समाचार

रियाले दिएकी थिई भत्केको घरभित्र पेम्बा जिउँदै रहेको संकेत

२०७२ वैशाख १८ गते १४:५२

काठमाण्डु, १८ वैशाख – नयाँ बसपार्कसँगै रहेको हिडेन गेस्ट हाउसमा एक सय बीस घन्टाअघि फसेका १५ वर्षीय किशोर पेम्बा लामा जीवित नै रहेको सङ्केत सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरले दिएपछि त्यसको चर्चा सुरक्षा क्षेत्र र सर्वसाधारणमा बढ्न थालेको छ ।   त्यसअघि फ्रान्सेली टोलीसहित...

१२० घन्टापछि उद्धार प्रकरणः ‘रिया’ले दिइन् जीवित सङ्केत

२०७२ वैशाख १८ गते ११:२८

काठमाण्डु, १८ वैशाख-  नयाँ बसपार्कसँगै रहेको हिडेन गेस्ट हाउसमा एक सय बीस घन्टाअघि फसेका १५ वर्षीय किशोर पेम्बा लामा जीवित नै रहेको सङ्केत सशस्त्र प्रहरी बलको तालिमप्राप्त कुकुरले दिएपछि त्यसको चर्चा सुरक्षा क्षेत्र र सर्वसाधारणमा बढ्न थालेको छ । त्यसअघि फ्रान्सेली टोलीसहित अन्य टोलीले...

नेपालपछि पपुवा न्यू गिनीमा भूकम्प आयो

२०७२ वैशाख १८ गते १०:२५

काठमाण्डु, १८ वैशाख शनिबार नेपालमा गएको ७.६ रेक्टरको भूकम्पपछि पपुवा न्यू गिनीमा पनि भूकम्प गएको छ । भर्खरै प्राप्त समाचार अनुसार त्यहाँ ७.१ रेक्टरको भूकम्प गएको हो । भूकम्पको केन्द्र राजधानी कोकोपोबाट १११ किलोमिटर टाढा भएको समाचारमा जनाइएको छ । भूकम्पपछि त्यहाँ सुनामी आउन...

चामलको साटो चिनी राहत

२०७२ वैशाख १८ गते १०:०९

दोलखा, १८ वैशाख चामलभन्दा चिनी धेरै ढुवानी गरिएपछि रामेछापमा भूकम्पपीडितलाई राहत बाँड्न कठिनाइ भएको छ । भूकम्पपीडितका लागि काठमाण्डुबाट ९ दशमलव ३ क्विन्टल चामल ढुवानी गरिएको छ भने चिनी ११ क्विन्टल भित्रिएको छ । बिनायोजना राहत जिल्ला भित्रिएपछि तनाव उत्पन्न भएको छ । “न्यून...

छोरा र पत्नीसहित १७ आफन्त गुमाउँदाको पीडा कसरी सुनाउँ ?

२०७२ वैशाख १८ गते ९:०३

मैले अढाई वर्षको कान्छो छोरा (आरजन) र पत्नी (एलिस, ३१ वर्ष) यो भूकम्पमा गुमाएँ । चार जनाको परिवार थियो । अब हामी दुई जना मात्रै बाँकी छौं । भूकम्पमा मेरो छोरा र पत्नीसहित १७ जना आफन्तको एकैपटक एकैठाउँमा ज्यान गयो । एकै पटक १७...

गाली पचाएरै भएपनि छाडेको क्षेत्र डुले नेपाल

२०७२ वैशाख १८ गते ८:२८

काठमाण्डु, १८ वैशाख एमाले वरिष्ठ नेता माधवकुमार नेपाल काठमाण्डुको निर्वाचन क्षेत्र नं २ का विभिन्न ठाऊँ घुमेर भूकम्प पिडितको लागि गरिएको राहत र उद्दारको अवस्था बुझ्नुका साथै पिडितहरुलाई सान्त्वना दिएका छन् । गत संविधानसभा निर्वाचनमा सो क्षेत्रवाट समेत जितेका नेपालले उपनिर्वाचनमा सो क्षेत्र छाडेका...

