काठमाण्डु , १७ वैशाख- एमालेले अञ्चल समन्वय कमिटी, जिल्ला कमिटी र जनसंगठनका इञ्चार्ज, अध्यक्ष र प्रमुखहरुलाई महाभूकम्प पीडितहरूको उद्धार तथा राहतका लागि १० बुँदे विशेष निर्देशन दिएको छ । एमालेको महाभूकम्प पीडित उद्दार तथा राहत केन्द्रीय समन्वय समितिका संयोजक एवम महासचिव ईश्वर पोखरेलले दिएको...
दोलखा, १७ वैशाख- प्रहरी सहायक निरीक्षकसहित ११ जनाको टोली पाँच दिनदेखि सम्पर्कविहीन भएपछि जिल्ला प्रहरी कार्यालय दोलखाले दैवी उद्धार समितिसँग खोजी गरिदिन आग्रह गरेको छ । चिलङ्खा र खोपाचागु गाविसका बीचमा रहेको साँवा बजारमा रहेको अस्थायी प्रहरीमा कार्यरत तिनको अवस्था अज्ञात रहेको हो ।...
काठमाण्डु , १७ वैशाख- यही वैशाख १२ गते गएको भूकम्पको छ दिनपछि बिहीबार बिहान ११ः५२ बजे स्थानीय गङ्गबुस्थित एक भवनबाट एक जना १५ वर्षीय पेम्बा लामाको उद्धार टोलीले सकुशल उद्धार गरेको छ । निजको उपचार सैनिक अस्पतालमा भइरहेको गृह मन्त्रालयले जनाएको छ ।...
काठमाण्डु , १७ वैशाख- विश्व नेपाली साहित्य महासङ्घले महाभूकम्पमा पुरिएका र चेपिएकाहरुको तत्कालै विवेकपूर्ण र बहादुरीपूर्वक उद्धारमा संलग्न महानुभावलाई हौसलास्वरुप नगद प्रतिव्यक्ति रु ५० हजार घोषणा गरेको छ । उद्धारमा प्रभावकारी काम हुन सकोस् भन्ने उद्देश्यले उक्त घोषणा गरिएको हो । पुरिएका र...
काठमाण्डु, १७ वैशाख बिहीबार बिहानदेखि परेको पानीको असरले पुरानो बानेश्वर चोकमा रहेको साततले घर बाङ्गिएपछि उक्त घर र वरपरका घरबाट मानिस तथा सरसामान खाली गरिएको छ । शनिबार र आइतबार गएको भूकम्पबाट खासै असर नपरेको सो घर आज बिहान बाङ्गिएपछि ट्राफिक प्रहरीले वरपरको बाटोसमेत...
काठमाण्डु, १७ वैशाख भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान तीन पटकसम्म भूकम्पको धक्का महसुस गरिएको छ । बिहान बजेर २२ मिनेटमा धादिङलाई केन्द्र बिन्दु बनाएर ४.७ रेक्टर स्केल, ८ बजेर ३१ मिनेटमा रसुवालाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केल र ८ बजेर ४१ मिनेटमा नुवाकोट...
काठमाण्डु,१६ वैशाख-शनिबार गएको भूकम्पका बेला राजधानीको सितापाइलास्थित एक रेस्टुराँमा भ¥याङतिर दौडने जति ६ जनाको मृत्यु भयो भने भाग्न नपाएर सभाहलमा रोकिने ३१ जना बाँचेका छन् । सो रेस्टुराँमा भइरहेको नेपाल जडीबुटी व्यवसायी सङ्घको साधारणसभामा भूकम्पपछि भागदौड मच्चिएको थियो । भूकम्पपछि घरबाहिर निस्कन भ¥याङतिर भागेका...
काठमाण्डु, १६ वैशाख– सरकारका प्रवक्ता एवंम सूचना तथा सञ्चारमन्त्री मिनेन्द्र रिजालले बुधबार पत्रकार सम्मेलनको आयोजना गरेर भूकम्पपीडितको उद्धार र राहतका लागि सरकारले युद्धस्तरमा काम गरिरहेको दावी गरेका छन् । प्रवक्ता रिजालकाअनुसार सुरुमा उद्धारमा खटिनुपर्ने भएकोले सरकारले सम्पूर्ण ध्यान त्यसतर्फ लगाएको छ । यसका लागि...
सिन्धुपाल्चोक, १६ वैशाख– सबैभन्दा बढी भूकम्पबाट प्रभावित सिन्धुपाल्चोक जिल्लाको साँगाचोकमा नेपाली सेनाका ३ वटा कन्टेनर स्थानीयले कब्जामा लिएका छन् । नेपाली सेनाको राहत बोकेका ती कन्टेनर आफुहरुलाई सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले नियन्त्रणमा लिएका हुन् । नियन्त्रणपछि केही समय उनीहरुले सडक समेत अवरुद्ध पारेका...
काठमाण्डु,१६ वैशाख-नेकपा एमालेले विनाशकारी भूकम्पबाट पीडितका लागि सरकारको काममा सघाउँदै देशव्यापीरुपमा कार्यकर्ता परिचालन गरी उद्वार र राहतका कार्यक्रम सञ्चालन गर्ने भएको छ । पार्टीले भूकम्पबाट धेरै प्रभावित भएका जिल्लाका सभासद्सितको बैठकपछि सञ्चारकर्मीलाई यस्तो जानकारी दिइएको हो । पीडितका लागि उद्वार राहत सञ्चालन गर्नका लागि...
मेलम्ची,१६ वैशाख-सिन्धुपाल्चोक जिल्लामा मृत्यु हुनेको आधिकारिक सङ्ख्या एकहजार पाँचसय पुगिसकेको र यो सङ्ख्या तीन हजारभन्दा बढी पुग्नसक्ने अनुमान गरिएको छ । जिल्लामा एकहजार ६०० भन्दा बढी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपकराज खरेलले सो कुरा बताएका हुन् ।...
काठमाण्डु,१६ वैशाख-प्रधानमन्त्री सुशील कोइराला भूकम्पबाट घाइते भएकाको अवस्था बुझ्न बुधबार छाउनीस्थित बीरेन्द्र सैनिक अस्पताल पुगेका छन् । शनिबार गएको विनाशकारी भूकम्पबाट प्रभावित जिल्लामा नेपाली सेनाले हेलिकप्टरबाट उद्धार गरी ल्याएका र अन्य घाइतेमध्ये ३६३ जनाको उपचार सो अस्पतालमा भइरहेको छ । प्रधानमन्त्री कोइरालाले घाइतेको अवस्था...