समाचार

भूकम्पमा ज्यान गुमाउनेको संख्या सात हजार नाघ्यो

२०७२ वैशाख २० गते ३:४७

काठमाण्डु, २० वैशाख– वैशाख १२ गते आएको विनाशकारी भूकम्पमा परी ज्यान गुमाउनेको संख्या सात हजार नाघेको छ । अहिलेसम्म भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या ७ हजार  ४० पुगेको छ । गृह मन्त्रालयका अनुसार भूकम्पबाट १४ हजार ३ सय ९८ घाइते बनेका छन् । मृत्यु...

गोरखाको भूकम्प प्रभावित क्षेत्रमा झाडापखालाको महामारी खतरा

२०७२ वैशाख १९ गते १५:१९

गोरखा, १९ वैशाख- गत साता गएको महाभूकम्पको केन्द्रबिन्दु रहेको गोरखाको प्रभावित क्षेत्रमा झापापखालाको महामारी फैलने खतरा बढेको छ । उत्तरी गोरखाको बारपाक, लाप्राक, कासीगाउँ, केरौंजा, गुम्दालगायत गाविसका सर्वसाधारणमा झाडापाखाला देखिएको हो । समयमै लासहरु नगाडिएको तथा सफा पिउने पानीको अभाव भएका कारण झाडापखाला महामारीका...

भूकम्प आउँदैछ भनेर माईकिङ गर्नेले भेटे प्रहरीको रामधुलाई

२०७२ वैशाख १९ गते १४:१२

काठमाण्डु, १९ वैशाख- भूकम्प आउँदैछ भनेर गत बिहिबार राजधानीमा माईकिङ गर्दै हिडेका राजेन्द्र खड्गीलाई प्रहरीले रामधुलाई गरेको छ । ललितपूरबाट माईकिङ गर्दागर्दै प्रहरीको पक्राउमा परेका खड्गीलाई समाजमा आतंक मच्चाएको भन्दै प्रहरीले मरणासन्न हुने गरि पिटेको थाहा भएको छ । हाल महानगरिय प्रहरी परिसरमा राखिएका...

भूकम्प आउँदा हृदयघातले कुलदेवको गयो ज्यान

२०७२ वैशाख १९ गते १३:५१

काठमाण्डु, १९ वैशाख- भूकम्म आउँदा डराएकै कारण हृदयघातले शनिबार एक जनाको निधन भएको छ । बुढानिलकण्ठका ४६ वर्षीय कुलदेव खड्का विहान ११ः३० बजे भूकम्प आउनासाथ हृदयघातका कारण बेहोस भएका थिए । उनलाई उपचारका लागि महाराजगञ्ज शिक्षण अस्पतालमा लगिएपनि त्यहाँ पुर्याउनासाथ अस्पताललेल मृत घोषित गरेको...

भूकम्पले ३ लाख घरमा क्षति, १ लाख बढी घर पूर्ण रुपमा ध्वस्त

२०७२ वैशाख १९ गते १२:५८

काठमाण्डु, १९ वैशाख- शनिबार गएको भूकम्पका कारण हजारौँ मानिसहरुले ज्यान गुमाए भने कैयौ घरहरु क्षतिग्रस्त भए । मानिसहरु आफ्नो घर क्षति भएपछि बाटोमा बस्न बाध्य भए । भूकम्पले देशभरबाट ४५ जिल्लाका १ लाखभन्दा बढी घरमा पूर्ण रुपमा क्षति भएको गृहमन्त्रालयले जनाएको छ । उसका...

भारतीय हेलिकोप्टरको मुख्य ध्यान आफ्नै नागरिक ओसार्ने मात्रै

२०७२ वैशाख १९ गते १२:५०

काठमाण्डु, १९ वैशाख – उद्धारका लागि नेपालमा परिचालित भारतीय वायु सेनाको हेलिकोप्टरहरुको मुख्य काम सकुशल रहेका भारतीय नागरिक ओसार्ने मात्रै भएको छ । भारतीय वायु सेनाका हेलिकोप्टरहरु काठमाण्डुबाट भूकम्प प्रभावित विभिन्न क्षेत्रमा पुग्छन् । ती क्षेत्रमा रहेका भारतीयलाई मात्रै बोकेर फर्कन्छन् । हेलिकोप्टरमा ठाउँ...

