समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रवेश गर्न मोटरसाइकललाई रोक

२०८१ फागुन २५ गते १५:५७

काठमाण्डू, २५ फागुन– त्रिभुवन अन्तर्राष्ट्रिय प्रवेशमा पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुको प्रदर्शनलाई लक्षित गर्दै कडाइ गरिएको छ । चक्रपथसँगै जोडिएको विमानस्थलको मुख्य गेट (गोल्डेन गेट)मा बाक्लो संख्यामा जनपथ र सशस्त्र प्रहरीहरु परिचालन गरीएको छ । उनीहरुले सोधपुछ र चेकजाँचपछि मात्रै उनीहरुलाई भित्र प्रवेश गर्न दिएका...

काठमाण्डू उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

२०८१ फागुन २५ गते १५:०८

काठमाण्डू, २५ फागुन– आज आइतबार काठमाण्डूमा राजावादीहरुको प्रदर्शनका कारण उपत्यकाको सवारी आवागमन अस्तव्यस्त भएको छ । काठमाण्डूको तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर सिनामंगलस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म पुग्ने सडक खालि रहेको छ । नियमित रुटबाट गन्तव्यमा पुग्न...

प्रधानमन्त्रीलाई शाहीको आग्रहः एयरपोर्ट गएर राजाको स्वागत गर्नुस्

२०८१ फागुन २५ गते १४:५२

काठमाण्डू, २५ फागुन– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई एयरपोर्ट गएर पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत गर्न आग्रह गरेका छन । आज (आइतबार) सामाजिक सञ्जालमार्फत शाहीले कतारका राजालाई स्वागत गर्न हुने तर नेपालका राजालाई स्वागत...

तीनकुनेबाट दुर्गा प्रसाईंको नेतृत्वमा र्‍याली एयरपोर्ट जाँदै

२०८१ फागुन २५ गते १४:३१

काठमाण्डू, २५ फागुन– यत्ती बेला पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरूले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा प्रदर्शन गरिरहेका छन । सोही क्रममा अभियन्ता दुर्गा प्रसाईं नेतृत्वको र्याली पनि तीनकुनेबाट एयरपोर्टतर्फ लागेको छ । पूर्वराजा शाह आज ३ बजे पोखराबाट काठमाण्डू फर्किँने बताइएको छ । उनको स्वागतका...

अध्यक्ष प्रचण्डलगायत नेताहरू काठमाण्डू आइपुगे, पदाधिकारी बैठक भोलि बिहान बस्ने

२०८१ फागुन २५ गते १४:२५

काठमाण्डू, २५ फागुन– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सोमबार बिहान बस्ने भएको छ । आज दिउँसो ३ बजे बस्ने भनिएको बैठक शीर्ष नेताहरू काठमाण्डू आउनेक्रम जारी रहेकाले भोलि बिहान ८ बजे प्रचण्ड निवास खुमलटारमा बस्ने गरी...

राजतन्त्र फर्काउँछौँ भन्नेहरूलाई विष्णु रिमालको जवाफः ०६१ मा सुनौला दिन आयो भन्दै ०६३ सम्म रजाइँ गरेको नभुल्नु

२०८१ फागुन २५ गते १४:०६

काठमाण्डू, २५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका एमाले उपमाहसचिव विष्णु रिमालले जनताको मुख थुनेर अढाइ सय वर्षसम्म रामराज्यको रट लगाउनेहरूले नै राजतन्त्र खरानी पारिसकेको प्रतिक्रिया दिएका छन । एमाले उपमहासचिव रिमालले राजतन्त्र फर्काउनुपर्छ भन्दै राजावादीले अभियान तीव्र पार्दै गर्दा...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गेटमा राजावादीहरुको प्रदर्शन

२०८१ फागुन २५ गते १४:०१

काठमाण्डू, २५ फागुन– यती बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल छिर्ने गेट अगाडी पूर्वराजा ज्ञानेन्द्र शाहका समर्थकहरुले प्रदर्शन गरी रहेका छन । आज आइतबार दिउँसो पूर्वराजाका समर्थकहरुले एयरपोर्ट गेट अगाडि प्रदर्शन गरेका हुन् । उनीहरुले राजतन्त्रको पुनरुबहाली हुनुपर्ने लगायतका माग राख्दै प्रर्दशन गरीरहेका छन । प्रदर्शनकारीहरु...

राजतन्त्र फर्काउँछौँ भन्नेहरूलाई विष्णु रिमालको जवाफः आठ हजार ६८२ दिनअघि नै खरानी भइसक्यो

२०८१ फागुन २५ गते १३:४८

काठमाण्डू, २५ फागुन– प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार समेत रहेका एमाले उपमाहसचिव विष्णु रिमालले जनताको मुख थुनेर अढाइ सय वर्षसम्म रामराज्यको रट लगाउनेहरूले नै राजतन्त्र खरानी पारिसकेको प्रतिक्रिया दिएका छन । एमाले उपमहासचिव रिमालले राजतन्त्र फर्काउनुपर्छ भन्दै राजावादीले अभियान तीव्र पार्दै गर्दा...

लागूऔषधसहित ४ जना पक्राउ

२०८१ फागुन २५ गते १३:३२

काठमाण्डू, २५ फागुन– प्रहरीले अवैध लागूऔषधसहित प्रहरीले सुनसरी र इलामबाट चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरी टोलीले २४ फागुनमा इलामको इलाम नगरपालिका–९ मा चेकजाँचको क्रममा मे १ च ४५२५ नम्वरको पिकअप गाडीको डिकीमा लुकाई छिपाई राखेको अवस्थामा ३...

स्कुटर चोरेको आरोपमा २ जना पक्राउ

२०८१ फागुन २५ गते १३:२५

काठमाण्डू, २५ फागुन– प्रहरीले स्कुटर चोरेको आरोपमा ट्राफिक दुई जनालाई पक्राउ गरेको छ । कामठमाण्डूको छुट्टाछुट्टै स्थानबाट स्कुटर चोरीमा संलग्न दुई जनालाई काठमाण्डू उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट खटीएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ घर...

मोटरसाइकल दुर्घटना हुँदा कांग्रेस जिल्ला सदस्य पौडेलको मृत्यु

२०८१ फागुन २५ गते १३:०६

काठमाण्डू, २५ फागुन– पृथ्वी राजमार्गअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति मोटरसाइकल दुर्घटना नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको मृत्यु भएको छ । पोखराबाट बेलचौतारातर्फ आउँदै गरेको ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ५२ वर्षीय पौडेलको मृत्यु भएको इलाका प्रहरी कार्यालयले...

सुर्खेतबाट तारा एयरको उडान बन्द

२०८१ फागुन २५ गते १३:००

काठमाण्डू, २५ फागुन– तारा एयरले सुर्खेतबाट मुगु, हुम्ला र जुम्लामा गर्दै आएको नियमित उडान बन्द गरेको छ । हरेक उडानमा नोक्सान भएपछि उडान बन्द गर्नुपरेको तारा एयरले जानकारी दिएको छ । कर्णाली प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री सुरेश अधिकारीले सन् २०२४ डिसेम्बर ४...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us