पूर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्ने र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग

काठमाण्डु टुडे २०८१ फागुन २५ गते १७:०० मा प्रकाशित

काठमाण्डू, २५ फागुन– आज आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार पुगेका राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतका दल तथा संगठनको र्‍यालीमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथको तस्बिर प्रयोग गरेका छन ।

प्रदर्शनस्थलमा एकातिर आदित्यनाथ र अर्कोतिर पूर्वराजा ज्ञानेन्द्र शाहको तस्बिर प्रयोग गरीएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो फेसबुकमा राजावादीको र्‍यालीमा योगी आदित्यनाथको तस्बिर प्रयोग भएकोबारे चासो समेत राखेका छन ।

छुट्टाछुट्टै मोटरसाइकलमा बोकिएको योगी र पूर्वराजा ज्ञानेन्द्रको तस्बिर राख्दै उनले फेसबुकमा लेखेका छन्, ‘राष्ट्रवादी महोदयहरुकाले र्‍यालीमा प्रयोग गरेका यी २ फोटाहरू….’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले यस विषयमा अनभिज्ञता देखाए ।

उनले भने, ‘कसले प्रयोग गरे केही थाह छैन ।’ गत माघ १७ गते पूर्व राजा ज्ञानेन्द्र शाह उत्तर प्रदेशको गोरखपुर पुगेका थिए । त्यहाँ उनले उत्तर प्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेटेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us