आफैंलाई चुनाव हराउने मतदाताका घर पुगेर प्रचण्डले भने, ‘हामी छौं, नआत्तिनुस्’

२०७२ वैशाख १८ गते ६:०३

काठमाण्डु, १८ वैशाख–एमाओेवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ काठमाण्डुको कीर्तिपुरस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन भ्रमण गरेका छन् ।   वरिष्ठ नेता बाबुराम भट्टराई र नेता जनार्दन शर्मासहित केही कार्यकर्ताका साथ प्रचण्ड शुक्रबार बिहानै कीर्तिपुर पुगेका थिए ।   उनले भूकम्पबाट अतिप्रभावित कीर्तिपुर १४ र १५...

हावाहुरीले रूख ढल्दा कैलालीमा दुईको मृत्यु

२०७२ वैशाख १८ गते ५:४३

कैलाली, १८ वैशाख कैलाली जिल्लामा बिहीबारराति आएको भीषण हावाहुरीसँगै घरमा खसेको रूखमा च्यापिएर दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विक्रमबहादुर चन्दका अनुसार अत्तरिया नगरपालिका–१३ का विजय बर्मा र वडा नं १३ का दिनेश विकको घरमा खसेको रूखमा च्यापिएर मृत्यु...

जनसङ्ख्याको आधारमा राहत वितरण गरिने

२०७२ वैशाख १८ गते ५:२७

सिन्धुपाल्चोक, १८ वैशाख-सिन्धुपाल्चोक जिल्लाको मेलम्चीलगायत उत्तरी क्षेत्रहरु मानेखर्क, शिखरपुर, माहाङ्कालमा राहत बाँड्ने काम तीव्र रुपमा भइरहेको जानकारी नेपाली सेना भीमकाली गुल्म मेलम्चीका सेनानी प्रेम हमालले दिएका छन् । प्रत्येक गाविसका गाविससचिव र राजनीतिक दलका प्रतिनिधिको उपस्तिथिमा राहत वितरण गरिरहेको छ । केही मात्रामा चामल,...

लाङटाङमा हराइरहेका पर्यटकको खोजीका लागि उद्धार टोली परिचालन

२०७२ वैशाख १८ गते ४:४०

रसुवा, १८ वैशाख – भूकम्पसँगै गएको हिउँपहिरोमा परी लामटाङ गाउँमा हराइरहेका स्वदेश तथा विदेशी पर्यटकको खोजी र उद्धारका लागि आज बिहानबाट उद्धार टोली परिचालन गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिका अनुसार महावीर रेन्जर गण तथा नारायण दल गणका उद्धार टोली परिचालन गरिएको...

झुन्डिएको अवस्थामा महिलाको शव बरामद

२०७२ वैशाख १८ गते ४:२३

महोत्तरी, १८ वैशाख- महोत्तरीको औरही गाविसमा झुन्डिएको अवस्थामा शुक्रबार बिहान एक महिलाको शव बरामद भएको छ । औरही गाविस–१ बस्ने इन्देश्वर सहनीकी पत्नी सुनितादेवीको शव शुक्रबार बिहान आफ्नै घरको छानामा झुन्डिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ । प्रहरी निरीक्षक मच्छेन्द्र...

साँखुका भूकम्पपीडित भन्छन्, ‘चार घन्टा मृत्युसित सङ्घर्ष गरेर बाँचियो, ओत नपाएर मरिने भो’

२०७२ वैशाख १८ गते ४:११

काठमाण्डु, १८ वैशाख- शनिबार मध्याह्नको विनाशकारी भूकम्पबाट घर भत्किई चार घन्टासम्म पुरिएका ७३ वर्षीय शुक्रराज श्रेष्ठ एउटा पाल पाउन पनि झगडा गर्नुपर्ने अवस्था आएको बताउछन् । “चार घन्टासम्म मृत्युसित सङ्घर्ष गरेर बाँचियो, तर अब पालको ओत पनि नपाएर घाम पानीबाट मरिएला जस्तो छ”, आफूभित्रको...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us