समाचार

हिमपहिरोमा परेकाको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर दुर्घटना

२०७२ वैशाख २१ गते ७:१०

काठमाण्डु, २१ वैशाख–हिम पहिरोमा पुरिएका पर्यटकको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर रसुवाको सदरमुकाम धुन्चेमा दुर्घटना भएको छ। एमआई १७ नामक उक्त हेलिकप्टर आज बिहान लामटाङमा हिम पहिरोमा पुरिएकाको उद्धारका लागि गएको थियो । हेलिकप्टर दुर्घटनामा कुनै मानवीय क्षति नभएको सेनाले जनाएको छ ।...

काठमाण्डुको अनाथ आश्रमबाट उद्धार गरिएका बालबालिका झापामा

२०७२ वैशाख २१ गते ६:५६

झापा, २१ वैशाख– भूकम्पबाट प्रभावित काठमाण्डुस्थित एक अनाथ आश्रमका १९ जना बालबालिकासहित ३० जनाको उद्धार गरी झापा ल्याइएको छ । काठमाण्डुको धापसीमा रहेको हाम्रो संरक्षण धरोहर नेपाल नामक संस्थामा आश्रित १२ जना बालिका, सात जना बालक र त्यसमा आबद्ध ११ जना सहित ३० जनालाई...

एक–दुई दिनमा थप एक लाख पाल आउँदैछ : नेपाल रेडक्रस

२०७२ वैशाख २१ गते ६:३४

काठमाण्डु, २१ वैशाख– नेपाल रेडक्रस सोसाइटीले विनाशकारी भूकम्पबाट घरबारविहीन भएकाहरुका लागि राहत तथा पुनः स्थापनामा सहयोग गर्न अन्तर्राष्ट्रिय रेडक्रसका अभियन्तासँग आह्वान गरेको छ । राहत तथा पुनःस्थापना गर्न सोसाइटीले करिव रु ३ अर्ब ६९ करोड लाग्ने प्रारम्भिक अनुमानसमेत लगाएको छ । “हामीले अन्तर्राष्ट्रिय रेडक्रसको...

आज २५५९ औं बुद्ध जयन्ती : बौद्धमा बुद्धको अस्थि धातु प्रदर्शन

२०७२ वैशाख २१ गते ५:१०

काठमाण्डु, २१ वैशाख– आज २५५९ औं बुद्ध जयन्ती देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाउने प्रचलन रहेको छ । नेपालमा ठूलो घनजनको क्षति हुनेगरी आएको विनासकार भूकम्पले गर्दा यो जयन्ती औपचारिकतामा मात्रै सीमित हुने भएको...

सडक सफाइमा जुटे माधव नेपाल

२०७२ वैशाख २१ गते ४:४४

काठमाण्डु,२१ वैशाख–सधैँजसो राजनीतिक कार्यक्रममा व्यस्त रहने पूर्वप्रधानमन्त्री एवम् एमालेका नेता माधवकुमार नेपाल सोमबार कुचो लिएर सडक सफाइ अभियानमा जुटेका छन् । नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति काठमाण्डुले भूकम्पका कारण विभिन्न रोग आउन सक्ने भन्दै सोमबार सहिदढोकादेखि टुँडिखेलभित्रको अस्थायी शिविरसम्म आयोजना गरेको सरसफाइ...

दस दिनपछि दुई घाइतेको उद्धार

२०७२ वैशाख २१ गते ३:५९

गोरखा, २१ वैशाख– गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गत वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट घाइते भएका उत्तरी भेगका दुई जनालाई उद्धार गरिएको छ । सदरमुकामबाट गएको माउन्टेन एयरको हेलिकोप्टरले सिर्दिवास गाविसका ६० वर्षीय पेम्बा छेवाङ र छेकम्पार गाविसकी २३ वर्षीया तेनजिङ डोल्मालाई आज उद्धार...

भूकम्पले लोमान्थाङ दरबार चर्कियो

२०७२ वैशाख २१ गते ३:०५

मुस्ताङ, २१ वैशाख – भूकम्पका कारण मुस्ताङको ऐतिहासिक लोमान्थाङ दरबार चर्किएको छ । दरबारको चारैतर्फका भाग चिरा परेको छ भने वरपरका गुम्बा जीर्ण बनेका छन् । दरबारभित्र रहेका छयादेन गुम्बामा बढी क्षति पुगेको छ । करिब १५औँ शताब्दीतिर निर्माण गरिएका दरबार र गुम्बा भत्किने...

पर्वतमा पीडितलाई गाउँमै राहत रकम वितरण

२०७२ वैशाख २१ गते ३:०२

पर्वत, २१ वैशाख– मानवीय क्षति नभए पनि ठूलो भौतिक क्षति बेहोरेको पर्वत जिल्लाका भूकम्प पीडितका लागि गाउँमै पुगेर राहतमा नगद वितरण सुरु गरिएको छ । जिल्ला दैवी प्रकोप उद्धार समितिले भूकम्पका कारण पूर्णरुपमा घर क्षतिग्रस्त भएका घरपरिवारलाई नगद राहत वितरण सुरु गरेको हो ।...

दुई बलात्कारीलाई कैद फैसला

२०७२ वैशाख २१ गते २:५४

इलाम, २१ वैशाख– ५७ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा थुनामा रहेका नामसालिङ–२ का ३८ वर्षीय सुकवीर भनिने साजन तामाङलाई जिल्ला अदालत इलामले आइतबार पाँच वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको इजलासले मुलुकी ऐन जबर्जस्तीकरणी महलअन्तर्गत कसुर ठहर गर्दै सोही...

भूकम्पको धक्का जारी

२०७२ वैशाख २१ गते २:५२

काठमाण्डु २१ वैशाख – आज बिहान ४ बजेर ५९ मिनेट जाँदा सिन्धुपाल्चोक केन्द्र भएर ४.२ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।  यससँगै गत शनिबारदेखि हालसम्म चार रेक्टर स्केलभन्दा माथिका १३४ वटा भूकम्पको धक्का महसुस गरिएको र तुलनात्मक रूपमा भूकम्पका...

वास्तविक पीडितले राहतको महसुस गर्न पाएनन्

२०७२ वैशाख २१ गते २:४०

ललितपुर, २१ वैशाख – गत शनिबार गएको विनाशकारी भूकम्पबाट पीडित बनेका वास्तविक पीडितले राहतको महसुस गर्न नपाएको जनगुनासा आइरहेका छन् । गाउँ–गाउँमा गएको राहत वास्तविक पीडितभन्दा पहुँच भएकाले पाइरहेकामा उनीहरुले दुखेसो पोखेका छन् । भूकम्पबाट पीडित भएको सातादिन बित्न लाग्दासमेत च्याउखेती एवम् गोलभेँडाका लागि...

सुनसरीका एम्बुलेन्स चालक राहत बोकेर सिन्धुपाल्चोकमा

२०७२ वैशाख २१ गते २:२६

इटहरी, २१ वैशाख – विनाशकारी भूकम्पमा परेर ध्वस्त भएको दुर्गम क्षेत्र सिन्धुपाल्चोकमा राहत पुग्न नसकेको समाचार आइरहेको अवस्थामा सुनसरीका एम्बुलेन्स चालक राहत बोकेर सिन्धुपाल्चोकतर्फ लागेका छन् । एम्बुलेन्स चालक सङ्घ सुनसरीको नेतृत्वमा खाद्यान्न, त्रिपाल तथा औषधिसहित सङ्कलन गरेर सिन्धुपाल्चोकतर्फ लागेका हुन् । राहत विरतरणसँगै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us