जहाँ अझै ३०० हराइरहेका छन्…

२०७२ वैशाख १९ गते १०:४४

काठमाण्डु, १९ वैशाख रसुवा जिल्ला प्रशासन कार्यालयले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई रु ४० हजारका दरले तत्कालीन राहतस्वरुप रकम उपलब्ध गराउन सुरु गरेको छ । सो जिल्लामा भूकम्पमा परेर ३०४ जनाको निधन भएको थियो । हालसम्म उत्तरी लाङ्टाङ गाविसमा मात्रै ३०० को हाराहारीमा नागरिक...

तीन बालिका बलात्कार गर्ने प्रहरी पक्राउ

२०७२ वैशाख १९ गते १०:३८

काठमाण्डु, १९ वैशाख- काँकडभिट्टामा तीन बालिकालाई बलात्कार गर्ने सशस्त्र प्रहरीका हवल्दारलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ । पाडाजुँगीस्थित सशस्त्र पाथीभरा गणमा कार्यरत सशस्त्र प्रहरीका हवल्दार सन्दीप थपलियालाई मेचीनगर–१० का बालिका बलात्कारको आरोपमा पक्राउ गरिएको काँकडभिट्टा इलाका प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अर्जुन...

भूकम्पको विपत्तिले २५ वर्षपछि पुनर्मिलन गरायो

२०७२ वैशाख १९ गते ८:३६

गोरखा, १९ वैशाख-  विगत २५ वर्षदेखि आफ्नी श्रीमती थमकुमारी राना मगरसँग बोलचालसमेत नगरी छुट्टै बसेका गोरखा बुङ्कोटका ९३ वर्षीय फत्तबहादुर भूकम्पका कारण बस्दै आएको घर भत्किएपछि खुला आकाशमुनि आए। श्रीमतीको पनि उस्तै हालत गरायो गत शनिबारको प्राकृतिक विपत्तिले । आफ्नै कारणले छुट्टाछुट्टै बस्दै आएका...

भूकम्पका कारण मृत्यु हुनेको संख्या ६ हजार ६ सय २१ पुग्यो

२०७२ वैशाख १९ गते ३:४०

काठमाण्डु, १९ वैशाख- गत शनिबार र आइतबार गएको भूकम्पमा परी मर्नेको संख्या ६ हजार ६ सय २१ पुगेको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयले शनिबार बिहान उपलब्ध गराएको जानकारीअनुसार घाइते हुनेको संख्या १४ हजार ५ सय ६६ पुगेको छ । भूकम्पका कारण १०...

अपर्याप्त भन्दै नुवाकोटका भूकम्प पीडितद्वारा राहत लिन अस्विकार

२०७२ वैशाख १९ गते ३:१४

विदुर,  १९ असोज– नुवाकोटका भूकम्प पीडितले सरकारी राहत लिन अस्वीकार गरेका छन् । सरकारले उपलब्ध गराएको राहत अपर्याप्त भएको भन्दै मदानपुर र लच्याङ गाविसका पीडितले राहत रकम बुझ्न अस्वीकार गरेका हुन् । पहिलो चरणमा घरबारबिहनी भएका तथा मृतक परिवारलाई सात हजार रुपैयाँ उपलब्ध गराउने...

भूकम्पको धक्का महसुस भए पनि असर न्युन

२०७२ वैशाख १९ गते ३:०८

काठमाण्डु, १९ वैशाख- शनिबार बिहान ३ बजेर ५५ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४।२रेक्टर स्केल र ५ बजेर ५५ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.३ रेक्टर स्कल भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । योसँगै गत शनिबारदेखि हालसम्म चार रेक्टरभन्दा माथिको १...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us