रह गरेका छन । आ.व ०८२–८३ को बजेट निर्माण सम्बन्धमा खानेपानी मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँगको छुट्टाछुट्टै...
काठमाण्डू, २५ फागुन– अमेरिकाबाट फर्काइएका नेपालीको संख्या ३८ पुगेको छ । गत २२ फागुनमा आठ जनालाई नेपाल फर्काउँदा डिपोर्ट हुने नेपालीको संख्या ३५ पुगेको थियो । त्यसयता थप ३ जनाको डीपोर्ट भएको अध्यागमनको रिपोर्टमा उल्लेख गरीएको छ । यता, मानव बेचबखिन अनुसन्धान ब्यूरोको टोलीले...
काठमाण्डू, २५ फागुन– पूर्वराजा ज्ञानेन्द्र शाह आज (आइतबार) पोखराबाट काठमाण्डू आइपुगेका छन् । पोखराबाट आइतबार अपरान्ह उनी त्रिभुवन विमानस्थल आइपुगेका हुन् । विमानस्थलको द्वारमा उनका समर्थकहरुले नाराबाजी गर्दै स्वागत गरेका छन् । पूर्वराजालाई स्वागत गर्न दिउँसो देखि नै राजावादी विभिन्न स्थानमा भेला भएर र्यालीसहित...
काठमाण्डू, २५ फागुन– पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले नेतृत्वको सरकारका जनविरोधी गतिविधिका कारण प्रतिक्रियावादी शक्तिहरू उत्साहित भएको दाबी गरेका छन । आज (आतबार) नेपाली जनप्रगतिशील मञ्च जापानको दोस्रो साधारण सभालाई आइतबार भर्चुअल रूपमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले यस्तो दाबी...