ट्याक्टर दुर्घटनामा बाबुको मृत्यु, छोरा घाइते

काठमाण्डु टुडे २०८१ फागुन २६ गते ८:५२ मा प्रकाशित

बाजुरा, २६ फागुन– बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ चिराल्नामा टयाक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

डोगडीबाट बुढीगंगातर्फ आउँदै गरेको भे२त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका–४ खोलालका ३२ वर्षीय पदम रावतको आइतबार राति घटनास्थलमै मृत्यु भएको हो ।

ट्याक्टरमा सवार मृतकका छोरा १२ वर्षीय शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us